संसारमा स्थापित राज्य व्यवस्थाहरूको धेरथोर सम्बन्ध वैदिक राज्य व्यवस्थासँग अवश्य रहेको पाइन्छ । आजको राज्यशासन प्रणाली र वैदिक कालमा प्रसिद्ध राज्य सञ्चालन प्रणालीमा ठूलो अन्तर छ । प्राचीनकालमा राज्यशासन धर्मको एउटा अभिन्न अंग थियो । राज्यको सर्वाेपरी व्यक्तिलाई साामन्त, माण्डलिक, राजा, राजाधिराज, महाराजा, महाराजाधिराज एवम् सम्राट भनिन्थ्यो ।
वैदिक कालमा राजाको लागि ‘राज्यपति’ तथा ‘प्रजापति’ शब्दको पनि प्रयोग पाइन्छ । यही शब्द परिमार्जित भएर आज ‘राष्टूपति’का नामले प्रचलनमा रहेको छ । ‘राजा’ शब्दको ब्यूत्पत्ति ‘जनान् रञ्जयनीति’ हो । जसको अर्थ लोकलाई सुखी र खुसी राख्ने व्यक्ति भन्ने हो । त्यसैले अथर्ववेदमा भनिएको छ, ‘ब्रह्मचर्येण तपसा राजा राष्टूं विरक्षति’ अर्थात् राजा (राष्टू प्रमुख)ले ब्रह्मचर्यपूर्वक तपस्वी भएर राष्टूको रक्षा गर्नुपर्छ । राष्टूको रक्षाका लागि १४ वर्ष वनवास अथवा कारावास नै किन नजानु परोस् । महाभारतमा यहाँसम्म भनिएको छ कि राष्टूमा उत्पन्न सम अथवा विसम परिस्थितिको मूल कारण राजा अर्थात् प्रधानमन्त्री वा राष्टूपति हो । यसको जिम्मेवारी राष्टू प्रमुखले लिनुपर्छ भनिएको छ ।
प्राचीन सनातन आर्य(विधानमा श्रृति(स्मृति(पुराणोक्त फल प्राप्तिका लागि शासन गरिन्थ्यो । सामाजिक व्यवस्था एवम् राज्य शासन धर्ममा आधारित थियो । ‘यथा राजा तथा प्रजा’ जस्तो राजा त्यस्तो प्रजा पनि हुने गर्थे । महाभारतमा त शासक बन्नका लागि देवगुणले युक्त हुनुपर्छ । ब्रह्मचर्य, धीरता, वीरता, सहनशीलता, दूरदर्शिता, समानता, उदारताजस्ता राजगुण हुनुपर्छ भनिएको छ । ठूलाले जो जो आचरण गर्छन्, अन्य व्यक्तिहरूले त्यसैलाई प्रमाण मानेर त्यस्तै गर्छन् । त्यसैले प्रमुख व्यक्तिले अवस्था र व्यवस्थालाई ध्यानमा राखेर काम गर्नुपर्छ । वैदिककालमा कुनै लिखित संविधान थिएन, समाज श्रृतिमा आधारित थियो । श्रृति भनेको वेदलाई बुझिन्छ । अलिखित वेदले नै शासन र अनुशासनको काम गथ्र्याे । वेद सर्वाेपरी थियो, संविधान थियो, मार्गदर्शक थियो । त्यसैको आधारमा राज्य शासन हुन्थ्यो ।
वैदिककालका ती राज्यहरूका नाम ऐतरेय ब्रह्मण नामक ग्रन्थमा यसरी उल्लेख गरिएका छन्( ‘स्वस्ति । साम्राज्यं, भौज्यं, स्वाराज्यं, वैराज्यं, पारमेष्ठ्यं राज्यं, महाराज्यं, आधिपत्यमं, समन्तपर्यायी स्पात् सावभौम सार्वायुषः आन्ताद् आ परार्धात् पृथित्यै समुद्र पर्यन्ताया एकराड इति ।’ साम्राज्य, भौज्य, स्वाराज्य, वैराज्य, पारमेष्ठ्यराज्य, महाराज्य, आधिपत्यम राज्य, समन्तपर्यायी राज्यको कल्याण होस् । स्वतन्त्र, सार्वभौम, स्वस्थ्य समुद्रपर्यन्तका यी राज्यहरूमा एउटै शासन व्यवस्था र एउटै राजा (शासक) होस् । यसरी वैदिक शासन व्यवस्थामा संसारमा एउटै प्रकारको शासन व्यवस्थाको रेखाभित्र कोरिएको छ । कृण्वन्तो विश्वं आर्यम् (ऋग्वेद) समुन्द्रपर्यन्त जति पृथ्वी छ, त्यहाँसम्म आर्यभूमि हो । जहाँ एउटै राजा र राज्यको क्षेत्र थियो । त्यस्तै, वेदमा राज्य, जानराज्य र गणराज्यको चर्चा छ भने इतिहास(पुराणहरूमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनतन्त्रको पनि संकेत पाइन्छ ।
