महेन्द्रनगर । स्थानियतहको निर्वाचन २०७४ मा कञ्चनपुरका स्थानियतहमा कुन दलले कती मत पाएका थिए भन्ने विषय आगामी निर्वाचनका लागी महत्वपुर्ण मानिन्छ । पहिलो पटकको निर्वाचनमा दलहरुको अवस्थाको विषयमा खोतल्दा पुर्नवास नगरपालिकामा नेकपा एमालेका उम्मेदवार प्रमुख, उपप्रमुख सहित ५ वडामा निर्वाचित भएका थिए ।
पुर्नवास नगरपालिकामा नेकपा एमालेका जिवन राज थापा ६ हजार ४० मत सहित मेयरमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका विर बहादुर थापाले ५ हजार ५ सय १४ मत पाएका थिए । भने नेपाली कांग्रसका तोय प्रसाद शर्माले ५ हजार ५ सय १२ मत पाएका थिए । नेकपा एमालेकै शारदा शर्मा (विष्ट) ६ हजार ३ सय ६६ मत सहित उपप्रमुखमा विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसकी भुलिया कुमारी रानाले ५ हजार ३ सय ९१ मत प्राप्त गरेकी थिइन् । त्यस्तै नेकपा माओवादी केनद्रका सीता वि.क.ले छ हजार ३ सय ५६ मत पाएकी थिइन् ।
वडा नम्बर १, ३, ५, ६ र ७ गरी पाँच वडामा नेकपा एमालेका उमेद्धवार वडाअध्यक्षमा विजयी भएका थिए । त्यस्तै २, ४, ९ र १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका थिए । भने वडा नम्बर ८ र ११ मा नेपाली कांग्रेसका उम्मेद्धवार विजयी भएका थिए । वडा नम्बर १ को अध्यक्षमा नेकपा एमालेका प्रताप बहादुर चन्द ८ सय ८० मत सहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका सुरेन्द्र बहादुर साउँद ६ सय ७२ मत मा समेटिएका थिए । वडा नम्बर २ नेकपा माओवादी केन्द्रका सन्त कुमार चौधरी ८ सय ६३ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका रामसिंह बिष्टले ७ सय ७६ मत पाएका थिए ।
वडा नम्बर ३ मा नेकपा एमालेका फैरु तामाङ ४ सय ५४ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका आइतबहादुर तामाङले १ सय ८७ मत पाएका थिए । वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका प्रेम बहादुर वस्नेत ४ सय ४२ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका दिप बहादुर तामाङले ४ सय ४२ मतसहित पराजित भएका थिए । वडा नम्बर ५ मा नेकपा एमालेका विर बहादुर बोगटी ८ सय ६३ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका पदम बहादुर पुजाराले ८ सय ३० मत सहित पराजय सहनुपरेको थियो ।
वडा नम्बर ६ मा पनि नेकपा एमालेका मन बहादुर गुरुङ ६ सय २२ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका श्याम बहादुर शाहीले ४ सय ८० मत पाएका थिए ।वडा नम्बर ७ मा पनी नेकपा एमालेका रामदुलारे राना २ सय ५४ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका ताल बहादुर तामाङले २ सय ३६ मत पाएका थिए । वडा नम्बर ८ मा नेपाली कांग्रेसका राना श्रवण ६ सय ८८ मत सहित वार्ड अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका बुद्धि बहादुर कटुवाल क्षेत्रीले ६ सय ३१ मत पाएका थिए । वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद जैसी ७ सय ७७ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका मान बहादुर खत्रीले ६ सय ४६ मत पाएका थिए ।
वडा नम्बर १० मा पनि नेकपा माओवादी केन्द्रका शुक देव राना ६ सय १३ मत सहित वार्ड अध्यक्षमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका काशीराम बोहराले ५ सय ३९ मत पाएका थिए । वडा नम्बर ११ मा नेपाली कांग्रेसका तुलसी अर्याल ६ सय ९८ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका बली राम चौधरीले ५ सय ७ मत पाएका थिए ।
.gif)