"साउँदिदी साउँ, बाट झिझिरीकाँणा काँबाट झाउँ?"
"साउनदिदी साउन, बाट झिझिरीकाँणा काँबाट झाउँ?"
"साउनै साउन माल झिझिरकाँणा काँबाट झाउँ?"
"साउनकिरात पुस परभात आफ्नुरक्षा आफुइअर मुँ अनिन बात ।"
"ठुल्ठुला गण्खेत नान्नानाँ खाउँ, झिझिरीकाँणा काँबाट झाउँ?"
माथिका पंक्ति सुदूरपश्चिमका विभिन्न जिल्लाका गाउँगर्खाका हुन् । हरेक वर्ष साउन्याँ संरातिकादिन प्रत्येक घरकाे मूलढाेका र झ्यालकाे मल्ला सङाणमा झिझिरकाँणाे लगाउँदा र केटाकेटीलाई भुल्याउँदा नयाँ वर्षकाे शुभकामना जस्तै बुढाबुढीले छाेराछाेरीलाई झिस्काउन साउन महिनाभरि साँझबिहान तथा दिनभर माथिका उखान बाेल्ने चलन अझै जीवित छदैछन् । यिनीशब्दकाे अध्ययन गर्ने हाे भने हाम्राे सँस्कृतिकाे ऐतिहासिक महत्त्व तथा व्यापक अर्थ पत्ता लगाउन सकिन्छ । याे दिन घरिनाले छकालै नुहानधुहाउन गरेपछि घरकाे सरसफाई लिपपाेत गर्छिन् भने पुरुषले कृषिअाैजार कुटाे, काेदालाे, हलाभाँणाकाे समेत पूजा गरेर अाेबानाे ठाउँमा राख्ने चलनछ । वर्षेखेती लगाइसके पछि केही फुर्सदिला भएका गाउँहरू रमाइलाेकालागि दिउँसाे डेउणा खेल लाउनेपनि गरेका हुन्छन् । धान, काेद्या, माेकै, माँस्स्या, गत, माँस, भुजा काँक्डाका लराबेला, घाँसपातले सबैठाउँ हरियाे हुनेहुँदा याे दिनलाई हरेली संराती पनि भनिन्छ । साउने संक्रान्ती जस्तो पुरै साउन महिनाभरीकाे महत्त्व समान रहेकाे छ । साउन महिनाभरी बर्षेबालिमा पानीदिनु पर्दैनभने गाेरुबाख्राकाे लागि न्यारपातकाे खाेजिगर्न टाढा जानुपर्दैन घरअागनमै अम्रेकाे घाँसपातले पुगिहाल्छ । खेतिपातिकाे काम सकिएपछि सबैले थाणा भाईभैँसा, बाच्छाबुच्छी, बल्ललाई चरनकाे लागि साझाे पालेका रानीवन/लेक जंगलमा जनावरलाई छाेड्ने गरिन्छ भने जंगलमा घाँसपानी प्रसस्त हुने भएकाेले कार्तिकसम्म ग्वालाे चाहिदैन । कार्तिक मंशिरतिर चिसाे सुरूभएपछि गाेरु अाफै माल /अाैल झर्ने गर्छन् । साउनकाे महिना मासु खादैनन् भने साउनेपानी लाग्छ भनेर नव दुलही पाेइलीघरबाट माइतीघर फर्किने चलन छ । वर्षामा गाउँघरतिर काम नहुने भएकाले धेरैजसाे मान्छे कामकाे खाेजिमा घरछाेडेर बजारतिर या भारततिर जाने गर्छन् । चारैतिर कुइणाे लाग्ने, राताेदिन पानी लागिरहने भएकाे साउनकाे महिना चारैतिर बाढीपहिरो खाेलानालकाे डर, अँध्यारैअँध्याराे, खाेलानालाकाे गड्याङगुडुङ, आकासकाे चट्याङ, कुहिराे मान्छे नदेखिने भएकाेले सबैतिर अचम्मकाे आवाज सुनिने भएकाे र दैवीप्रकोप अचानक हुने भएकाेले भुतकाे आवाजकाे भानहुन्छ। धेरैजसाे लाेग्ने मान्छे कामकाे खाेजिमा बाहिर गएका हुन्छन् भने घरमा आमा मात्र हुने उनीपनि बिहानै घाँसदाउरा, खेतिपातीका काममा दिनभर जाने र साँझ अवेरमा घर आउने गर्छन । घरमा छाेराछाेरी मात्र एक्लै