कुनै समयमा संसारभरि फैलिएको वैदिक हिन्दू राज्य साघुरिँदै गएको छ । सम्पूर्ण पृथ्वीमा एकछत्र जसको राज्य थियो, त्यो वैदिक राज्य मानस सरोवरदेखि मेक्सिकोसम्म हुँदै इन्दुजदेखि सिन्धुसम्म फैलिएको थियो । ४(५ सय वर्ष पहिलेसम् मभारत वर्षभरि अर्थात् इन्डिया, पाकिस्तान, नेपाल, बंगलादेश, श्रीलंका, भूटान, अफगानिस्तान, वाली, सुमात्रा, जावा, बर्मा, मंगोलियासम्म फैलिएको थियो । वैदिक राज्य व्यवस्थाको अवशेष पछिल्लो दिनसम्म नेपालमा पनि देख्न सकिन्थ्यो । तर, धर्मनिरपेक्षताका नाममा वैदिक आर्य विधानको नेपाल राष्टू विखण्डित हुन पुगेको छ । हुन त वर्तमान समयका राजतन्त्रदेखि गणतन्त्र वा जनतन्त्रसम्मका राष्टूहरूको शासन व्यवस्थाको पृष्ठभूमि वैदिक राज्य शासन पद्धतिको निरन्तरता नै हो । विश्वको पहिलो अलिखित संविधान वेदको राज्य व्यवस्थालाई त्यो वा यो रुपमा विश्वले मान्दै आएको छ र मान्दै रहनुपर्ने छ । संसार एक हो भन्ने वैदिक चिन्तनलाई ‘संयुक्त राष्टू संघ’का नामले विश्वले मान्दै आएको कुरा बौद्धिक जमातले बिर्सनु हुँदैन । वैदिककालमा विश्वभरि रहेका शासन व्यवस्थाको छोटो चर्चा रहेको छ ।
साम्राज्य
अनेक स्वतन्त्र राजा तथा राज्यहरूलाई माण्डलिक बनाएर राज्य गर्ने व्यवस्थाको नाम साम्राज्य हो । त्यस साम्राज्यको प्रमुखको नाम सम्राट हो । समर्थ राजाले आर्य विधान अनुसार नचल्ने राजा र राज्य नियन्त्रण गरी समाजमा शान्ति कायम गराउने गर्थे । राम राज्य यसको उदाहरण हो । जसले किष्किन्धा विजय गरी सुग्रिवलाई राजा बनायने भने लंकालाई जितेर विभिषणलाई राजा बनायो । सम्राटले साम्राज्य विस्तार गथ्र्याे । तर, मानवाधिकार र मानवताको ख्याल पूरा राख्ने गर्थे । त्यसैले विजित राज्यमा आफूले शासन नगरी स्वायत्तता प्रदान गरी स्थानीय व्यक्तिकै हातमा शासन सुम्पियो । अर्थ नै नबुझेर साम्राज्यलाई विभिन्न लाञ्छना लगाउने काम गरिए । तर, वैदिक साम्राज्यवाद र वर्तमान साम्राज्यवादको तुलना गर्न सकिँदैन ।
भौज्य ः
सम्पूर्ण प्रजाहरूलाई गास, वास र कपासको व्यवस्था राज्यले नै गर्नुपथ्र्यो । प्रजालाई भोजन, अन्न, वास दिएर सुखी र खुसी राखिने शासन व्यवस्थालाई भौज्य भनिन्छ । नागरिकको ऋण मिनाह गरेर वा अन्य कुनै परोपकारी काम गरेर गरिने राज्य व्यवस्था हो ।
स्वाराज्य ः
वैदिक कालको सबैभन्दा उत्तम राज्य व्यवस्था स्वाराज्य शासन हो । यस व्यवस्थालाई स्वशासन पनि भनिन्छ । प्रत्येक नागरिकले आफ्नो नियन्त्रण आफैं गर्नुपथ्र्याे । त्यसमा शुद्धता, पवित्रता, निर्दाेषताको ख्याल गरिन्थ्यो । ‘स्वराज्यमेव स्वाराज्यम्’ आफ्नो राजा आफैं । आफ्नो राज्य आफ्नै रजाइ आफूमा भन्ने अर्थमा वैदिक स्वराज्यको जग खडा भएको हो । जसको आवश्यकता वर्तमान समयमा पनि उत्तीकै रहेको छ, जति वैदिक कालमा थियो ।
वैराज्य ः
