बिहीबार , जेठ २५ गते २०८० || Jun 8, 2023

स्थानीय पाठ्यपुस्तकमा समेटिए संस्कृति र पर्यटन


शनिबार, वैशाख ९ २०८०
  • 292
    Shares

  • images
    images
    स्थानीय पाठ्यपुस्तकमा समेटिए  संस्कृति र पर्यटन
    images
    images

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्थानीय कला,संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याएको छ ।
      नगरपालिकाले विद्यार्थीलाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक तथा धार्मिक सम्पदाबारे परिचित गराउने विषय समावेश गरेर कक्षा १,२ र ६ को पाठ्यपुस्तक प्रकाशन गरेर कार्यान्वयनमा ल्याएको हो । नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम अनुसार नगरपालिकाले पाठ्यक्रम बनाई यसै शैक्षिक सत्रदेखी कक्षा १ देखी ८ सम्म पढाई हुने गरी पाठ्यपुस्तक लागु गरेको भीमदत्त नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरी दत्त जोशीले बताए । 
     “यस क्षेत्रको ऐतिहासिक तथा धार्मीक सम्पदा र यहाँको संस्कृति पर्वहरुको बारेमा पुस्तकमा समेटिएको छ ।” उनले भने–“यसले यहाँको पर्यटन विकास र संस्कृति संरक्षणमा टेवा पुग्ने छ ।” नगरपालिकाले यसै शैक्षिक सत्रदेखी सामुदायिक तथा संस्थागत विद्यालय पाठ्यपुस्तक लागु गर्न लागेको हो ।
     नगरपालिकाले प्रकाशनमा ल्याएको कक्षा १,२ र ६ को पाठ्यपुस्तकमा यस क्षेत्रका पर्यटकिय स्थलहरु,धार्मीक सम्पदाहरु र परम्परागत पर्वहरुको विषय समावेश गरिएको छ । पाठ्यपुस्तकमा यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज,दोधारा चाँदनी झोलुङ्गे पुल, विष्णुधाम लगायत यस क्षेत्रका ऐतिहासिक क्षेत्र समेटिएका छन । त्यसैगरी यहाँका मौलिक पर्वको बारेमा समेत विषयवस्तु राखिएको छ । 
     नेपालको संविधानको भाग ३ मा मौलिक हकसम्बन्धी व्यवस्था छ । सोअन्तर्गत धारा ३२ को उपधारा (२) र (३) मा मुलुकका हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यपुस्तकका रूपमा आफैँले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ ।
     प्रगतिशील लेखक संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मीतबन्धुले स्थानीय सरकारले आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउनु प्रशंसनीय भएको बताए । “स्थानीय पाठ्यपुस्तकमा समेटिएका स्थानीय स्तरका भाषा,संस्कृति,कला र सम्पदाबारे विद्यार्थीहरु परिचित हुन्छन ।” उनले भने–“यसले विद्यार्थीहरुमा आफ्नो समाजप्रति जिम्मेवारी बोध हुन्छ ।” उनले यस्ता पाठ्यपुस्तकले विद्यार्थीमा अपनत्वको विकास हुने बताए । 
     भीमदत्त नगरपालिकामा सामुदायिक र संस्थागत गरी एक सय २७ विद्यार्थी छन । जसमध्ये कक्षा १ देखी ८ सम्म अध्ययन गर्ने संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीको संख्या २५ हजार रहेको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # स्थानीय पाठ्यपुस्तक


  • प्रतिक्रिया दिनुहोस
    images