शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

समुदायस्तरमा कोरोना संक्रमण,छैन सावधानी


मंगलबार, साउन २४ २०७९
  • 618
    Shares

  • images
    images
    समुदायस्तरमा कोरोना संक्रमण,छैन सावधानी

    महेन्द्रनगर । सोमबार मात्रै कञ्चनपुरमा ७४ जनामा कोरोना संक्रमण देखिएको छ । केही दिन देखी गड्डाचौकी नाकामा भारतबाट आउनेहरुमा कोरोना संक्रमण तिब्र देखिन थालेपछि समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । सोमबार परिक्षण गराएकाहरुमा ३१ जना भारतबाट आएकाहरु हुन भने बाकि यहिका हुन । यसले पनि कोरोना संक्रमण समुदायस्तरमा फैलिएको पुष्टि गर्दछ ।
     महाकाली प्रादेशिक अस्पतालका डाक्टरदेखि सरसफाइकर्मीसम्म कोरोना संक्रमित भएपछि सेवा प्रभावित भएको छ । अस्पतालका ४ डाक्टरसहित १० जनामा संक्रमण देखिएको होरु। निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अन्य स्वास्थ्यकर्मीमा समेत ज्वरो र रुघा खोकीलगायत लक्षण देखिएको छ । संक्रमित स्वास्थ्यकर्मीलाई ३ देखि ५ दिन आइसोलेसनमा राखेर सेवामा फर्काउने गरिएको उनले बताए । अहिले संक्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमै छन । बिरामीको चापसमेत बढेका बेला स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवाप्रवाहमा समस्या देखिएको छ ।
     अहिले इमर्जेन्सी र ओपीडीमा दैनिक ५ सयभन्दा बढी बिरामी आउने गरेका छन । अस्पतालका सबै बेड भरिभराउ छन । निमोनिया, दम, रुघाखोकी र ज्वरोका बिरामी बढी आउने गरेको डा. भट्टले बताए । उनकाअनुसार अधिकांशको लक्षण कोरोनासँग मिल्दोजुल्दो छ ।
     सरकारले संक्रमित गम्भीर बिरामीको उपचारका लागि सुदूरपश्चिम प्रदेशमा कैलालीको सेती प्रादेशिक अस्पताल र डडेलधुराको उपक्षेत्रीय अस्पताललाई मात्रै तोकेका कारण गम्भीर बिरामीको उपचारमा समस्या हुने भएको हो । ‘हामीकहाँ संरचना छ, जनशक्ति छ, तर सरकारले यस पटक त्यो सुविधा हामीलाई दिएन,’ मेसु भट्टले भने, ‘यहाँ आउने गम्भीर बिरामीलाई धनगढी वा डडेलधुरा पठाउनुपर्ने हुन्छ ।’ उनले महाकाली प्रदेशिक अस्पतालमा आईसीयूदेखि भेन्टिलेटर र अक्सिजन प्लान्टलगायत सबै सुविधा भएका कारण यहाँ पनि गम्भीर खालका बिरामीको उपचार गर्ने व्यवस्था मिलाउन आग्रह 
    गरिएको बताए ।


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • # गड्डाचौकी नाका
  • # समुदायस्तरमा कोरोना संक्रमण
  • # सावधानी


  • प्रतिक्रिया दिनुहोस