सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

हमरो सुदुरपश्चिम सुन्दर र समृद्ध पश्चिम


सोमबार, माघ १४ २०८१
  • 853
    Shares

  • images
    images
    हमरो सुदुरपश्चिम सुन्दर र समृद्ध पश्चिम

    आफनी ठौरकी माया रे आफनी जन्मभुमी जैले  जै दिन भुल्यो उसई दिन उईको पहिचानलै हमेसा हमेसा की लेखा गुम्यो । भाषा, सभ्यता, संस्कृती रे सम्भावनाको अपार खजाना हो हमरो सुदुरपश्चिम, कभै कभै कसई कसई लाई एई सुदुरपश्चिम नाम सित दिक्क लाग्या झै गरिवटी ए को नाम फेद्दु भुण्णान , नाम फेरिन्ज्याई सबैको अबस्था फेरिन्या भ्या त ए संसारका गरिव जतीनको नाम धन प्रसाद राखन्ज्याई धनि हुनपड्या नाईहोत? तवै नामले केन हो विगाडेको यांका मुएइ हुं भुण्यानका कामले हो विगाडेको । लौ तमुई विचार गर २००७ सालमाई देशलाई जहानीया राणा शासन वठे मुक्त गरुन्या बिगुल फुक्या वीर सपुत दशरथ चन्द यिसै सुदुरपश्चिम बैतडी बठे काठमाण्डौ झाईवटी सबैको मुक्तिकी लेखा ज्यान दियो हुनाले आज हम सबै उनलाई सम्झनु ,नजिकै आयो सहिद दिवसका अवसरमाई उन प्रति श्रद्धासुमन छ । २०१६सालमाई विश्वेश्वर प्रसाद कोईरालाको मन्त्रिमण्डलमाई नेपालैको पहिलो महिला मन्त्रि हुन्या सौभाग्या पउन्या द्वारिका देवी ठकुरानी लै सुदुरपश्चिमकै डोटीमा जन्मेका वैतडीमा वैवाहिक बन्धनमा वाधिएका रे डडेल्धुरा वठे पहिलो पटक चुनाउ जित्या एक प्रजातान्त्रिक योद्धा हुन तति मात्तरी नाई बझाङ्गका तत्कालिन राजा जयपृथ्वि बहादुर सिंह जैले पहिलो चोटी अक्षरांशको शुरुवात गरिवटी दरवार हाईस्कुल भित्र राजा र राणाकी लेखा मात्रै सिमित रह्यो शिक्षा लाई आम नेपाली नागरिक सित पुगायो उन लै ईसै सुदुरपश्चिमका गौरव हुन । यिसा सयौं हजारौं महापुरुष जन्म्याको यो थलो कस्या औरुनहै कम भयो, सुदुरपश्चिम कम नाई होरे यांका हमुनुई जो अइल शहरका झिलिमिलीमाई रमाया उनरो सोच कमजोर हो ।राणाहरुका विरुद्ध बोल्लु त झाड ठाडो शिर गरि हेद्दु नपाईन्या बेला वैतडी बठे झाईवटी राणानका विरुद्ध आवाज उठुन्या सपुत दिन्या ठौर हो यो सुदुरपश्चिम  जै वेला महिला घरहै भाइर नाई निकलन्थ्या उई बेला महिला मन्त्रि दिन्या ठौर हो यो सुदुरपश्चिम, जै बेला शिक्षा दरवारमाई मात्तरी सिमित थ्यो तै वेला अक्षरांशको शुरुवात गरि शिक्षाको विगुल फुक्या महापुरुष दिन्या ठौर हो यो । यिति हुनाहुनाई लै औरुनका तुलनामाई  महिलानमाथी हुन्या बिभेद र शिक्षाको अवसर वठे सबै है ज्यादा वन्चित हुन्या ठौरको रुपमाई चिनिनु हम । एईमाई हमरो कि दोश ? दोश त राज्यको हो , राज्यले सेवासुविधा वठे लामो समय बञ्चितिकरणमा पार्याका हुनाले र हमरो चेतनाको विकास हुननसक्या कारणले हम पछाडी पडेका हुं।हो हम सुदुरपश्चिमले हमेशा देशलाई आवश्यक पडन्ज्या दिया तर माग्या कभै नाई क्याकी हमलाई हमरो स्वाभिमान प्यारो छ ।आव त संघियता आयो प्रदेश बन्यो आब त झन माग्या है लै आफुई एइठौरको विकासका वाधक कि हुन ति पहिचान गरिबटी तन समस्यानलाई जडाई बठे उखेलि खित्तु हो सबै मिली विकास गद्दु हो ।

