बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा आज ‘ओल्के’ पर्व मनाइदै


बुधबार, भदौ १ २०७९
  • 863
    Shares

  • images
    images
    सुदूरपश्चिममा आज ‘ओल्के’ पर्व मनाइदै

    महेन्द्रनगर । आज भाद्र संक्रान्ति अर्थात सुदूरपश्चिमेलीहरुको मौलिक पर्व ‘ओल्के’ पर्व धुमधामका साथ मनाइदै छ ।
     सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जेठो पर्वका रूपमा मनाउने गरिएको ‘ओल्के’ यहाँको प्रमुख पर्व पनि हो । यसलाई बुढी बाड्ने संक्रान्तिका रुपमा पनि लिईन्छ । वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । विशेष गरेर नयाँ अन्न देवी देवतालाई चढाउने र ईष्टमित्रहरुलाई उपहार स्वरुप स्थानीय परिकारहरु भेटका रुपमा खुवाउने कार्यलाई ओल्को भनिन्छ ।   त्यसैगरी नयाँ विवाह गरेका केटा पक्षले केटी पक्षको घरमा स्थानीय उत्पादनलाई उपहारका रुपमा लग्ने चलन पनि रहेको पाईन्छ । ‘सुदूरपश्चिममा यो पर्व उल्लासका साथ मनाईन्छ पहाड तीर बुढी बाड्ने चलन छ ।’ स्थानीय ममता भट्टले भनिन(‘पुतनाको प्रतिक स्वरुप भाद्र संक्रान्तिमा बुढी बाड्ने र असोज संक्रान्तिमा पोल्ने गरिन्छ ।’

     संक्रान्तिमा दिन मनाउने यो पर्वमा सुदूरपश्चिमका विषेश परिकारहरु समेत मकाउने गरिन्छ । खासगरि आफन्त ईष्टमित्रहरु संगै बसेर सुख दुःख बाड्ने र रमाइलो गर्ने प्रचलन रहिआएको छ । साहित्यकार रमेश पन्त मीतबन्धुले यस सगराँतको मुख्य विशेषता भनेको बुढी बाड्ने रहेको बताए । उनका अनुसार असत्यमाथि सत्यको विजयका प्रतीक स्वरुप भगवान कृष्णले पुतना राक्षसीलाई मारेको दृष्टान्तलाई देखाउनका निम्ति ग्वालवालहरुले बुढी पोल्ने भनिदै आए पनि यसका अन्य विविध मौलिकताहरु समेत रहेका छन् । ‘भाद्र संक्रन्तिका दिन बाडेको बुढीलाई असोज संक्रान्तिका दिन पोल्ने चलन छ । यस संक्रन्तिमा केवल बुढी बाड्ने मात्रै नभएर देवी देवताहरुलाई ओल्को चढाउने र आफन्तजनलाई ओल्को स्वरुप भेट प्रदान गर्ने दिनका रुपमा पनि मानिन्छ ।’ उनले भने(‘सुदूरपश्चिममा यस्ता पर्वहरुको अवसरमा दिदीबहिनी तथा इष्टमित्रहरुलाई बोलाइने, मिठामिठा भोजन गर्ने तथा एकआपसमा भेटघाट तथा सुखदुःख बाड्ने कार्य पनि हुने गर्दछन ।’उनले यस्ता पर्वहरुले समाजिक एकता, आपसी सम्बधमा मिठास ल्याउने बताए । 

     जीवनको यात्रामा हुने थकानलाई एक क्षणका लागि भए पनि बिश्राम दिइ रमाइलो गर्ने गरिन्छ । यस्ता चाडपर्व तथा तिहारहरुमा दृष्यअदृष्य रुपमा थुप्रै वैज्ञानिकताहर समेत लुकेको यहाँका जानकारहरुको भनाई छ । यस्ता चाँडपर्वहरले मानिसको जीवनमा रमाइलो र नयाँ उर्जा थप्ने कार्य गर्नुको साथै सामाजिक रुपमा हामी सबै एक हौँ भन्ने भावको विकास गराउने स्थानीय गणेश भट्टको भनाई छ ।‘पहिले त गाउँ घरतिर टोल(टोलमा एक हप्ता अगाडी नै कुटानी(पिसानी गरेका हुन्थे तर अहिले त्यस्तो छैन ।’उनले भने(‘यो पर्व सुरु भएसँगै वर्षा सकिने र हिलोमैलो पखालिने भन्दै घर(आँगन सरसफाइ गर्ने चलन उतीबेलाको समयमा थियो यो पर्वको मौलिकता विस्तारै हराउन थालेको छ ।’ काम विशेषले तथा अध्ययन गर्न घरबाहिर रहेका पनि यो पर्व मनाउन आ(आफ्ना घर फर्किने गरेको उनले बताए । 

     रोजगारीका लागि छिमेकी राष्टू भारतका ठूला सहर पसेका पनि पहिलो पर्व भएकाले घरमै मनाउने भन्दै नेपाल भित्रिन थालेका छन् । यस चाडका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनको रूपमा दूध, दही र पिँडालुको कलिलो पात अर्थात ‘गाभा’, हरियो साग दिएर सम्मान गर्ने र आशीर्वाद साटासाट गर्ने विशिष्ट खालको मौलिक परम्परा रहिआएको कटानका स्थानीयवासी कृष्णराज जोशीले बताए । पर्वमा विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बाबर, बटुक माणा लगायतका स्थानीय खानाका पकवान पकाएर खुवाउने र खाने प्रचलन रहेको उनको भनाई छ ।
     परम्परागत भाषामा ‘गोरस’ अर्थात गाईभैँसीको दूध, दही जसका घरमा छैन त्यो घरमा गोरस भएकाले दूध, दही, मही बाँड्ने चलन गाउँघरतिर रहेको छ । केही ठाउँमा यो पर्वमा गाउँघरका युवायुवतीका दौँतरी समूह समूहमा जम्मा भएर पिङ खेल्ने, देउडा खेल्ने, ठाडी भाका तथा लोकलयमा गीत गाउने लगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । सहर बजारका युवकयुवतीका दौँतरी भने केही फरक किसिमबाट मनाउने गरेको पाइन्छ । उनीहरु साथी दौँतरीसँगको समूह बनाई धार्मिक तथा पर्यटकीय स्थल घुमघाममा जाने गरेको पाइन्छ ।

     पछिल्लो समय भने यो पर्वको महत्व तथा विशेषताका बारेमा पाको उमेरका मानिसहरु जानकार रहे पनि नयाँ पुस्ताका युवायुवतीमा भने आजभोलि यो चाडले खासै प्राथमिकता पाउन नसकेको प्रति पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउँ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ । पर्वकै अवसर पारेर सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते अर्थात भोलि सार्वजनिक बिदा दिएको छ ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम
  • # ओल्के’ पर्व


  • प्रतिक्रिया दिनुहोस