महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थीत पिपलाडी स्वास्थ्य चौकीमा ईसिपी र भिडियो एक्सरे सेवा सुरु भएको छ । सोमबार सुुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले स्वास्थ्य चौकीमा इसिजी सेवा उद्घाटन गरेका हुन । उक्त स्वास्थ्य चौकीलाई प्रदेश सरकारले भिडियो एक्सरे, इसिजीलगायत स्वास्थ्य उपकरण प्रदान गरेको छ । गाउँमै सेवा पाउने भएपछि स्थानीय हर्षित भएका छन ।
.gif)