मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान


पश्चिम प्रेस
शुक्रबार, चैत २५ २०७८
  • 1.0K
    Shares

  • images
    images
    महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

    बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ । डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गर्नुभएको थियो । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो ।


    प्रतिक्रिया दिनुहोस