महेन्द्रनगर । भारतमा कोरोना संक्रमण बढेसँगै घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ । कञ्चनपुरको गड्डाचौकी नाकामा दिनहककुजसो संक्रमितहरू देखिन थालेका हुन् ।गड्डाचौकीस्थित हेल्थ डेस्कका अनुसार पछिल्लो एक महिनामा भारतबाट घर फर्किनेमध्ये १९ जनामा संक्रमण देखिएको छ । जुन असार मध्यपछिको मात्रै हो । नाकामा फछिल्लो दुई दिनमाक्रै संत्रमित देखिएका छैनन् । त्यसअघि दैनिक २÷३ जनासम्म संक्रमित देखिन थालेका छन् । असार अन्तिम साता एकै दिन ६ संत्रमित समेत देखिएका छन् ।हेल्थ डेस्कका अनुसार पछिल्लो एक सातामा १८ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको छ । पछिल्लो साता संक्रमण कम देखिए पनि त्यसअघि बढेको थियो । अहिले दिल्ली र मुम्बईबाट आउनेहरूमा संक्रमण बढी देखिने गरेको हेल्थ डेस्कका इन्चार्ज सिनियर अहेव तर्कराज भट्टले बताए । अहिले दिल्ली र उत्तराखण्डको राजधानी देहरादूनसम्म महेन्द्रनगरबाट मैत्री बस सेवा सञ्चालनमा छ । दैनिक एक दर्जन बस दिल्ली र देहरादून आउजाउ गर्छन् ।
‘अहिले बढी प्रभावित क्षेत्रमा मुम्बई र दिल्लीलाई नै राखेका छौं,’ सिनियर अहेव भट्टले भने, ‘उक्त क्षेत्रबाट आउने सबैको परीक्षण अनिवार्य गरिएको छ ।’ उनका अनुसार अहिले गड्डाचौकी नाका भएर घर फर्किनेमध्ये लक्षण देखिएका र शंकास्पद तथा प्रभावित क्षेत्रबाट आउनेहरूको मात्रै परीक्षण भइरहेको छ ।
अहिले गड्डाचौकी नाका भएर दैनिक ४÷५ सय जना भित्रिने गरेका छन् । तीमध्ये दुई÷अढाई सयको मात्रै परीक्षण हुने गरेको छ संक्रमण देखिएकाहरूलाई नाकाबाटै एम्बुलेन्समा राखेर महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा पठाउने गरिएको छ । संक्रमितको अवस्था गम्भीर भएमा अस्पतालकै आइसोलेसनमा राखिन्छ भने सामान्य लक्षण भएकाहरूलाई भने वडा कार्यालयको सिफारिसमा होम आइसोलेसनमा बस्ने शर्तमा छाडिएको छ ।
नेपालमै पनि कोरोना संक्रमण बढ्दो अवस्थामा छ । भारतबाट फर्किनेहरूमा फनि दिनहुककजसो संक्रमित देखिन थालेका छन् । तर सरकारले कोरोना संत्रमण रोकथाम तथा परीक्षणका लागि करारमा राखेका कर्मचारीको समेत म्याद थप नगर्दा समस्या हुनथालेको स्वास्थ्यकर्मीहरू बताउछन् । कोरोना संक्रमण सुरु भएपछि नाकामा परीक्षण गर्नेदेखि आइसोलेसन केन्द्रहरूमा समेत करारमा स्वास्थयकर्मीहरू भर्ना गरिएका थिए । ‘अहिले विगतजस्तै नियमित परीक्षण भइरहेको छ,’ जिल्ला स्वास्थ्यकार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले भने, ‘लक्षण दखिएका, शंकास्पद र प्रभावित क्षेत्रबाट आएकाहरूलाई परीक्षण गरिरहेका छौं ।’ कान्तिपुरबाट
.gif)