‘विगतराजके वैराज्यं’ राजा नै नभएको शासन व्यवस्थालाई वैराज्य भनिन्छ । वैदिक कालमा यो व्यवस्था अत्यन्तै प्रसिद्ध थियो । प्रत्येक व्यक्ति राज्य, प्रत्येक व्यक्ति प्रजाका रुपमा हुन्थ्यो । ठूलो(सानो, धनी(गरीब, जातिपातिको कुनै स्थान भएको यो व्यवस्थालाई साम्यवादी व्यवस्थाका रुपमा पनि हेर्न सकिन्छ । तर, आजको साम्यवादजस्तो चाहिँ होइन ।
पारमेष्ठ्यराज्य
प्रजापतिको अर्काे नाम परमेष्ठी हो । परमेश्वरको राज्य पारमेष्ठी राज्य हो । यस व्यवस्थामा सबैमाथि परमेश्वरको राज्य छ । परमेश्वर नै राजा हुन्, उनकै अनुसार संसार चलेको छ । मूल संविधानका रुपमा वेदको अनुशासनलाई मानिन्छ ।
महाराज्य ः
अनेक स(साना राज्यहरु एक भएर एउटै विधान अनुसार चल्ने शासनलाई महाराज्य भनिन्छ । महाराज्यभित्र अनेक राजाहरू हुन्छन् । ती राजाहरूको प्रमुख शासकलाई महाराजा भनिन्छ ।
अधिपत्यमयराज्य
यस शासन व्यवस्थामा अधिपति तथा पति राज्य शासनका प्रमुख पात्र हुन्छन् । अधिपति अस्थायी सरकारका रुपमा र पति स्थायी सरकारका रुपमा राज्य सञ्चालनको काम गर्छन् । दुबैको संयुक्त प्रयास नागरिकको सेव ागर्ने हुन्छ ।
समन्तपर्यायीराज्य ः
सामन्तका अधिनमा रहने माण्डलिक राजालाई समन्तपर्यायी राज्य भनिन्छ । एउटा कुनै शक्तिशाली राज्यको अधिनमा रही कर बुझाउने अनेक मण्डलका माण्डलिक राजा हुन्छ । ती राज्यहरू मण्डलमा बनाएर राज्य गर्ने हुनाले माण्डलिक राजा भनिन्छ । सामन्त राजाहरूले महासामन्त पनि लेख्ने गरेको पाइन्छ । वर्तमानमा सामन्त, माण्डलिक जस्ता शब्दको अनर्थ लगाउने गरेको छ ।
यसरी वैदिक कालमा ८ प्रकारका राज्य पद्दति देखिएका छन् भने यसका अतिरिक्त राज्य, जानराज्य र गणराज्यको पनि संकेत पाइन्छ । स्वराज्य शब्दबाट स्व उपसर्ग हटाउँदा राज्य बन्दछ । वैदिक कालको स्वराज्यमा स्वको अर्थ राज्य शासनमा मेरो पनि कर्तव्य छ भन्ने हो भने राज्य मात्र शब्दले राज्य शासनमा राज्यको कर्तव्य हो, मेरो केही कर्तव्य छैन भन्ने हो । त्यस्तै, ‘जानराज्य’ त्यस्तो राज्यको नाम हो, जनताको सुधारलाई ध्यानमा राखेर शासन व्यवस्था गरिन्छ । राज्य व्यवस्थामा बढी बल दिने शासनलाई गणराज्य भनिएको छ । वैदिक कालका यी शासन पद्दतिलाई वर्तमानका राजनीतिज्ञहरूले बुझ्न सकेनन् । वैदिक साहित्यको अल्पज्ञान र अज्ञानका कारणले वैदिक राज्य शासनका यी पद्दतिहरूको गलत अर्थ निकालिएको छ । १(२ वटा शासकहरूले गरेको गल्तीका कारण पूरै शासन व्यवस्थालाई गलत भन्न सकिँदैन ।
सम्राट दशरथका पुत्र श्री राम स्वयं सम्राट थिए । उनी साम्राज्यवादी शासन व्यवस्थाका जनक हुन् । साम्राज्यवादी राजा रामले आफ्नो ११ सय वर्षको शासनकालमा कहिल्यै पनि विजित राज्यमाथि अत्याचार गरेको एउटा पनि उदाहरण छैन । त्यसैले उनको राज्य व्यवस्थालाई आदरका साथ रामराज्य भनिन्छ । आजसम्म पनि राजनीतिमा रामराज्यको परिकल्पना गरिन्छ । तर, विश्वको कुनै पनि देशमा रामराज्यसँग तुलना गर्न सकिने शासन व्यवस्था आएको छैन । आशा गरौं कहीकतै ‘रामराज्य’ अवश्य आउने छ ।
.gif)