बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

ओल्के संक्रान्ति र भदौ महिनाका लोकपर्व 


शुक्रबार, भदौ १ २०८०
  • 454
    Shares

  • images
    images
    ओल्के संक्रान्ति र भदौ महिनाका लोकपर्व 
    images
    images
    images
    images

    भाद्र /भदौ १२ महिनाहरू मध्यको एक महिना हो।  ज्योतिष शास्त्रको चंद्रमास प्रणाली अनुसार भाद्र महिना श्रावण पूर्णिमाको भोलिपल्ट देखि सुरु हुन्छ भने सौरमास अनुसार सिँह सक्रांतिको दिन देखि भदौ महिनाको सुरुवात हुन्छ।  शभाद्र महिना वर्षाऋतुको दोस्रो महिना हो। अंग्रेजी महिनाको आधा अगस्टको महिना र आधा सेप्टेम्बरको महिना भदौ महिना भित्र पर्छ।
    भाद्रपद’को अर्थ हुन्छ ‘भद्र परिणाम दिनेवाला व्रतको महिना ।’
    यो  हिन्दू धर्मावलम्बीहरूका लागि व्रत, उपवास, नियम तथा निष्ठाको पालना गर्ने महिना हो । आफ्नो गल्ती सम्झेर त्यसलाई प्रायश्चित गर्ने यो सबैभन्दा उत्तम महिना हो । 
    "बाँचुला भनी ओल्के खानु, मरुँला भनी बिसु खानु"
    भद्रताको कामना गर्दै मनाइने यो पर्वबाट सुदूरपश्चिमेली समुदायको मौलिक पर्व हो ।
    बिसु  सुरु भएसँगै गर्मी, बर्षात, कामको चटारो, प्राकृतिक प्रकोप, सरुवा रोग र महामारीको त्रास आदिको पनि सुरुवात हुन्छ ।  ओल्केपछि यी सबै पीरचिन्ताका विषय समाप्त हुन्छन् भन्ने मान्यता रहेको छ।  मान्छे अब एक वर्ष बाँच्ने खुसियाली मनाउँछ । ओल्के अर्थात बाँच्ने वर्ष । सफा मौसमको सुरुवात । यो महिनाबाट अन्नबाली फसल पाक्ने  यामको सुरुवात पनि हो भने " बिरूड़ा पञ्चमी बटि है जाड़ी जामलि "गर्मी घटदै जाने पनि हो ।अगस्ति उदय संगै धमिलो पानी पनि सङ्लो हुदै जान्छ। रामायणमा यस्तो उद्धरण पाइन्छ--
    उदित अगस्ति पंथ जल सोषा।
    जिमि लोभहिं सोषइ संतोषा॥
    सरिता सर निर्मल जल सोहा।
    संत हृदय जस गत मद मोहा।।
    हाम्रो समाजमा हरेक पर्वजस्तै ओल्केका पनि बिभिन्न किम्बदन्ती र लोक प्रचलन छन ।
    भाँणे सौँराती, गाबे सौँराँती, ओल्के सौँराती ,ओलक पर्व  जे नाम भने पनि
      सुदूरपश्चिमका बासिन्दाको मौलिक पर्वका यहाँको पर्वतीय जीवन अनुकुलित पर्व हो । " ओल्क्या त्यार "का दिन साउनको अँध्यारो र चिप्लो सकिए लगत्तै बाँचिएको खुसियालीमा परिवार, इष्टमित्र तथा अग्रज, सामुदायिक अगुवासंग मिलेर कर्कलाको भित्री पात, फलफूल, सेलरोटी, बटकु, माणा आदि खाने र हात-खुट्टामा मेहेन्दी लगाउने गरिन्छ।
    भदौमा क्रमैले आउने बिभिन्न पर्वहरूले समाजलाई आनन्दित  तुल्याउँछ। पहिले पहिले पिछडिएको जातिले ठूला घरानियाहरुलाई खुसि  पार्दै जति सक्दो धेरै खानेकुरा ,अन्न ,पैसा आदि जम्मा गर्ने चलन थियो। मागेर नदिदा बारिका तरकारी फलफुल आफै झिकेर लिने र मालिकले गालि गर्न या रोक्न  गर्न नपाउने चलन पनि थियो ।ओलक लगाउने ओलक घरघरमा बाँड्ने, साँटासाँट गर्ने पनि गरिन्थ्यो ।
    यो समय धानमा फूल लाग्ने समय पनि हो र यसबेला धानबालिमा रोग किराहरु नलागुन् भनेर खेतमा ठूला ठूला कुर्जो/ तितेपाती गाड्ने चलन छ ।भाँणे सौँराती, गाबे सौँराँती, ओल्के सौँराती ,ओलक शुभकामना आदान प्रदानको पर्व पनि हो।
    " भेटघाट हुनो पर्देशमाइ पर्देशी  पाउनाको
    भलाभलि ओल्के पर्व सम्झना आऊनाको
    सुदूरका ओल्के त्यार दिदी बैनि माईत
    भेटघाट त्यारका बेला शुभ होईजा साईत"

