नेपाल प्रकृतिक सुन्दरताले भरिपूर्ण छ । प्रकृतिका अनुपम कलाहरुले सिँगारेको यस भूमिका सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लामा रहेको ताल पनि एक हो । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित चुरे पहाडसंगै जोडिएको झिलमिला ताल प्राकृतिक तथा धार्मिक पर्यटनका दृष्टिले अत्यन्तै महत्वपूर्ण रेको छ ।
प्रचीन किंवदन्ती अनुसार द्वापर युगमा पाण्डपहरुको १२ वर्षको वनबासका समयमा विभिनन धार्मिक तथा प्रकृतिक स्थलहरुको दर्शन अवलोकन गर्ने क्रममा यस क्षेत्रमा पनि पुगेको जनश्रुति रहेको छ । एक बर्ष गुप्तवास वस्ने क्रममा महाभारत पर्वतमा पाण्डपहरुको बास भएको र महाभारत पर्वतमा हिड्दै जादा द्रोपदीलाई पानीको प्यास लागेपछि बाटोमै मुर्छित हुँदा नजिक कतै पनि पानिका मुहान नमिल्दा अजुर्नले आफ्नो गाण्डिवबाट वाणको प्रहार गर्दा यस ठाउँमा पानी निस्केर ताल बनेको र त्यही तालबाट पाण्डव तथा द्रौपदीले प्यास मिटाएको भन्ने किंवदन्त िरहेको छ। विशेष गरी पूर्णगिरी माता र सिद्धनाथको मन्दिर रहेको यस क्षेत्रमा पाण्डव तथा द्रौपदीले पूजा अर्चना गरी सफल वनबास र विजयको वरदान दिएको मानिन्छ । घना जङ्गल र पहादको टुप्पोमा सम्म परेको भागमा रहेको यो ताल अत्यन्तै ठूलो छ । यो ताल अति पवित्र र सफा रहेको छ ।
यस तालमा एउटा पनि पात खसेमा तुरुन्त चराहरु आए टिपेर लग्ने भनाइ पनि प्रसिद्ध रहेको छ। ठूलो समुहमा रहेका माछाहरुले खेलेको दृष्यले पर्यटकहरुलाई अझ आनन्द दिने गरेको पाइन्छ ।त्यहाँ घुम्न जाने पर्यटक तथा भक्तजनहरु ती माछाहरुलाई चामल दिने गर्दछन् । पछिल्लो समय यहाँसम्म पुग्ने सहज बाटो बनेपछि आन्तरिक तथा बाह्य पर्यटकहरु समेत यहाँ पुग्ने गरेका छन । मौषम अनुसार रंग फेर्ने यो ताल पाण्डपहरु संग जोडिएको छ । यस क्षेत्रमा विभिन्न विद्यालय, संघसँस्था तथा अन्य व्यक्तिहरु भ्रमण तथा पिकनिकमा गएर रमाइलो गर्ने गरेको पनि पाइन्छ । मन्दिरमा खान बनाउने स्थान र भाँडाकुडाहरुको पनि व्यवस्था गरिएको छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर देखि करिव २५ किलोमिटर टाढा चुरे फेदमा रहेको यो तालको संरक्षण एव्म प्रचारप्रसार गर्नु हामी सबैको कर्तव्य हो ।
.gif)