मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :
सुदूरपश्चिम विश्वविद्यालय

विद्यावारिधि देखि प्राविधिक शिक्षासम्म घर आगनमै


बुधबार, जेठ ४ २०७९
  • 2.4K
    Shares

  • images
    images
    विद्यावारिधि देखि प्राविधिक शिक्षासम्म घर आगनमै

    महेन्द्रनगर । कुनै जमाना थियो उच्च शिक्षा हाँसिल गर्नका लागि काठमाडौं बाहिर कुनै पनि विद्यालय थिएनन् । अध्ययनका लागि ३÷४ दिनसम्म लगाएर भारत हुँदै काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो । सडक सञ्जाल विस्तार हुन नसकेको सुदूरपश्चिममा शैक्षिक गतिविधि र पाठशाला थोरै थिए । नेपालमा शिक्षाको उदय सुदूरपश्चिमबाटै भएको भए पनि सुदूरपश्चिम शिक्षाबाट सधै टाढा रहन पुग्यो । जयपृथ्वी बहादुर सिंहले बझाङ्गमा खोलेका पाठशाला तत्कालीन शासकहरुले बन्द गरेपछि शिक्षाको उज्याले पनि सुदूरपश्चिमबाट टाढा रहन पुग्यो । सुदूरपश्चिमका लागि शिक्षा हासिल गर्न कित काठमाडौं धानुपथ्र्यो कि छिमेकी मुलुक भारतका शहर पस्नुपर्ने बाध्यता थियो । 

     अहिले कञ्चनपुरमा मात्रै २५० भन्दा बढी विद्यालय सञ्चालनमा छन् । सुदूरपश्चिममा भएको विकास र शैक्षिक क्षेत्रमा बढेको पहुँचले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हँुदै गइरहेको छ ।२००७ सालमा प्रजातन्त्रको उदय भएपछि देशका विभिन्न स्थानमा विद्यालय खुलेपनि उच्च शिक्षा हासिल गर्न सहज थिएन । सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन तथा सुदूरपश्चिमको शिक्षा क्षेत्रका जानकार डां.टेकराज पन्तले २०५७ सालपछि मात्रै काठमाडौं बाहिर पहिलो पकट महेन्द्रनगरमा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस स्थापना भएको बताए । ‘२०५७ सालमा पनि उच्च शिक्षाका लागि काठमाडौं वा भारत जानुपर्ने बाध्यता    थियो ।’ उनले भने ‘त्यो बेला पनि एम.ए बिए र बिकम वडा मेहनतले अध्ययन गर्न पाईन्थ्यो ।’ उनका अनुसार त्यो बेला सुदूरपश्चिममेली जनताले उच्च शिक्षाका अध्ययन गर्न धेरै समस्या झेल्नु पथ्र्यो । 

     देशमा राजनैतिक परिवर्तन संगै शिक्षा क्षेत्रमा पनि विकास हुदै गयो । २०६७ सालमा नेपाल सरकारको लगानीमा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपनि २०६९ सालमा महेन्द्रनगर स्थीत सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरि शैक्षिक कार्यक्रमहरु सञ्चालन सुरु गरिएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको स्थापनापछि सुदूरका जनताको छोराछोरीले न्युन शुल्कमा घर आगमै उच्च शिक्षा देखी पिएचडी सम्म गर्न पाएका छन । हाल विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामा १५ वटा क्याम्पसहरुबाट उच्च शिक्षा प्रदान गर्दै आएको छ । स्नातक तहमा २२ वटा र स्नाकोत्तर तहमा १० वटा शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन । गत शैक्षिक शत्रदेखी स्वास्थ्य विज्ञान संकाय तथा कानुन संकाय पनि सञ्चालनमा ल्याएको छ । मानविकी तथा समाजिक शास्त्र तथा व्यवस्थापन संकायमा एम.फिल र पिएच.डी कार्यक्रममा सुरु गरिसकेको छ । 

     २०६९ सालदेखी केन्द्रिय कार्यालय महेन्द्रनगरमा सञ्चालन हुँदै आएका शैक्षिक कार्यक्रमहरु २०७५ सालबाट मात्रै अन्य १४ वटा क्याम्पस समायोजन    गरी शैक्षिक कार्यक्रम संञ्चालनमा आएका थिए । मानविकी तथा सामाजिक शास्त्र संकाय,व्यवस्थापन संकाय,शिक्षाशास्त्र संकाय,विज्ञान तथा प्रविधि संकाय,इन्जिनियरिङ संकाय र कृर्षि विज्ञान संकायका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा छन । उच्च शिक्षा हासिल गर्नका लागि सुदूरपश्चिमबाट काठामाडौ अथवा अन्य जिल्लामा जानुपर्ने बाध्यता विश्वविद्यालय स्थापनापछि हटेको छ । सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक उमाकान्त जोशीले विश्वविद्यालय स्थापन पश्चात उच्च शिक्षाका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको बताए । ‘कुनै बेला उच्च शिक्षाका लागि काठमाडौं वा भारतको बनारस,वृन्द्धावन लगायतका शहर जानुपर्ने बाध्यता थियो,कर्णाल(काठमाडौं नजोडिने बेलासम्म पनि बढीजसो भारतमै जान्थे ।’ उनले भने(‘अहिले त्यो बाध्यता हटेको छ ।’ 