    यो पर्वको आसपास नै कैलाली कञ्चनपुरका रानाथारू समुदायमा तीज पर्व र सुनाहा समुदायमा गुरिया (गौरा)पर्व पनि मनाइन्छ।
    "रानाथारु तीज" को तिथी मिति सम्बन्धी सूचना यस्तो रहेको छ-- " संस्कृतिके धनी मौलिक पहिचान, कैलाली कंचनपुर जिल्लामे रहन बारे मुल आदिबासी जनजाती रानाथारु समुदायको परम्परागत हिसाबसे मनात आओ खास करके रानाथारु महिलाको विषेश और सांस्कृतिक , सामाजिक, धार्मिक पर्व "रानाथारु तीज" जा साल लौध पडनकि बजासे  रानाथारुकि तिथी मिति अनुसार जा सालकि तीज मिति २०८० साल भादौ २ गते  मनान सबै रानाथारु समुदायमे जा सुचना सहितको प्रेस विज्ञप्ति जारी करत हएँ । "(रानाथारू समाजको विज्ञप्तिबाट साभार)

    आदरणीय र अग्रज व्यक्तिहरूको  सम्मान गर्दै  आफ्नै उपज उपहार स्वरूप प्रदान गराउने परम्परा बोकेको  दिन सिंह संक्रान्ति अर्थात भाद्र संक्रान्तिलाई-ओल्क्याइ सकरात, बुडि बाद्याइ सकरात , कुमाउतिर घित्यार, पनि भनिन्छ । लोकपर्व घी संक्रांति शुभकामना दिदै -
    " जी रया जागी रया यो दिन मास भेटन्या रया-- "भन्ने गरिन्छ।
    कुमाउँको घित्यारका प्रचलन सन्दर्भमा यस्तो उल्लेख पाइन्छ----घी-त्यार ( घी त्यौहार)  राज्य उत्तराखण्डका एक लोक उत्सव है। यह त्यौहार भी हरेले की ही तरह ऋतु आधारित त्यौहार है। हरेला जहाँ बीजों को बोने और वर्षा ऋतु के आगमनका प्रतीक त्यौहार है, वहीं घी-त्यार फसलों में बालियों के लग जाने पर मनाया जाने वाला त्यौहार है।
    उत्तराखंड में हिंदू कैलेंडर अनुसार संक्रान्ति को लोक पर्व के रूप में मनाने का प्रचलन रहा है। भाद्रपद मास की संक्रान्ति, जिस दिन सूर्य सिंह राशि में प्रवेश करता है और जिसे सिंह संक्रांति कहते हैं, यहाँ घी-त्यार के रूप में मनाया जाता है। इस दिन सभी घी का सेवन अवश्य करते हैं और परंपरागत मान्यता है कि जो इस दिन घी नहीं खाता उसे अगले जन्म में घोंघे के रूप में पैदा होना पड़ता है।घी संक्रांति या के दिन दूध दही, फल सब्जियों के उपहार एक दूसरे को बाटे जाते हैं. इस परम्परा को उत्तराखंड मेंओलग परम्परा कहा जाता है. इसीलिए इस त्यौहार को ओलगिया त्यौहार, ओगी त्यार भी कहा जाता है. यह परम्परा चंद राजाओं के समय से चली आ रही है, उस समय भूमिहीनों को और शासन और समाज मे वरिष्ठ लोगों को उपहार दिए जाते थे. इन उपहारों में काठ के बर्तन ( स्थानीय भाषा मे ठेकी कहते हैं ) में दही या दूध और अरबी के पत्ते और मौसमी सब्जी और फल दिये जाते थे.इस दिन अरबी के पत्तों(गाबा) का मुख्यतः प्रयोग किया जाता है. सर्वोत्तम अरबी के पत्ते और मौसमी फल सब्जियां और फल अपने कुल देवताओं को चढ़ाई जाती है. उसके बाद गाँव के लोगो के पास उपहार लेकर जाते हैं. फिर रिश्तेदारों को दिया जाता है " (विश्व ज्ञानकोष)



