सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालयमा राजनितीक भागबण्डाका आधारमा कर्मचारी नियुक्त


पश्चिम प्रेस
मंगलबार, चैत ८ २०७८
  • 2.1K
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयमा राजनितीक भागबण्डाका आधारमा कर्मचारी नियुक्त

    महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा राजनितीक भागबण्डाका आधारमा विभिन्नपदमा कर्मचारी नियुक्त गरिएका छन् । विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न पदमा राजनितीक दल निकटलाई नियुक्त गरेको हो  । पार्टीगत भागबण्डाका आधारमा नेकपा एमालेबाट केन्द्रीय कार्यालयका प्रिन्सीपल कुम्भ चन्द, पाठ्यक्रम विकास केन्दको निर्देशक डा. राजेन्द्र प्रसाद भट्ट, शिक्षाशास्त्र संकायको डीन डा. भवानसिंह चलाउने र कानून संकायको डीन सहप्रा. कर्ण थापा नियुक्त गरिएका छन् ।

    त्यस्तै नेपाली कांग्रेसबाट ईन्जीनियरीङ संकायका डिन किशन दत्त भट्ट, योजना प्रमुख (निर्देशक)मा सहप्राध्यापक सुरेन्द्र सिंह भण्डारी, भाषा, साहित्य र संस्कृती निर्देशक डा. हरिशचन्द्र भट्ट, व्यवस्थान संकाय सहायक डिन हरिशंकर पन्त, शिक्षाशास्त्र सहायक डीन डा. मनदसिह देउपा, परिक्षा सहनियन्त्रक विर बहादुर सिंह र गोविन्दवल्लभ भटट नियुक्त गरिएका छन् । नेकपा माओवादी विप्लपबाट भने मानविकी तथा सामाजिक शास्त्र सहायक डिन डा. प्रेम सिंह भाट नियुक्त गरिएका छन् । भागबन्डा मिलाउनका लागि विश्वविद्यालयमा सहायक डीन र सहायक परिक्षा नियन्त्रक पद सिर्जना गरिएको छ ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस