महेन्द्रनगर । सामाजिक विकास कार्यालय कञ्चनपुरले महिलाहरुका लागि निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । मङ्गलबार कार्यालयले एक सुचना जारी गर्दै महिलाहरुका लागि लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने जनाएको हो । अध्ययन गर्न चाहनेहरुले १० दिन भित्र कार्यालयमा शैक्षिक योग्यता प्रमाणपत्र सहित कार्यालयमा सम्र्पक गर्न अनुरोध गरेको छ ।
.gif)