    पञ्चाङ्गका हिसाबले  सिंह राशिमा सूर्य प्रवेशको दिन भयेकाले सिंह संक्रान्ति भनिन्छ। 
    श्रावणदेखि सूर्य दक्षिणतिर लाग्ने तथा भाद्रमा बर्षा ऋतु पनि सकिन्छ  ।
    लोक मान्यता अनुसार - " बिरूड़ा पञ्चमीबटि है जाड़ि जामलि ,  श्रीपञ्चमी बटिहै कानऽ कामलि " अर्थात भदौको बिरूड़ा पञ्चमी देखि जाडो बढदै जाने,  माघको बसन्त पञ्चमीदेखि गर्मी बढछ  भनिन्छ  ।
    सुदूर पश्चिममा यो दिन आफ्नो खेतबारीमा फलेका मकै , पिडालुका गाभा लगायत आफ्ना इष्टकुल तथा क्षेत्रपाल भुमिया  देवतालाई समर्पित गरे पछि आफन्त अग्रजहरु लाई समेत "ओल्को " अर्थात उपहार   दिने गरिन्छ।   देवस्थलमा समर्पित उत्पादित उपहार बस्तुबाटै प्रसाद ग्रहण गरे पछि वर्षायामको उत्पादन उपभोग गर्ने परम्परा सुदूरपश्चिमका प्राय: सबै ठाउँमा रहेको छ।  पिडालुका गाभा मन्दिरहरूमा चढाएर आफूले पनि खान सुरू गरिने भयेकाले,   कुनै कुनै समुदायमा यसलाई   "गबेइ सकरात " पनि भन्ने गरिन्छ।
      बिगतको सामन्तवादी संरचनामा यसले बिकृत स्वरूप लिइ अधिनस्थहरूले ठूलाठालुलाई  ओल्को चढाउने गलत परम्परा बसाइएको थियो । बिगतमा जमिनको मालिक मुखिया वा जिम्वाल नै हुने व्यवस्थामा आफ्नो उत्पादनको हिस्सा  ठुलाठालुलाई चढाउने प्रथाले ओल्कोको परम्परा लाई  बिकृत तुल्याएको थियो  ।ओल्कोको अन्य परम्परा हेर्दा बिवाह भयेको वर्षको " पहिलो श्रावण " मा दुलही माइत बस्ने र केटा पक्षले श्रावण १५ पछि फलफुल, मिष्ठान्न, पकवान आदि लगेर माइती पक्ष भेटन जाने पनि ओल्कोकै रूपमा स्थापित हुन गयेको छ  । त्यस्तै आफन्तहरू का घरमा न्वारान, ब्रतबन्ध विवाह जस्ता महत्वपूर्ण सांस्कारिक कृत्यहरू सम्पन्न हुँदा पनि उपहार स्वरूप आफ्नो सिर्जना वा उत्पादन दिने परम्परा रहि आएको पाइन्छ  ।
    काचो मकै ,पिडालुका गाबा, घिउ मुला, पोषणका दृष्टिले अत्यन्तै लाभदायक खानेकुरातिर प्रवृत्त गराउने यो पर्वको महत्व सान्दर्भिक छ । कृषि निर्भर जनजीवनमा यो महिना आरू नास्पाति फल्ने, मकै बालि थन्क्याउने महिना पनि हो।
