शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

फर्केर हेर्दा २०७४ : यस्तो छ कृष्णपुरमा दलहरुको अवस्था


पश्चिम प्रेस
मंगलबार, चैत १ २०७८
  • 775
    Shares

  • images
    images
    फर्केर हेर्दा २०७४  : यस्तो छ कृष्णपुरमा दलहरुको अवस्था

    महेन्द्रनगर । विस. २०७४ मा सम्पन्न पहिलो पटकको स्थानियतहमा निर्वाचित जनप्रतिनिधीहरुको समयसिमा घर्किएको छ । अन्तीम पाँचौ वर्षमा कार्यभार सम्हालीरहेका जनप्रनिधीहरु कुनदलबाट कति मत पाएर निर्वाचित भएका थिए भन्ने विषयले आगामी निर्वाचनलाई थप मजबुत बनाउने देखाएको छ । हामिले कृष्णपुर नगरपालिकामा निर्वाचीत दलहरुको विषयमा समाचार तयार पारेका छौँ । जसमा कृष्णपुर नगरपालिकाको मेयर उपमेयर सहित ३ वडामा नेकपा एमालेका उमेद्धवार भारी मत सहित निर्वाचित भएका छन् । ९ वडा रहेको कृष्णपुरमा वडा नम्बर १, ४ र ७ मा नेपाली कांग्रेसका उमेद्धवार वडा अध्यक्षमा विजयी भएका छन् । त्यस्तै वडा नम्बर २, ३ र ९ मा नेकपा एमालेका उमेद्धवार वडा अध्यक्षमा विजयी भए । वडा नम्बर ५, ६ र ८ मा नेकपा माओवादी केन्द्रका उमेद्धवार वडा अध्यक्षमा विजयी भएका थिए । 

    कृष्णपुर नगरपालिकाको मेयरमा नेकपा एमालेका कर्ण बहादुर हमाल ६ हजार ७ सय ६ मत सहित मेयरमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका हेमराज ओझा ५ हजार ७ सय ६० मत सहित पराजित भएका थिए ।त्यस्तै नेकपा एमालेकै रमिता कुमारी राना १ हजार ९० मतले अग्रता लिदै उपप्रमुखमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी भुवनेश्वरी जोशीले ५ हजार ९ सय २८ मत सहित पराजय सहनुपरेको थियो । 

    वडा नम्बर १ मा नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत ८ सय ८१ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका लोग बहादुर साउँदले ७ सय ७७ मत पाएका थिए । वडा नम्बर २ मा नेकपा एमालेका जय नारायण जोशी १ हजार १ सय ५० मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका अक्कलबहादुर बोहराले ७ सय ८४ मत प्राप्त गरेका थिए । वडा नम्बर ३ मा नेकपा एमालेका सुन्दर चौधरी ५ सय २१ मतसहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका जनकराज जोशीले ३ सय ६९ मत पाएका थिए । वडा नम्बर ४ मा नेपाली कांग्रेसका तेजबहादुर रावल ९ सय ४१ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका गंगा बहादुर कुँवर ८ सय ८३ मत सहित पराजित भएका थिए । 

    वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रका आसुराम चौधरी ६ सय ६१ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका दिल बहादुर देउवाले ६ सय ३२ मत पाएका थिए । वडा नम्बर ६ मा नेकपा माओवादी केन्द्रका नाथुराम चौधरी ७ सय ७८ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कविराज भट्ट ७ सय ४० मत सहित पराजय सहनुपरेको थियो । वडा नम्बर ७ मा नेपाली कांग्रेसका कल्लुराना ६ सय ६२ मत सहित वडा अध्यक्षमा निर्वाचीत भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका सुरेन्द्र बहादुर धामीले ४ सय ७७ मत पाएका थिए । वडा नम्बर ८ मामाओवादी केन्द्रका अमर सिंह बडायक ६ सय ५६ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भक्त बहादुर मल्लले ३ सय ९२ मत प्राप्त गरेका थिए । वडा नम्बर ९ मा नेकपा एमालेका छत्र बहादुर महरा ८ सय २६ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका कैलाश बहादुर वलायर ६ सय २८ मतमा समेटिएका थिए । 


  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन
  • # कृष्णपुर नगरपालिका
  • प्रतिक्रिया दिनुहोस