शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

१०० मा फेक कलले प्रहरीलाई हैरानी !


बिहीबार , फागुन २६ २०७८
  • 1.4K
    Shares

  • images
    images
    १०० मा फेक कलले प्रहरीलाई हैरानी !

    महेन्द्रनगर । सान्ती सुरक्षाका लागी भन्दै प्रहरीलाई खबर गर्न उपलब्ध गराइएको १०० नम्बर कलमा प्रहरीलाई बढी हैरानी पारिने गरेका विवरण सार्वजनिक भएका छन् । पछिल्लो समय सयमा कल गरेर दुःख दिने नियतले घटना भयो भन्दै प्रहरीलाई गलत सूचना दिने प्रवृत्तिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीमा प्रहरीलाई हैरानी बनाएको जानकारी प्राप्त भएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा यस्तै गलत नियतले दैनिक एक सय बढी फोन कल आउने गरेका जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक लाल बहादुर बमले साँझ देखी रातभरि सय बढी कलहरू झुक्क्याउने प्रवृत्तिका आउने गरेको पाइएको बताए ।

    ‘साँझदेखि रातभर दिनहुँ जसो १०० नम्बरमा फोन गरेर जिस्क्याउने, झुटा सूचना दिएर हैरान बनाउने गरेको कन्टोलरुमबाट जानकारी प्राप्त भएको छ, उनले भने,‘ दूरसञ्चार प्राधिकरणलाई त्यसको जानकारी गराई परिचय खोल्ने प्रयास गरिरहेका छौँ ।’ विशेष गरी एनसीएलका नम्बरबाट बढी कलहरू जिस्क्याउने प्रवृत्तिका आउने गरेको प्रहरीको भनाई छ । जसले सेवा प्रवाहमा समस्या हुन जाने बताइएको छ ।  त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीमा समेत यसरी नै फेक कल आउने गरेको बताइएको छ । कैलालीका डिएसपी  रबिन विष्टले दैनिक १ सय ५० बढी कल हैरान बनाउने खालका आउने गरेको जानकारी प्राप्त भएको बताए । १०० नम्बरमा फोन गरेर जिस्क्याउने, झुटा सूचना दिने अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीहरूमध्ये अधिकांशले एनसेल मोबाइल सेवा प्रदायक कम्पनीको सिम बोकेको प्रहरीले जनाएको छ ।  “गल्ती नदोहो¥याउने सर्तमा सम्झाउँछौँ” । प्रहरी नायव उपरीक्षक विष्टले भने ।  

     


  • सम्बन्धित विषय:

  • # नेपाल प्रहरी


  • प्रतिक्रिया दिनुहोस