संसारकै सर्वश्रेष्ठ प्राणी मानव समुदायका दुई भिन्न रुप नर र नारी हुन । धार्मिक, संस्कृतिको धनी, आत्मीयता र आतिथ्यताको खानी मेरो देश विश्वभर परिचित छ । तर मलाई लाग्छ म मानवता हराएको बस्तीमा छु ।
पछिल्लो समय दिनहुँजसो भइरहेका केही घटनाक्रमले हामीमा मानवता हराएको आभास मैले गरेको छु । हामी मानव त छौँ तर हामीमा मानवता रहेन । मानवले मानव प्रति गर्ने व्यवहार, सोच, दया, माया, सद्भाव, कर्तव्य र धर्म भुलिसकेको प्रष्ट देखिन्छ । महाकाली प्रादेशिक अस्पतालको अध्यक्ष भएदेखि मेरो दैनिकी बिहानदेखि साँझसम्म अस्पतालमै बित्छ । उपचारका लागि आउने सेवाग्राहीका समस्या एंव अस्पतालमा देखिएका समस्या समाधान गर्नु मेरौ दैनिकी बनेको छ । दुई अघि मात्रै एक जना सेवाग्राही महाकाली अस्पताल सेवा लिन आएछन । उनी उमेरले करिब ९० पुगिसकेको वृद्ध थिए । उनको अवस्था एकदमै चिन्ताजनक थियो ।
निकै असहज अवस्थामा देखिएका ती वृद्धको साथमा थिए उनैका छोरा,बुहारी र नाती । आकस्मिक कक्षमा भर्ना हुनुपर्ने ती वृद्ध बिरामीलाई ओपीडी कक्षमा लगिएको रहेछ । अस्पतालका एक जना डक्टरले ती वृद्धको अवस्था देखेपछि आकस्मीक कक्षमा भर्ना हुन सुझाए । आकस्मिक कक्षमा पुगेपछि अस्पतालमा खटिएका चिकित्सकहरुले आईसियुमा राखेर उपचार गर्नुपर्ने देखिएपछि सँगै आएका छोराबुहारीलाई आइसियुमा राखेर उपचार गर्न सुझाए तर ती वृद्ध बुवाका छोरावुहारीले मानेनछन् ।
आइसियुमा उपचार गर्न नमानेपछि मलाई खबर आयो र म गए । मैले आइसियुमा उपचार गराउँदा अस्पतालबाट कुनै शुल्क नलाग्ने र शुल्क लाग्ने अवस्था आए पनि अस्पतालले ब्यहोर्ने प्रतिवद्धता जनाए । बिडम्वना ती वृद्धसँग आएका उनकै छोराबुहारीले उनको उपचार गर्न मानेन । कारण एउटै थियो आइसियुमा उपचार गराउँदा पैसा खर्च हुन्छ । झन् बुहारीले त आइसियुमा राख्दा घरखेत नै बेच्नुपर्छ भनेर उपचार गराउन मानेन्न । पटक पटक निःशुल्क उपचार गराउँछु भन्दा पनि नमानेपछि सिरियस अवस्थामा रहेका ती वृद्धलाई घर फिर्ता लगियो । अस्पतालका चिकित्सक र मैले पटक पटक वृद्ध वुवाको उपचारमा कुनै शुल्क नलाग्ने भनेपनि उनका बुहारीले उल्टै धम्काईन र भनिन–“आईसियुमा उपचार गर्दा कति खर्च लाग्छ हामीलाई थाहा छैन मेरो घरखेत बेच्नुपर्छ ।” निकै चिन्ताजनक अवस्था रहेका ती वृद्ध वुवाको उपचार गराउने मन हुदाँहुदै पनि सकिएन । जबरजस्ती ग¥यौ भने पनि बुहारीले त मुद्दा हाल्ने धम्की नै दिएकी थिइन र सकिएन ।
ती वृद्धको अवस्था,उनका छोराको मौनता र बुहारीले उपचार नगर्ने अडानले मलाई बेचैन बनायो र सोचे सायद मेरो बस्तीको मानवता हराएछ । हाम्रो सोच र नैतिकता किन पतन हुँदै गरेको छ ? किन हामीमा विवेकशून्य छ ? हामीले पाएको र सिकेको संस्कार के हो ? हामी हाम्रो समाजलाई कतातिर लैजाँदै छौँ ? भविष्यका कर्णधारहरूलाई के सिकाइ रहेका छौँ ? यी कयौ प्रश्नले म आफैलाई प्रश्न गरिराखेको छु ।
मानवजातिले आफ्नो कर्तव्य, जिम्मेवारी बिर्सिदै गएको हो र म सोच्दै छु । मानवमै मानवता हराउदै गएको भनौँ भने पनि हरेक टोल र बस्तीमा शिक्षित मात्रै होइनन्, विद्यावारिधि गरेका मानिस देख्छु । बाहिर हेर्छु आफुलाई जन्म दिने आमाबुवा लाइ पीडा भई आखा बाट आशु झर्दा खित्का छोडी हास्ने भएछ छोरो, डिस्कोमा रमाउने भएछ छोरो खै कस्तो भएको हो मेरो समाज ? आधुनिकताको आडमा कुसंस्कारी हुदै गएको हो ?
