मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कोभिडको असरले बालबालिकामा कुपोषण


पश्चिम प्रेस
शनिबार, जेठ २८ २०७९
  • 586
    Shares

  • images
    images
    कोभिडको असरले बालबालिकामा कुपोषण

    महेन्द्रनगर । कोरोना महामारीले रोजगारी गुमेपछि त्यसको असर बालबालिकामा देखिएको छ । लामो समयसम्मको लकडाउनका कारण धेरैले रोजगारी गुमाउनु पर्यो । त्यसमा पनि दैनिक मजदूरी गरेर जीविको चलाउने निम्न तथा विपन्न परिवार अझ बढी मारमा परे । फलस्वरुप कोरोना कहरमा जन्मिएका अधिकांश बालबालिका कुपोषणको शिकार हुनु परेको छ । कुपोषित बालबालिकाको खोजीका लागि स्वास्थ्य कार्यालयले चलाएको अभियानमा दुई महिनाकै अवधीमा ६ सय २ जना बालबालिकामा कुपोषण देखिएको छ । 

     सरकारले कुपोषित बालबालिकाको उपचारका लागि कञ्चनपुरसहित देशभरका २१ वटा अस्पतालमा पोषण पुनस्र्थापना गृह सञ्चालन गरेको छ । तर परिवार कल्याण महाशाखाले दिने ५० लाख रुपैया पुर्नस्थापना गृह संचालनका लागि अपुग देखिन्छ । जसमध्ये कर्मचारीको तलबभत्तामा ४० लाख र कुपोषित बालबालिकाको उपचारका लागि १० लाख खर्च हुने गर्दछ । 
     पछिल्लो समय सुदूरपश्चिम प्रदेश सरकारले समेत पोषण पुर्नस्थापना गृह संचालनका लागि बजेट दिने गरेकाले सहज भएको महाकाली प्रादेशिक अस्पताल पोषण पुर्नस्थापना गृहका प्रमुख इन्द्रा भट्टले बताईन । कञ्चनपुरमा चालु आर्थिक वर्षमा मात्रै एक हजार बढी बालबालिकामा कुपोषण देखिएको छ । जसमध्ये झण्डै दुई सय जनामा कडा शिघ्र खालको कुपोषण देखिएको छ भने मध्यम शिघ्रखालको कुपोषण देखिएको बालबालिकाको संख्या आठ सय बढी छ । जिल्लामा कुपोषित बालबालिकाको संख्या बढी देखिएपछि उपचार गराउनेको संख्या भने कम भएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । 

    यता चालु आर्थिक वर्षमा ९२ जना कुपोषित बालबालिकाको उपचार गरिएको पोषण पुर्नस्थापना गृहले जनाएको छ । पुर्नस्थापना गृह संचालनका लागि प्रदेश सरकारबाट आर्थिक वर्ष २०७६÷०७७ मा १० लाख, २०७७÷०७८ मा २४ लाख र चालु आवमा मा ३० लाख बजेट प्राप्त भएको छ । यसले बढी प्रभावित समुदायस्तरमा शिविर संचालन तथा चेकजाँचमा टेवा पुगेको भट्टको भनाई छ । यता, पोषण पुर्नस्थापना गृहमा आएपछि बच्चाको रेखदेखसँगै कसरी र कति मात्रामा बच्चालाई खाना खुवाउने भन्ने जानकारी भएको आरती चन्दको भनाई छ । शिशु जन्मिँदा सामान्यतया साढे दुई केजीभन्दा माथि हुनुपर्छरु। यस्तै शिशु जन्मिँदाको उचाइ ४५ देखि ५० सेन्टिमिटर हुनुपर्छ। एक वर्ष पूरा हुँदा सुरुको उचाइमा २५ सेन्टिमिटर, दोस्रो वर्ष साढे १२ सेन्टिमिटर र त्यसपछि हरेक वर्ष सातदेखि आठ सेन्टिमिटर थपिँदै जान्छ । 
     यस्तै तौल पाँच महिनामा दोब्बर, एक वर्षमा तेब्बर र त्यसको दुई वर्षमा सातदेखि नौ केजीको अनुपातमा बढ्नुपर्छरु। तर यसरी विकास नभएको बालबालिकामा कुपोषण हुन सक्ने भएकाले अभिभावकाले त्यसतर्फ ध्यान दिनु जरुरी छ । 


    प्रतिक्रिया दिनुहोस