महेन्द्रनगर । पछिल्लो एक सातायता चिसो बढ्न थालेपछि कञ्चनपुरमा मौषमी विरामीको संख्या बढेको छ ।
चिसोबढेपछि दम,निमोनिया,रुघाखोकी जस्ता मौषमी विरामीको संख्या बढेको महाकाली प्रादेशीक अस्पतालले जनाएको छ । महाकाली प्रादेशीक अस्पतालका सुचना अधिकारी उषा भट्टका अनुसार अहिले अस्पतालमा दैनिक तीनदेखी चार सय विरामी उपचारका लागि आउने गरेका छन ।
“चिसो सुरु भएदेखी दम,निमोनिया जस्ता मौषमी विरामीको चाप बढेको छ ।” उहाँले भन्नुभयो–“गत मंसिरमा मात्रै चार हजार भन्दाबढी विरामीहरु उपचारका लागि आएका छन ।” गत महिना महाकाली प्रादेशीक अस्पतालमा दुई हजार विरामी ईर्मजेन्सीमा भर्ना भएका छन भने चार हजार भन्दा बढीले ओपीडी सेवा लिएका छन । अस्पताल आउनेमा बढीजसो दम,निमोनिया र रुघाखोकी जस्ता मौषमी विरामीहरु आउने गरेको उहाँले बताउनुभयो ।
महाकाली प्रादेशीक अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन डा.अर्जुन भट्टले चिसो बढेपछि अस्पतालमा विरामीको संख्या बढेको बताउदै चिसोबाट बच्न आग्रह गर्नुभयो । “चिसोमा बढीजस्तो दम,निमोनिया,प्रेसर र किड्नीका विरामीलाई समस्या हुन्छ ।” उहाँले भन्नुभयो–“चिसोबाट बच्नका लागि मनतातो पानी खाने,झोलीलो कुराखाने र न्यायो ठाउँमा बस्ने गर्नुपर्दछ ।” उहाँले चिसोको समयमा बुढापाकाहरुलाई झन समस्या हुने भएकाले चिसोबाट बच्न घरभित्रै न्योनो गरी बस्न सुझाव दिनुभयो । “चिसोमा भाइरस सक्रिय हुन्छ यसले गर्दा बुढापाकाहरुमा बढी समस्या बल्झिने हुन्छ ।” उहाँले भन्नुभयो–“चिसोमा मष्तिस्कघात हुने सम्भावना हुने भएकाले विरामीले नियमित औषधी सेवन गरिराख्नुपर्छ ।”
चिसोबढेपछि कञ्चनपुरका निजि स्वास्थ्य संस्थामा समेत मौषमी विरामीहरुको संख्या बढेको स्वास्थ्य संस्थाहरुले बताएका छन ।
.gif)