महेन्द्रनगर । कोरोना संक्रमणको दर बढ्न थालेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले बुधबार १२ बुदे आदेश जारी गरे ।
बुधबार राती १२ बजेदेखी लागुहुने गरी आदेश जारी गरेपनि कञ्चनपुरका नीजी तथा सरकारी विद्यालयहरुले उक्त आदेशको पालना गरेका छैनन । बिहिबार कञ्चनपुरका सबै जसो सरकारी र नीजी विद्यालयहरु सञ्चालन भएका छन ।
कोरोनाको रोकथाम, नियन्त्रणका बुधबार जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले कोराना रोकथामको विद्यालय बन्द गर्नुपर्ने ,सरकारी निकाय, निजी संघसंस्था, व्यवसायीले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा कार्यान्वयन गराउनुपर्ने र माघ ७ गतेदेखि अनिर्वाय रुपमा सार्वजनिक स्थान तथा सरकारी कार्यालयमा प्रवेश गर्दा कोभिड खोप लगाएको हुनुपर्ने निर्णय गरिएको छ ।
यसैगरी २५ जना भन्दा बढी सहभागी हुने खालका कार्यक्रम गर्न पाइने छैन ।। सार्वजनिक स्थान होटल, रेस्टुरेन्ट, सिनेमाहल, रङ्गशाला, हवाईयात्रा, उद्यानलगायतमा जाँदा आगामी माघ ७ गतेदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राखेको हुनुपर्ने आदेशमा उल्लेख छ ।
.gif)