      सुदूरका पहाडी जिल्लामा समेत उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालयले कमाण्ड गरेको छ । दुर्गम मानिने बाजुरा,अछाम,दार्चुला लगायतका अन्य पहाडी जिल्लामा समेत विश्वविद्यालयले सहज रुपमा शैक्षिक कार्यक्रमहरु सञ्चालन गरेको छ । विश्वविद्यालयले एम.फिल र पिएच.डी पनि सञ्चालन गरेपछि यहाँका विद्यार्थीहरुमा थप उत्साह थपिएको छ । भने लाखौ खर्च गरेर उच्च शिक्षा अध्ययन र पिएच.डी का लागि अन्यन्त्र जानुपर्ने बाध्यता हटेको यहाँका अभिभावक र विद्यार्र्थीहरुको भनाई छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यनरत दिपक चन्दले सुदूरपश्चिम विश्वविद्यालयले एम.फिल र पिएच.डीका कार्यक्रमहरु सञ्चालनमा ल्याएपछि उत्साह थपिएको बताए ।  “घर नजिकैको विश्वविद्यालयमा एम.फिल र पिएच.डी अध्ययन गर्न पाउने कुराले खुसी छु ।” उनले भने(“अब अध्ययनका लागि अन्यत्र जानुनर्पला ।” 
     देशकै सुदूरमा अवस्थित विश्वविद्यायलयले शैक्षिक क्षेत्रमा फड्को मारेको विश्वविद्यालय सभाका सदस्य लिलाध्वज वस्नेतले बताए ।“घर आगँनमा पिएच.डी गर्न पाउँदा यहाँका विद्यार्थी र अभिभावक हर्षित भएका छन ।” उनले भने(“विश्वविद्यालयले गुणस्तरीय शिक्षा,रोजगारी सिर्जना हुने शिक्षा प्रदान गर्ने छ र विश्वसंग प्रतिस्प्रर्धा गर्र्ने छ ।”  उनले राष्ट्रका लागि आवश्यक जनशक्ति समेत विश्वविद्यालयले उत्पादन गर्ने बताए । त्यसैगरी विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मारेको फड्को सुदूरपश्चिमका लागि गौरवको विषय भएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन टेकराज पन्तले बताए । “अब विश्वविद्यालयले युग सुहाँउदो शिक्षा र प्राविधिक तर्फ बढी जोड दिनुपर्छ ।” उनले भने “उनले सुदूरमा उच्च शिक्षाको विकास र बिस्तार गनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयले आंगिक क्याम्पसहरु थप गरेर शिक्षाको विस्तार गनुपर्ने बताए ।

     पछिल्लो समय विश्वविद्यालयमा राजनीतिक भागबन्डामा आधारमा हुने नियुक्तिले भने विश्वविद्यालयको संस्कारमाथि प्रश्न उठेको छ । विश्वविद्यालयमा राजनीति हुनु गलत भएको भन्दै नागरिक स्तरबाट चर्को विरोध समेत भएको छ । विश्वविद्यालयका पूर्व डीन पन्तले क्याम्पसमा राजनीतीको दुरुपयोग भएको टिप्पणी गरे । “जब विश्वविद्यालयमा राजनीतिक भागबन्डा हुन्छ त्यहीबाट बिसंगति सुरु हुन्छ ।” उनले भने “प्राध्यापकहरुले आफ्नो बौद्धिकता बिर्सेर     राजनीतिक दलका पछाडी चाकरी गर्नु निन्दनीय हो ।” उनले समाजलाई बाटो देखाउने मान्छेले अन्धो भएको बताए । “विश्वविद्यालयमा जुनसुकै पदमा नियुक्ति गर्दा पनि योग्यता र क्षमताको आधारमा नियुक्त गरिनुपर्छ ।” 
     उनले थपे “राजनीतिक भागबन्डाको आधारमा अयोग्य व्याक्ति पदमा पुग्दा सफलता मिल्दैन अयोग्य व्याक्तिले पदप्रर्दशन गर्न सक्दैन ।”विश्वविद्यालयको केन्दी्रय क्याम्पसमा तीन हजार भन्दा बढी विद्यार्थीहरु अध्यनरत छन । स्नातक तहमा केन्द्रीय क्याम्पस र आंगिक क्याम्पस गरी ८ हजार भन्दा बढी विद्यार्थी अध्यनरत छन भने स्नातकोत्तर तहमा एक हजार ८२ विद्यार्थी  अध्यनरत छन 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय


  • प्रतिक्रिया दिनुहोस