हुन्छन् । साँझा घर अाएपछि अामाकाे काम भनेकाे गाेठपाँण गर्नु, पनेराबाट पानी ल्याउनु हुन्छ । त्यति सम्म अकुलाएका सानासाना छाेराछाेरी रुन कराउन लाग्छन् । कतिलाई भाेकले सताएकाे हुन्छ भने कति बालबच्चालाई भुत भयाउन्याकाे झिल्की लागेकाेले भन्ने गरिन्छ । छाेराछारीलाई भुल्याउन फगाउन आमा बुवा वा जेठा दिदी दाजुले माथीकाे गीतलाई गाउने र छाेराछाेरीलाई खेलाउने गर्छन् । यतिगर्दा बालकले कराउन छाेडेनभने झाडफुक गर्न बैद्यकाे सहारा लिनेगर्छन् । केटाकेटीलाई भुतले सताउने भएकाेले भुतबाट बच्न देलाेकाे माथिल्लाे सङाणमा झिझिरकाँणा लगाउने जनविश्वास रहेकाे छ । जाे प्रथा आजसम्मपनि जीवितै राख्ने केहीकारण यस्ताेछन् ।
शाब्दिक अर्थर सम्बन्ध : साउन नेपाली वर्षकाे चाैथाे महिजा हाे । संराती महिनाकाे पहिलाे दिन, झिझिरकाँडा कुणिल्लाे/कुरिलाेकाे छिप्पेकाे बाटो हाे । कुरिलाे कलिलाे हुँदा पाेलेर खाइन्छ भने जिनु वा छिप्पिएपछि काँडा वा झाडीकाे रूपमा परिणत हुन्छ । वैद्यहरूका अनुसार याे हरेक बिमारीकाे अाैषधिपनि हाे । यसकाे जरा, पात, डाँठ खाइराख्नाले अाराम मिल्ने जनविश्वास भएपनि यसकाे वैज्ञानिक अध्ययन भएकाे देखिदैन । कुणिल्लाेबाट बाेटमा पछि गएर तिखातपखा मसिना काँडा निसकिन्छन । जसले बिजाएपछि निकाल्न गार्हो हुने र सारै बिजाउने खालकाे हुन्छन् । यसका काँडा लामाे समय सम्मपनि नकुहिने र सितिमिति नभाँचिने हुन्छन । लामाे आयु तथा तिखा हुने भएकाेलेपनि झिझिरकाँडाकाे महत्त्व साउन्याँ संरातीसँग रहेकाे हुनसक्छ ।
पाैराडिक तथा धार्मिक महत्त्व:
साउन महिना धार्मिक हिसावले पनि महत्त्वपूर्ण छ । याे हमिनामा धेरैजसाे मान्छेहरू पसुवली गर्दैनन् भने मासु खान बर्जित गरेका हुन्छन् । वर्षात्मा देबीदेबताहरू उज्यालाेठाउँ हिमालयमा जाने किंवदन्ती अनुसार यहाँका मठमन्दिरमा नित्यपूजा कमै लाग्ने गर्छन् भने देबता अन्माउन तथा अाफ्नाे कुलदेबता फिर्ता ल्याउन कैलास मानसराेबरमा जाने र त्याहाँबाट जल ल्याएर देबताकाे मन्दिरमा चाढाइ धामी चलाउने गरिन्छ । विशेष मस्टाे, धल्पुराे, लाँङाे, बाठपालाका पालिहरू कैलास मानसराेबर जानेगर्छन् । देबताहरू हिमालयमा गएपछि गाउँघरमा राक्षस, भुत भयाउन्या, पिचास, जण्यानी, हिटाैवा, खाेला रवाण्याकाे विगविग हुन्छ । वर्षादका कारणा फाेहाेर बढी हुनेभएकाले तितेपातिकाे रसले शरीर पखल्ने जसले गर्दा छालाकाे राेग नहुने र अध्याराे बाढीपहिराेका कारण केटाकेटीलाई राेगव्याधी तथा भुत भयाउन्याँ लाग्ने भन्दै झाडफुक, जन्तरमन्तर गरेर भुत भगाउने जनविश्वास रहदै आएकाे छ । महिलाहरू साउनकाे साेमबार पूर्णिमामा ब्रत बस्ने र खिचडी खाने गर्छन् ।
आर्थीक महत्त्व :
आर्थीक हिसावले महत्त्वपूर्ण याे महिनामा धेरैजसाे मान्छेहरू लेकमा गएर जडिबुटी संकलनमा लागेका हुन्छन् भने वेराजगार युवाहरू सदरमुकाम वा भारततिर राजगारीकालागि जानेगर्छन् । कतिपय हातमा सिपभएका सिपालु निँङालाका डाेकाडाला बुन्ने, कृषिअाैजार बनाउने, डाेरी बाटेर बेच्ने गर्छन् । वर्षातमा पानी प्रसस्त हुनेभएकाे कतिपयले भाँङाे लगायत फलफुल, तरकारी, दाल गेडागुडी फलाउने, कतिले लेकतिर भेडाबाख्रा, भैँसिपालन गरेर बेच्ने तथा अार्थीकलाभ हुने काम गरेकाहुन्छन् । वर्षादमा लगाएकाे गत,भट्ट, माँस, गुराँस जस्ता गेडागुडी, अालु पीँडालु, गाेलभेडा, काँक्राे, भुजाे, चिचिण्डा जस्ता तरकारी, तिल तिरकुलाे लगाएर तेलकाे उत्पादनकाे लाग बाेटबिरुवा सार्ने साेर्णिम महिनापनि हाे साउन । जसले वर्षभरी खानलाई अावश्यक खाद्यान्न उत्पादन गर्नेगर्छ । साउनमा नै अाेखर, ढटेलाे गस्ता तेल दिन फलफल्न सुरु गर्छन् भने फलहरुमा गुयला, बेणु, तिमिला, बेणाइला, सिङट्टा, गुल्फा, डिम्मर समेत फल्न सुरुगरेका हुन्छन् ।
सामाजिक महत्त्व :
साउनमा मान्छे केही फुर्सदिला हुने भएकाले १ गते नै सामुहिक डेउणा खेल्ने, ग्वाल्याजाताे पुज्ने, साँझ सबै गाउँकाे ठेउकाे वा दैपाणमा जम्मा भएर बातकुणी गर्ने गरिन्छ। खेतवारिकाे बेणबान्नु गर्ने, खेतकाे साउहाल्ने, भ्वाँखेत लायाकाे काेद्या, माेकै, गत, माँस, माँस्स्या गाेगमेल गर्ने जस्ता घरायसी काम एक्लै नभए सामुहगतै गर्ने गरिन्छ भने कहिलेकाँही खाेलानाला, बाढीपहिराे राेकथाममा पनि लाग्नुपर्ने हुन्छ । भैँसिवाला मात्र नभएर सम्पूर्ण पालिका मान्छेलाइ निम्ताएर लेक (खर्क) भैँसिजाताे पुजेर धल्पुरा देबताकाे पुजागरी खिरखाने चलनपनि छ । जसले गर्दा सामाजिक सद्भावमा फाइदा भएकाे हुन्छ ।
असजिलाेपन:
वर्षादकाे समयमा बाढीपहिराेकाे कारण खेतबारी, घरआगन भत्किने, खरकाे घर चुहिने भएकाेले बस्न असजिलाे हुने, जताततै सापकिडा, जुका, बाघ, भालुकाे डर हुने, मानवीय भेटघातमा कमी हुने, इस्कुल, कार्यालय, उद्योग धन्दा बन्दहुने, बाटाेघाटाे भत्किने जस्ता समस्या झेल्नु पर्ने हुन्छ । धेरै क्षति हुनुका साथै जताततै फाेहाेर हने भएकाेले राेगव्याधी फैलिने गर्छ । अापसि गाउँगर्खा भेटघाटमा कमि अाउने, कुलापनाले खाेलाले बगाउनेहुँदा खेतगणामा पानीकाे कमी तथा पानीघट्ट बगाउँदा घट्टकाे कमि हुने भएकाले जितारा पिनेर राेटी खानुपर्ने अवस्था अाउँछ । हाम्राे परम्परागत चलन भएपनि देखासेकिकाे हिसावले अाजभाली सहरबजारतिर नारीहरूले हरियाे कपडा तथा चुँडा किनेर पहिरने गरेका पनि छन् ।
साउन महिनाभरि गाइने माथिकाे पंक्ति यथार्थता तथा महत्त्व हराउँदै जानु भनेकाे हाम्रो संस्कृति, संस्कार हराउँदै माँसिदै जानु हाे । याे चलनकाे सामाजिक, धार्मिक तथा वैज्ञानिक तवरले समेत अध्ययन हुनु जरुरी छ।
.gif)