मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा बुस्टर डोज खोप लगाउनेको संख्या न्युन


पश्चिम प्रेस
सोमबार, चैत २० २०७९
  • 627
    Shares

  • images
    images
    कञ्चनपुरमा बुस्टर डोज खोप लगाउनेको संख्या न्युन

    महेन्द्रनगर । कञ्चनपुरमा कोभिड विरुद्धको बुस्टर डोज खोप लगाउनेको संख्या न्युन छ ।
     जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले बिहिबारदेखी सुरु गरेको बुस्टर डोज खोप अभियानमा खोप लगाउनेको संख्या न्युन रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक कुँवरले बताए । भारतमा नेपाल फर्किनेमा कोरोना संक्रमण देखिन थालेपछि कोभिड विरुद्धको तेस्रो मात्रा र चौथो मात्राको खोप अभियान सुरु भएको थियो । तर खोप अभियानका सहभागिको संख्या न्युन रहेको उनले बताए । “खोप लगाउनेको संख्या धेरै कम छ पहिलो डोज पछि धेरै मानिस खोप लगाउन आएनन ।” उनले भने–“अहिलेको खोप अभियानमा पनि खोप लगाउन आउनेको  धेरै कम खोप लगाउन सबैलाई आग्रह गर्छौ ।”
     अहिले ५५ वर्षमाथीका ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई बुस्टर डोजका रूपमा खोप दिन थालिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले बुस्टरडोज लगाउन आउने संख्या न्युन रहेको बताइन । “हाम्रो नगरपालिकामा पाँच हजार चार सय डोज खोप आएको छ ।” प्रमुख पालले भनिन–“शनिवारसम्म करिब एक हजार पाँचसयले मात्रै खोप लगाएका छन यो न्युन हो ।” उनले सोमबार खोप अभियानको अन्तिम दिन भएकाले संख्या बढ्न सक्ने बताइन । “हामीले गाउँगाउँमा माईकिङ्ग समेत गरेका हौ ।” उनले भनिन–“यसपटक बुस्टर डोज लगाउन न्युन मानिस आए ।” 
     भीमदत्त नगरपािलकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले पनि पालिकामा १० हजार डोज खोप आएपनि खोप लगाउने मानिसको संख्या धेरै कम रहेको बताए । “पहिलो पटक खोप लगाउदा भ्याई नभ्याई थियो अहिले आएको खोप समेत फिर्ता गर्नुपर्ने अवस्था आएको छ ।” उनले भने–“सबै वडाका स्वास्थ्य संस्थाहरुमा खोप उपलब्ध छ लगाउन आउनेको संख्या न्ुयन छ ।”
     जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार कञ्चनपुरमा बुस्टर डोजका लागि ५० हजार डोज खोप आएको छ । कार्यालयको तथ्याङ्क अनुसार हालसम्म कञ्चनपुरमा ४८ दशमलव ३० प्रतिशतले मात्रै कोभिड विरुद्धको खोप लगाएका छन ।  जिल्लामा चार लाख चार हजार पाँच सय ४५ जनाले कोरोना विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन । त्यसैगरी तीन लाख ६४ हजार सात सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन । भने दुई लाख १६ हजार छ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन । पहिलो मात्रापछि खोप लगाउनेको संख्या घट्दै गएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # बुस्टर डोज खोप
  • प्रतिक्रिया दिनुहोस