    गौरा पर्वका अवसरमा बिरूडा पनि बिशिष्ठ प्रचलन रहेको छ  । यो लोक प्रचलन मान्यतामा आधारित छ, पञ्च अनाजले पुजा गर्ने त्यसैको प्रसाद ग्रहण गर्ने डोटेली र कुमाउनी समाजमा यसले महिला प्रधान पर्वका रूपमा गौरा(बिरूड़ा पञ्चमी,   अमुक्ताभरण सप्तमी/दुर्बाष्टमी) , हरितालिका , गणेश चतुर्थी,  ऋषि पञ्चमीका साथै कृष्णजन्माष्टमी  ,  कुशे औसी/पिता सम्मान दिवस , अनन्त चतुर्दशी ,अगस्त्योर्घ  भदौं महिनाका ठूला पर्व धार्मिक सास्कृतिक पर्व  मानिन्छन्  ।सुदूरपश्चिमको बझाङ लगायतका बिभिन्न ठाउँमा भदौ २०मा बिसरति पर्व मनाइन्छ भने निङलाशैनि भगवती मन्दिरहरूमा अनन्त चतुर्दशीमा ताकेजाँत मनाइन्छन् । त्यसै गरि अष्टमी तथा चतुर्दशीका अवसरमा मष्टाका जाँत मनाइन्छन्। खासगरी भारतको कुमाउँ तथा नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेश यो महिना डेउडामय बन्छ। जाँत तथा गौरापर्वका अवसरमा देवीदेवताहरूका चैतहरू ठाडो खेल ढुस्को, धुमारी,झोडा, चाँचरि गाउने प्रचलनले लोकसाहित्यको सम्बर्धन र संरक्षणमा यो महिना महत्वपूर्ण छ।
    भाद्र पुर्णिमासंगै पार्वणश्राद्ध पक्ष सुरू हुने र पितृबिसर्जन लगत्तै दशैको पक्ष सुरू हुने गर्दछ।  सिंह संक्रान्तिका दिन देखि लौकिक रूपमा पुतनाको प्रतीकका रूपमा बुढी बाध्ने/बाढने गरिन्छ र हरेक दिन "झिकडा" थप्दै आश्विन संक्रान्तिका दिन बुढी  पोलिन्छ , त्यसैले आश्विन/कन्या सङ्क्रान्तिलाई  " बुड्डडनि सकरात " भनिन्छ   । यसै महिना शुक्ल पक्षको चतुर्दशी र पुर्णिमाका दिन लोक पर्वका रूपमा  "ताकेजाॅत " मनाइन्छ भने भदौ २०गतेका दिन  " बिसरति " मनाइन्छ।  भाद्र महिनाको सबै भन्दा ठुलो चाडका रूपमा "गौरा पर्व "लाई डोटेली र् कुमाउनी लोकपर्वका रूपमा मानिन्छ। कालीपुर्व लोक साहित्यको डेउडा र ठाडो खेल तथा कुमाउँमा चाचरी अनि झोडालाई विशेष महत्वका साथ खेलिन्छ  ।भाद्र महिनामा पर्ने पौराणिक तथा लोक पर्वहरूका स्थापित स्थानीय  मान्यता अनुरूपनै सुदूरपश्चिमको समाजमा यस महिनालाई  उल्लासमय रूपमा मनाउने गरिन्छ।यसले सामाजिक सम्बन्ध प्रगाढ बनाउने, सहयोग तथा सहकार्यको परम्परा बिकासमा सहयोग पुर्याउने भये पनि समय सापेक्ष पुस्तान्तरणको समस्या यस सन्दर्भमा पनि खटकेकै कुरा हो ।




    प्रतिक्रिया दिनुहोस