महेन्द्रनगर । आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा चुनावी चहलपहल सुरु भएको छ । चुनावको घोषणासँगै दलका नेताहरु चुनाव केन्द्रित भएका छन भने कार्यकर्ताहरु पालिका र वडास्तरमा पनि चुनाव लक्षित कार्यक्रम व्यस्त छन ।
केन्द्रिय स्तरमा नेताहरु पनि जिल्ला केन्द्रित हुन थालेका छन । सम्भावित चुनावी परिदृष्यको बारेमा चोक चौतारा, चियापसलमा बहस हुन थालेको छ । स्थानीय तहको ५ वर्षको कार्यकालको समीक्षा र आगामी नेतृत्वको विषयको चर्चा हुन थालेको छ । पश्चिम प्रेसले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलहरुको अवस्थाका बारेमा चर्चा गरेको छ । हामीले फर्केरहेर्दा २०७४ मा भीमदत्त र महाकाली नगरपालिकापछि बेदकोट नगरपालिकामा दलहरुको अवस्था बारेमा खोतलेका छौ ।
२०७४ सालमा सम्पन्न स्थानियतहको पहिलो निर्वाचनमा कञ्चनपुरको बेदकोट नगरपालिकामा अप्रत्यासीलो ढंगले नेकपा एमालेका उमेद्धवार विजयी भए । बेदकोट नगरपालिकामा नेकपा एमालेले आफ्नो स्थान सुनिश्चीत गर्दे प्रमुख पद मेयर, मात्रै होइन उपमेयर सहित ८ वडामा वडा अध्यक्ष समेत एमालेकै बिजयी भए । तर अहिलेको माहोल भने फेरिएको छ । त्यतिबेला निर्वाचन हुँदा एमाले विभाजन भएको थिएन । तर, अहिले एमाले विभाजन भएको छ । यसले अबको निर्वाचनमा असर पार्ने नै छ ।
आगामी बैसाख ३० गते हुन गइरहेको स्थानियतहको निर्वाचनमा भने दलहरु बिच कडा प्रतिस्प्रर्धा भन्दा पनी गठबन्धनका आधारमा निर्वाचन हुने निस्चीत जस्तै भएको छ । अबको निर्वाचनमा बेदकोटमा एमालेले आफ्नो वर्चस्व कायर राख्न सक्ला या नसक्ला त्यो भने हेर्न बाकि नै छ । यस अघि मेयरमा बिजयी असोक कुमार चन्दले ३ सय ६० अधिक मत सहित नेपाली कांग्रेसका भोजराज बोहरालाई पराजित गरेका थिए । बोहराले ६ हजार ७४ मतमा समेटिनु परेको थियो ।
उपप्रमुखमा पनी नेकपा एमालेकी शुशिला सिंह ६ हजार ८ सय ३५ मत सहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी तुलसी देवी जोशी १ हजार ३ सय २० मतले पछाडि धकेलिएकी थिइन् । १० वडा रहेका बेदकोट नगरपालिकामा ८ वडामा भने नेकपा एमाले बिजयी भएको थियो । जसमा वडा नम्बर ५ मा माओवादी केन्द्र र वडा नम्बर ६ मा नेपाली कांग्रेस विजयी भएको थियो । वडा नम्बर १ , २ , ३, ४, ७, ८, ९ र १० को वडा अध्यक्षमा नेकपा एमालेकै उमेद्धवार विजयी भएका थिए । वडा नम्बर १ मा नेकपा एमालेका हरि गिरी ६ सय ७७ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका हिक्मत ऐर ४ सय ४८ मतमा समेटिएका थिए । वडा नम्बर २ मा पनि नेकपा एमालेकै नरेश बहादुर सिंह ५ सय ८२ मतसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका तारा दत्त जोशी र नेकपा माओवादी केन्द्रका देश राज चौधरीले समान २ सय ९८ मत पाएका थिए ।
वडा नम्बर तिनमा पनि नेकपा एमालेका तिलक बहादुर ठकुल्ला ९ सय २ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांगे्रसका खडक सिह बिष्टले ७ सय ७५ मत पाएका थिए ।वडा नम्बर ४ मा पनि नेकपा एमालेकै भास्कर दत्त भट्ट ६ सय ४५ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नरेन्द्र बहादुर बोहराले ४ सय २५ मत पाएका थिए । वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका गणेश बहादुर बिक ५ सय ५२ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका चित्र देव भट्ट ५ सय ९ मतमा समेटिएका थिए । वडा नम्बर ६ मा नेपाली कांग्रेसका फट्टे राम राना ५ सय ५५ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भीम बहादुर बोगटी ३ सय ९६ मतमा समेटिए ।
वडा नम्बर ७ मा नेकपा एमालेका विर बहादुर डगौरा ७ सय ४१ मतसहित वडा अध्यक्ष निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका पदम राज पाण्डेयले ७ सय १९ मत पाएका थिए । वडा नम्बर ८ मा एमालेकै दुर्गा सिह भण्डारी ४ सय ८६ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका नारद प्रशाद जोशीले ३ सय ६२ मत ल्याएका थिए । वडा नम्बर ९ मा पनि नेकपा एमालेका राम सिह धामी ८ सय ७० मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी देवकी भट्टले ४ सय ११ मत पाएका थिए ।
वडा नम्बर १० मा पनि नेकपा एमालेकै केशव बहादुर रावल ८ सय ५ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका अर्जुन बहादुर रावलले ६ सय ९० मत पाएका थिए ।
.gif)