महेन्द्रनगर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका छन । सोमबार आयोगका पदाधिकारीहरूको छलफलमा उनले देशभरका विद्यालयमा शिक्षकहरूको अभाव रहेको भन्दै यसै साता निम्न माध्यमिक र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नु निर्देशन दिएका हुन ।
१३ हजार ९३ प्राविमा शिक्षकको पदपूर्ति गर्नुपर्ने बताउँदै १० दिनको अन्तरमा निमावि र प्राविको विज्ञापन गर्न मन्त्रीले पौडेलले आग्रह गरका छन । त्यसैरी शिक्षक सेवा आयोगको ११औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट संशोधन भइसकेकाले अब ३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ । छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्नमाध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिए । ‘हामीले माविको १ हजार ५ पाँच सय ६५ पदका लागि विज्ञापन गरिसकेका छौं,’ उनले भने,‘ यसै साता निम्नमाध्यमिक विद्यालयमा रिक्त २ हजार पाँच सय ९८ पदका लागि विज्ञापन गर्छौं ।’
.gif)