    देवतानको पवित्र भुमी ऋषीमुनीनको तपोभुमी वीरयोद्धानको रणभुमी कर्मवीरुनको कर्मभुमी हो हमरो सुदुरपश्चिम । ततिमात्रै नाई हो , यो त प्रकृतिको उपहार स्वर्गको एक टुक्रा लै हो । हिमाल वठे मुहान भई नेपाल भारत सीमा भई बग्या महाकाली नदि तस्याई सेती नदि, चमल्या नदि यिसा कति नदिनाला छन जैको सहि सदुपयोग गद्दु सक्या सुदुरपश्चिम मात्तरी नाई रे पुराई देशलाई समृद्ध बनुनसक्या क्षमता छ यिन नदिनालानमाई । तस्याई वावा खप्तड स्वामीको तपोभुमी खप्तडको सौन्दर्यले कैको मन होलो एकफेरा झौ झौ नलाग्या? शुक्लाफांटाका तन सुन्दर फांट पर्यटकुनका बाट हेर्याका हेर्याई छन । तस्याई वडिमालिका , रामारोशन, घोडाघडी, टिकापुर , वेदकोट, झिलमिला, अपी , लगायत सयौं पर्यटकीय ठौर छन जां कम्तिमाई लै एक जना पर्यटकले सबै ठौर घुम्मु चाह्या एकमुईना है झिक्कु समय लाग्या हो इसो पर्यटकिय सम्भावना भयो ठौर ए सुदुरपश्चिम है और ठौउर सायद नाई थी ।धार्मिक पर्यटनकी त कुरडी जनगरौ यां सात बुईनी भगवतीको वास भएको महाशक्तिपीठ देवीस्थल छन; निङ्गलाशैनी भगवती, रणाशैनी भगवती, त्रिपुरासुन्दरी भगवती,मेलौली भगवती, उग्रतारा भगवती, शैलेश्वरी र वडिमालिका  यांई छन । तस्याई ग्वाल्लेक केदार, मालिकार्जुन, घटाल, भुमीराज, उदयदेव, शिद्धनाथ वैजनाथ , परशुराम लगायत एक है एक महाशक्तिशाली देवतानको वासस्थान हो हमरो सुदुरपश्चिम । यिन सबैठौर पुजापाठ की लेखा झान्या हो भुण्या कम्तिमाई लै दुईमुईना लगाया लै नाई हो सकिन्या । यिसा यिसा चर्चित गौरवशाली ईतिहास भयो यो हमरो सुदुरपश्चिम देशका और ठौरहै कमजोर कस्यां भयो? हो शिक्षा ,स्वास्थ सेवा , वाटोघाटोका कमिले गद्दा हमरो जीवनशैली थोडा कष्टकर जरुर छ तर हिनताबोध हुन्या खालको नाई थी ।ए ठौर है झाई देश हांक्या ज्वान लै नभयाका नाई हुन लोकेन्द्र बहादुर चन्द, शेर वहादुर देउवा, के.आई.सिंह त ए देशका प्रधानमन्त्री भयाका ज्वान हुन । तन ज्वानुनले जति गद्दुपड्या थ्यो तति गरिदियो भ्या ईसो नाई हुन्या थ्यो ।मन्त्रि त कति भया भया ।  खेलकुदमाई हेर ओलम्पिक खेल्या खेलाडी बठे राष्ट्रिय टीमको नेतृत्व गद्या , राष्ट्रिय टीमलाई प्रशिक्षण दिन्या सयौं खेलाडी याईका छन जो हमराई नाई रे देशकाई गहना हुन।ईति हो भुणि जन सुचौ नासाका उत्कृष्ट वैज्ञानिक लै सुदुरपश्चिमका छन । सभ्यताका हिसाबले लै मिश्रित सभ्यताको खान हो सुदुरपश्चिम, पाहाडी समुदाय र थारु सभ्याताको संगम लै हो हमरो सुदुरपश्चिम ।

    ईति हुनाहुनाई लै तम हुन्या चिजकी चर्चा नाई रे यो नाई भ्यो उ नाई भ्यो ,ईसो नाई गर्यो उसो नाई गर्यो , यो नाम निको नाई भ्यो यो ठौर निको नाई थि जसा बेकारका चर्चा माई समय लै उर्जा लै वर्वाद गद्दा माई छौ । आव सकन्छौ त तेरि पार्टी मेरी पार्टी तेरो नेता मेरो नेता केई नभुणी हमरो सुदुरपश्चिम हम सुदुरपश्चिम्या भुण्या बटि यो हमरो सुदुरपश्चिम सुदुरपश्चिम मात्तरी नाई रे सुन्दर समृद्ध पश्चिम हुन्या हो , मुईलाई त सुदुरपश्चिमेली हुनामाई गर्व छ तमहम सबै मिल्या यो ठौर बन्ना केईबेर नाईहोलाग्या । एक फेरा सबै भुण जय सुदुरपश्चिम ।। 


  • सम्बन्धित विषय:

  • # सकेट बम फेला


  • प्रतिक्रिया दिनुहोस