महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालयलको दोस्रो दीक्षान्त समारोहमा तीन सय बढी विद्यार्थी दीक्षीत भएका छन ।
ग्रेस लिष्टमा रहेका १ हजार ५५८ जना विद्यार्थी मध्ये ३ सय १८ जना विद्यार्थी दीक्षान्त समारोहमा दीक्षीत भएका हुन । दीक्षान्त समारोहका अध्यक्ष प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले सुदूरपश्चिम विश्वविद्यालयले सुदूरमा उच्च शिक्षाको पहुँच पुगाएको बताए ।
दीक्षान्त समारोहमा बोल्दै देउवाले विश्वविद्यालयले दक्षजनशक्ती उत्पादन गर्न सफल भएको बताए ।‘विश्वविद्यालयले न्युन शुल्कमा उच्च शिक्षा हासिल गर्न मदत गरेको छ ।’ उनले भने–‘दीक्षीत विद्यार्थीहरुले ईमान्दारीताका साथ राष्ट्रिय हितका लागि समाजमा काम गर्नेछन ।’ उनले सुदूरपश्चिम विश्वविद्यालय अनुसन्धानको आकर्षणका रुपमा स्थापीत गर्न प्राध्यापक,अभिभावक र विद्यार्थीको सहकार्य आवश्यक रहेको बताए । समारोहमा बोल्दै उनले सुदूरपश्चिम विश्वविद्यालयको विकासका लागि सरकार सधै तयार रहेको बताए । त्यसैगरी विश्वविद्यालयका सहउपकुलपति तथा शिक्षा मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले यहाँको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताए ।
विद्यार्थीलाई विभिन्न पदक
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई विभिन्न पदक समेत प्रदान गरिने छ । विश्वविद्यालयको चान्सलर पदक विश्वविद्यालयको केन्द्रिय क्याम्पसका चक्र देव जोशी,हरीना धामी र दीपक राज भट्टले पाएका छन । त्यसैगरी विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा अध्ययनरत पल्लवी पनेरु,गोरख चन्द,आशा धामी र कस्तुरा भट्टले भाइस चान्सरल पदक पाएका छन । त्यसैगरी विश्वविद्यालयको विभिन्न संकायमा अध्ययनरत २९ जना विद्यार्थीहरुले स्वर्ण पदक प्राप्त गरेका छन ।
जसमा विश्वविद्यालय केन्द्रिय क्याम्पसका शेर वहादुर विष्ट,चक्र देव जोशी,प्रेम सिंह ऐरी,धन वहादुर जप्रेल,हरिना धामी,सीता विष्ट,दीपक राज भट्ट,पार्वती कुमारी धामी,सोहिता भट्ट,दीपेन्द्रराज बडु,शुसान्त सिंह सुनार,पल्लवी पनेरु,कुमारी विजया जोशी,गोरख चन्द,विनोद भट्ट,गणेश वहादुर धामी,महेश पुजार,नरेश न्यौपाने,नीरा कुमारी जोशी,आशा धामी, राखी विष्ट,खगेन्द्र ठकुराठी,खगराज पनेरु,मन्दीप कुवर,हीरा कलौनी,कस्तुरा भट्ट,कमला भट्ट,हिमाल पन्त,धन वहादुर बोहरा रहेका छन ।
.gif)