नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत महाकाली अञ्चलका ४ जिल्ला मध्ये छुट्टै महत्व रहेको यो जिल्ला एशियाका दुई शक्तिशाली राष्टू भारत र चीनको सिमानासंग जोडिएको छ । मौलिक भाषा, संस्कृति र परम्पराका हिसाबले दार्चुला जिल्ला धनि रहेको छ । यस्तो हाम्रो मौलिक भाषा, संस्कृति र परम्पराको नियमित अभ्यास, जगेर्ना तथा विकास गर्नु र पुस्ता हस्तान्तरण गर्नु दायित्व हो।
यहि कुराको दायित्वबोध भएर यसको जगेर्ना गर्न नयाँ प्रबिधिको प्रयोगलाई पनि अबलम्बन गर्न आवश्यक देखिएको छ। यसको लागि विकिपिडिया र यसका भातृ परियोजनाहरूबाट ठुलो टेवा पुग्ने देखिन्छ। सर्वप्रथम विकिपिडिया के हो? र यसका भातृ परियोजनाहरू कुन कुन हुन ?
विकिपिडिया वेबमा आधारित स्वतन्त्र र खुला बहुभाषी ज्ञानकोश हो। विकिपिडिया शब्द विकि(धष्पष्, धेरैजनाले सहकार्यमा वेबसाइट तयार गर्ने प्रविधि) र इन्साइक्लोपिडिया जोडिएर बनेको हो। विकिपिडियामा स्वयंसेवकहरूबाट लेखहरू सम्पादन तथा लेखन हुन्छ। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहीले पनि संशोधन, परिवर्तन र परिमार्जन गर्न सक्छन्। विकिपिडिया तथा यसका विभिन्न भातृ परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका साथै अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडिया फाउण्डेसन नामक संस्था कार्यरत रहेको छ। गैर(मुनाफामुखी गुठीको रूपमा रहेको यस फाउण्डेसनले विकिपिडियाका अन्य भ्रातृ परियोजनाहरूजस्तैः विक्सनरी(शब्दकोश), विकिसमाचार(खुला समाचार), विकिकथन(कथन भण्डार), विकिपुस्तक(खुला पुस्तक), विकिप्रजाति(प्रजाति संकलन), विकिस्रोत(खुला श्रोतमाध्यम), विकिभर्सिटी(विश्वकोश परिकल्पना), कमन्स(कमन मिडियाको भण्डार), मेटाविकि(विकिमिडिया कार्यक्रम संयोजक) को पनि सञ्चालन गरिरहेको छ ।
नेपालमा पनि विकिपिडियाको स्थापनाकाल देखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोकसैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपिडियाको लोकप्रियता बढेको हो। हाल विश्वमा सबैभन्दा धेरै हेरिने इन्टरनेट साइट मध्ये यो पनि एक हो। अहिले सम्म विकिपिडिया ३०० भन्दा बढी भाषामा उपलब्ध रहेको छ। नेपालमा सन् २००२ मा विकिपिडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा ३१,७६१ वटा साना(ठूला लेखहरू रहेका छन्। हाल नेपालमा बोलिने भाषाहरूमा नेपाली भाषाको अतिरिक्त नेपाल भाषा(नेवारी), भोजपुरी भाषा, पाली भाषा, मैथिली भाषा, संस्कृत भाषा र डोट्याली भाषा(डोटेली भाषा)का विकिपिडियाहरू उपलब्ध छन् भने केही अन्यभाषाका विकिपिडियाहरू पनि बन्ने क्रममा रहेका छन्।
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपिडियाले अहिलेसम्म आफ्नो पृष्ठमा कुनैपनि व्यवसायिक विज्ञापन राखेको छैन्। बिना विज्ञापनका सामग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ।
सिक्दु संसारकि भाषा आफुनि उन्नति अद्दु हो
बिसद्दु इजुकि भाषा डुब्दु, बुयु, उजयु हो
सुदूरपश्चिमका साहित्यकार देवराज भट्टशर्माका शब्दबाट पनि प्रष्ट हुन्छ भाषा कति महत्वपूर्ण छ भनेर। भाषाको सम्बन्ध सोझै संस्कृतिसँग हुन्छ। जसलाई जुन भाषा सिकाइन्छ वा प्रयोग गर्छ त्यसले त्यही भाषाको संस्कृति जानेको हुन्छ। जुन जातिको मौलिक संस्कृति हुन्छ, त्यस जातिको भाषा पनि जीवित हुन्छ। भाषा मृत भएमा संस्कृति पनि लोप भएर जान्छ। भाषा र संस्कृति लोप भएमा त्यो जाति नै अस्तित्वमा रहन्न। भनिन्छ( कुनै जातिलाई विलुप्त पार्नु छ भने त्यस जातिको भाषा र संस्कृतिमा आक्रमण गर्नुपर्छ। अहिले नेपालमा बोलिने विभिन्न जातजातिका स्थानीय भाषा र सबैको साझा नेपाली भाषामा अतिक्रमण भइरहेको छ। यसबाट भाषा र संस्कृतिलाई जोगाउनु हामी सबैको कर्तब्य हो ।
संसारमा करिव ७ हजार भाषाहरू बोलिन्छन्, जसमा ९० प्रतिशतभन्दा बढी भाषाका एक लाखभन्दा कम वक्ता रहेका छन्। युनेस्कोको तथ्यांकअनुसार संसारका लगभग दुई हजार पाँच सय भाषा र ती भाषा सित सम्बन्धित सांस्कृतिक सम्पदा अबका केही पुस्ता भित्रै लोप हुने अवस्थामा पुगेका छन्। सन् २०१९ मा युनेस्को र संयुक्त राष्टूसंघले ूदिगो विकास, शान्ति स्थापना र मेलमिलापका लागि भाषाू भन्ने नाराका साथ आदिवासी भाषाहरूको अन्तर्राष्ट्रिय वर्ष मनाएको थियो ।
नेपालमा बोलिने एक सय २३ भाषाहरूमध्ये लगभग ६० प्रतिशत भाषाहरू भाषिक सम्पर्क, परिवर्तन र अपसरणका कारण लोप हुने अवस्थामा पुगेका देखिन्छन्। विकिपिडियालाई यी भाषाहरू जोगाउने माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ र साथै नेपालको भाषिक एवं सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने अवसरका रूपमा पनि। तपाईँहरूले पनि आफुलाई जानकारी भएको बिषयमा लेखेर तथा आफ्ना गाउँठाउँका सांस्कृतिक, ऐतिहासिक सम्पदा, पुरातात्विक, धार्मिक, सांस्कृतिक महत्वका संचरनाहरू मठमन्दिर(माणौँ), दरवार, गढी, किल्ला, भवन, देवल, सांस्कृतिक चाडपर्व, रीतिरिवाज र पहिरनका तस्वीर अपलोड गरी उक्त सम्पदालाई संसारभरी चिनाउन सक्नुहुन्छ। विकिपिडियाको भातृपरियोजना कमन्स(कमन मिडियाको भण्डार) मा हाम्रो सँस्कृति र हाम्रो मौलिक परम्पराका तस्बिर, अडियो र भिडियोहरू संग्रह गर्न सक्छौँ। जुन हाम्रो भाबि पुस्ताको लागि ठूलो उपहारका र भाषा संस्कृतिको संग्रह हुन जानेछ। साथै विश्व माझ चिनाउने अवसर पनि हुने छ । हाम्रा मौलिक पर्वहरू, भाषा, संस्कृति र संस्कार जोगाउन सकेमात्र पहिचान रहन्छ भन्नेमा कसैको दुईमत नहोला ।
.gif)