महेन्द्रनगर । आउँदो आषाढ ३ गते हुने सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा करिब ३ सय बढी विद्यार्थी दीक्षीत हुदैछन । विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ३ सय बढी विद्यार्थी दीक्षीत हुन लागेका छन । त्यसैगरी ग्रेस लिस्टमा रहेका १ हजार ५ सय ५८ जना विद्यार्थी उक्त समारोहमा दीक्षीत हुनेछन ।
सुदूरपश्चिम विश्वविद्यालयका सुचना अधिकारी सन्तोष विष्टले विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह आउँदो अषाढ ३ गते विश्वविद्यालयको केन्द्रिय कार्यालयमा हुने जानकारी दिए । ‘दीक्षीत हुनका लागि करिब ३ सय बढी विद्यार्थीले फाराम भरेका छन ।’ उनले भने(‘ग्रेस लिष्टमा रहेका १५ सय ५८ विद्यार्थी पनि दीक्षीत हुनेछन ।’ दीक्षान्त समारोहमा प्रधानमन्त्री एंवम सुदूरपश्चिम विश्वविद्याललयका कुलपति शेरवहादुर देउवा,शिक्षामन्त्री,शिक्षा सचिव आउने कार्यक्रम छ । त्यसै गरी समारोहको मुख्य अतिथिमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो.एसके जोशी आउने भएका छन । समारोहमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति,पोखरा विश्वविद्यालयका उपकुलपति लगायत विश्वविद्यालय सभा सदस्यहरुको उपस्थीती रहनेछ ।
विद्यार्थीलाई विभिन्न पदक
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई विभिन्न पदक समेत प्रदान गरिने छ । विश्वविद्यालयको चान्सलर पदक विश्वविद्यालयको केन्द्रिय क्याम्पसका चक्र देव जोशी,हरीना धामी र दीपक राज भट्टले पाएका छन । त्यसैगरी विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अध्ययनरत पल्लवी पनेरु,गोरख चन्द,आशा धामी र कस्तुरा भट्टले भाइस चान्सरल पदक पाएका छन । त्यसैगरी विश्वविद्यालयको विभिन्न संकायमा अध्ययनरत २९ जना विद्यार्थीहरुले स्वर्ण पदक प्राप्त गरेका छन ।
जसमा विश्वविद्यालय केन्द्रिय क्याम्पसका शेर वहादुर विष्ट,चक्र देव जोशी,प्रेम सिंह ऐरी,धन वहादुर जप्रेल,हरिना धामी,सीता विष्ट,दीपक राज भट्ट,पार्वती कुमारी धामी,सोहिता भट्ट,दीपेन्द्रराज बडु,शुसान्त सिंह सुनार,पल्लवी पनेरु,कुमारी विजया जोशी,गोरख चन्द,विनोद भट्ट,गणेश वहादुर धामी,महेश पुजार,नरेश न्यौपाने,नीरा कुमारी जोशी,आशा धामी, राखी विष्ट,खगेन्द्र ठकुराठी,खगराज पनेरु,मन्दीप कुवर,हीरा कलौनी,कस्तुरा भट्ट,कमला भट्ट,हिमाल पन्त,धन वहादुर बोहरा रहेका छन ।
.gif)