पछुतो, पीडा, छटपटी, बेचैनी, अशान्ति यी कुनै कुरा पनि अनुभूत हुँदैनन् किन ? आफ्नो कारणले अरुलाई रुवाएर हाँस्न कसरी सकेको ? किन लुट्छ एउटाले अर्काको खुशी ? पैतालाले किरा मारेझैँ मान्छेलाई सहज तरिकाले मारेर आफू कसरी बाँच्न सकेको ?
नैतिक शिक्षा अनि संवेदनशिलताको अभावले गर्दा मानवता हराउँदै गएको मलाई आभास भएको छ । मानवहरु खै किन यति निर्दयी बन्दै गएको हो । गरिबी अशिक्षा रोजगार मात्र एक बहाना भएको छ आज भोलि । सबै भन्दा त ठूलो नैतिकता पतन हुँदै गएको छ ।
उदेकलाग्दो बन्दै छ समाज छोराले बाउ मान्दैन आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् बुढापाकाले । उपचार गर्नु पर्ने बाउलाई पैसा खर्च हुने लोभ गरि आफ्नै जन्म दिने बुवालाई घरमै मार्ने कत्रो आट गरेको ? जिन्दगीभर कमाएको पैसा आफ्नै उपचार मा खर्च गर्न सकिरहेको छैन खै किन पैसा यति प्यारो भएको हो ? स्वदेशमा छोराछोरी रहेका र विदेशमा रहेका दुबैको बेग्लै पीडा छ ।
बूढेसकालमा मानसम्मान र सेवा परिवारबाट पाउनुपर्नेमा तिरस्कृत हुनुपरेको छ । छोराछोरीले आमाले नौ महिना गर्भमा राखेको बिर्सी सके । अनि त्यो बुबाको एक छाके मिहिनेत बिर्सिसके । रगतले रगतको नाता बिर्सिसके ? जति समय परिवर्तन हुदै छ मानिस त्यति नै आफुलाइ गिराउदै छन । पैसा सर्वस्व ठान्दै छन्, पैसाले आफन्त किन्न खोज्दै छन् ।
केवल भौतिक सुविधा मात्रै प्यारो हुदै गएको छ । किन हामीमा विवेक शून्यता छ ? हाम्रो यस पवित्र भूमिमा कहिलेसम्म हुने हो यस्तो हर्कत ? किन हरायो मानवता ? आँखिर आफ्नो सन्तानलाई सुन्दर संसार देखाउन अनेक दुःख, कष्ट, पिडा र व्यथा भुलेका बुवा आमा आफ्नै छोराको हातबाट मर्नु पर्ने कस्तो नियति ?
दिनदिनै यी यस्ता क्रुर तथा अमानवीय घटनाहरु बढिरहनुमा आँखिर हामी कसको दोष ? कहिले पलाउँछ हामीमा मानवता ? यो समाज सुधार्ने कसले ? निच र पतित सोचाइह?लाई परिवर्तन गर्ने कसले ? समाजमा यी यस्ता घटनाहरु घट्दै गर्दा हामी किन चुप भइ बसेका छौँ ?
मानव अधिकार कसलाई ? संस्कार सहितको शिक्षा कसलाई ? राज्य कसलाई ? राज्यको नियम र कानुन कसलाई ? खै, कता गए समाजका अगुवा भनौदाहरू ? खै, कता गए बुद्धिजीवीहरू ?
आज कसैमा दयाको भाव देखिँदैन । सबैको गिद्धे नजर र कुविचार मात्र देखिन्छ । अब हामीले यसको जड पहिल्याउनु अत्यावश्यक छ । अमानवीय कार्य गर्नेह?लाई राज्यले नै संरक्षण दिएको देखिन्छ । धेरैजसो घटना र परिघटनाहरूमा राजनैतिक गन्ध देखिन्छ ।
मानवता मानिसमा हुने ईश्वरत्व हो, जसअन्तर्गत भलाई, सहयोग, आदर, सहअस्तित्वको भावना, मेलमिलाप, सद्भाव, प्रेम, नम्रता, एकता, सहनशीलता, धैर्यता सकारात्मक आचरण पर्छन् । मानवताभित्र पर्ने गुण र परिभाषा त थुप्रै छन् तर के मानवता बाँकी छ ? र भन्न मन लाग्छ मानवता हराएको बस्तीमा छु । बिन्ति गर्छु नयाँ वर्षदेखि मानवमा मानवता देख्न पाईयोस् २०८१ को हार्दिक मंगलमय शुभकामना ।
.gif)