सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

धुलौटो : गणित र विज्ञानको अध्ययनमा कहिल्यै नसिद्धिने कापी


सोमबार, चैत १३ २०७९
  • 840
    Shares

  • images
    images
    धुलौटो : गणित र विज्ञानको अध्ययनमा कहिल्यै नसिद्धिने कापी
    images
    images
    images
    images


    भनिन्छ आवश्यकता आविष्कारको जननी हो । जब मानिसलाई भोक लाग्छ तब उसले खाना खोज्छ । जब केही कुराको पनि आवश्यकता हुन्छ तब उक्त आवश्यकतालाई परिपुर्ति गर्नका लागि उसले मानसिक र शारीरिक दुबै प्रयास गर्दछ । त्यही प्रयासको फलस्वरुप उसले सफलता पाउँदै जान्छ । त्यही विवेक र प्रयासका कारण आज मान्छे पृथ्वीमा मात्र नभएर बह्माण्डका अन्यो लोकहरुमा पनि घुन्म थालेको छ । वर्तमान युगलाई विज्ञान र प्रविधिको युग भनिन्छ तर यो युगसम्म आइपुग्न मानिसले पुराणहरुमा भनेका तिन युग समाप्त गरी हाल चौथो युगको यात्रा गरिरहेको छ । मानिसमा यो युगसम्म पुग्ने सामथ्र्य मानिसको सिर्जनसिल मस्तिष्क र ज्ञानविज्ञान नै हो । त्यही ज्ञानविज्ञान सिक्नका लागि मानिसले हातका औँलादेखि मालाका दाना, धुलौटोदेखि कापीकलम र अबासकस देखि कम्प्युटरसम्मको सामधनाई मेसिनका रुपमा प्रयोग गर्नसम्म सफल भएको छ । जतिबेला लेख्नका लागि कागजको आविश्कार भएको थिएन त्यतिबेला पनि मानिसले संसारकै सबैभन्दा ठूला ग्रन्थहरु लेखे । हिसाबका लागि कम्प्युटर नहुँदा पनि गणित र विज्ञानको खोज अनुसन्धान गरी अन्तरिक्ष सम्बन्धिको ज्ञान प्राप्त गरे । बिना कुनै टेलिस्कोप, बिना कुनै सेटेलाइट त्यतिबेला हाम्रा पुर्खाहरुले अन्तरिक्षमा भएका ग्रहहरु पत्ता लगाए, पृथ्वीबाट सूर्यसम्मको दूरी पत्ता लगाए । गणित र विज्ञानका आधारभूमि खडा मात्रै गरेनन बल्कि त्यसलाई थुप्रै उचाइ दिए । साहु अक्षरदेखि गणित र विज्ञानका ठूलाठूला हिसाब गर्नका लागि कापी कलम तथा कम्पुटर बिना नै आफ्नै स्थानीय स्तरमा उपलब्ध साधनहरुका माध्यमले थुप्रै अध्ययन अनुसन्धानका काम सम्पन्न गरे । भोजका पातहरुमा लेख्ने मानिसले बडुवाको कागज बनाउन सिके । प्रकृतिमा भएका बोटविरुवाहरुको रसबाट मसी बनाए । आफूले गरेको अनुसन्धान तथा ज्ञानलाई लिपिबद्ध गरे । सामान्य तथा अनुसन्धान पछिको साफी लेखन भोजका पात तथा बडुवाको कागजमा गरे पनि पृथ्वीदेखि अन्तरिक्षसम्मको दूरी तय गरेको गणितका लागि भने स्थानीय स्तरमा उपलब्ध भोज तथा ताडका पात एवम् बडुवाको कागज र घरमै बनेको मसीले प्रयाप्त हुन सकेन । ज्योतिष विज्ञानमा प्रयोग हुने गणितका सुत्रहरु हल गर्नका लागि कुनै एक चमत्कारिक कापी र कहिल्यै नसकिने मसीको आवश्यकता भयो । त्यही आवश्यकताको परिपुर्ति गर्न हाम्रा पुर्खाहरुले धुलौटोको निर्माण गरे । अहिले हेर्दा एउटा काठको फल्याक र त्यसमा माटो दलेर काठको टुक्राले लेखेको सामान्य लाग्ला  तर  गणित र विज्ञानको जगतमा कहिल्यै नसकिने कापी र मसीको परिपुर्तिका लागि  तत्कालीन समयमा जुन मस्तिष्कको प्रयोग गरे त्यो भने अहिलेको आधुनिक विज्ञानभन्दा कम थिएन् । 
    धुलौटो एक परम्परागत लेख्ने साधन हो, जुन काठको सानो फल्याकबाट बनेको हुन्थ्यो । उक्त फल्याकललाई मसिनो पारी त्यसको माथि रातो माटो दलेर काठको छेस्कोले त्यसमा लेखिन्थ्यो । त्यही फल्याकमा गणितका सुत्रहरुलाई खेलाएर हाम्रा पुर्खाहरुले ज्योतिष विज्ञान लगायत अन्य शास्त्रहरुको अध्ययन अध्यापन गरे । बालबालिकाहरुलाई स्वर व्यञ्जन वर्ण सिकाउन होस् या संस्कृतका सिलोक सिकाउन होस्, त्यसैगरी सामान्य अंकको हिसाब होस् या गणितका लामा लामा हिसाबहरु यसै धुलौटाका माध्यमले गरेको पाइन्छ । यसै धुलौटामा गणितका सुत्रहरु खेलाएर हाम्रा पुर्खाहरुले पुरै ब्रह्माण्डको कुनकुना नापे, आकार प्रकार निकाले, आयतन, क्षेत्रफल निकाले, वर्गमूल निकाले, अहिले पाइथागोरसका नाममा दर्ज भएका गणितका साध्यहरु पनि उहित्यै यसै धुलौटामा खेलाए । आर्यभट्टले यसै धुलौटामा शुन्य आविश्कार गरे भने यसैबाट देखि अनन्त सम्मको गणितको यात्रा तय भयो । 
    विशेष गरी अंक गणितका हिसाबहरु लेख्न रफ कापी नहुँने अवस्थामा लेख्दै मेट्दै गरी यसैबाट चिना बनाउने, यसैबाट पञ्चाङ्ग बनाउने, यसैबाट भूत, वर्तमान र भविष्यसम्म देख्न मिल्ने

    गणित बनाए । त्यसैले त हजारौँ वर्षपछि कुन दिन ग्रहण लाग्छ ? कुन दिन औँशी हुन्छ ? कुन दिन पूर्णीमा हुन्छ भन्ने कुरा यसै धुलौटाको गणितले पत्ता लगाए । यसै धुलौटाको गणितले प्रत्येक युगको आयू निकाले, सूर्यचन्द्रका दूरी, गति आदि पनि यसैबाट पत्ता लगाए । यसरी यो धुलौटोले ज्ञान, विज्ञान तथा गणितको दुनियाँमा साहुअक्षर लेख्नदेखि अन्तरिक्षको यात्र तय गराउनमा सहायक सिद्ध भयो । समग्रमा भन्नु पर्दा धुलौटो गणित र विज्ञानको अध्ययनमा कहिल्यै नसिद्धिने कापी बनेको छ ।  


  • सम्बन्धित विषय:

  • # Health is wealth


  • प्रतिक्रिया दिनुहोस