मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

दादुरा–रुवेला खोप अभियान अनुगमन


पश्चिम प्रेस
शुक्रबार, जेठ २६ २०८०
  • 1.0K
    Shares

  • images
    images
    दादुरा–रुवेला खोप अभियान अनुगमन

    महेन्द्रनगर । कञ्चनपुरमा आजदेखि ६ महिनादेखि १५ बर्ष मुनिका बालबालिकालाई बिहीबारदेखि दादुरा–रुपेला खोप अभियान जिल्लाभर सञ्चालन भएको छ । खोप अभियान अन्र्तगत कञ्चनपुरमा १ लाख १४ हजार ६ सय २३ जना बालबालिकालाई खोप दिईने स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिनुभयो । यहाँ शुक्रबार बिहान शुक्लाफाँटा र बेदकोट नगरपालिकाका खोप केन्द्रहरुमा स्थलगत अनुगमन समेत गरिएको छ ।

    810c561f-b6a7-4271-a599-fc10bb224acd.jpg

    जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक दुर्गादत्त बोहरा, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्त, महाकाली प्रादेशिक अस्पतालका मेसु डा. अर्जुन भट्ट, स्वास्थ्य कार्यालय खोप शाखा प्रमुख जनक कुवँर लगायतले अनुगमन गर्नु भएको हो । बुधवार कञ्चनपुरको महेन्द्रनगरमा दादुरा रुवेला खोप अभियानबारे  सरोकारवाला निकायहरुसित छलफल समेत गरिएको थियो ।
    खोप अभियान आगामी जेठ मसान्तसम्म सञ्चालन हुने बताउँदै उहाँले खोप अभियान स्वास्थ्य संस्था, विद्यालय, लगायतका क्षेत्रमा सञ्चालन गरिने जानकारी दिनुभयो । सरकारले सन् २०२६ सम्ममा दादुरा रुवेलालाई निवारण गर्ने लक्ष्य पुरा गर्न खोप अभियान संचालन गरिएको हो । कञ्चनपुरमा ५ सय ७२ वटा खोप केन्द्रबाट खोप दिईने भएको छ । साथै ३ सय ५३ जना खोप सेवा दिनका लागि स्वास्थ्यकर्मीहरु खटिएका छन् ।

    06572b2f-f57e-421d-bca8-5e81ab5d7f87.jpg
    77841fb3-f40f-4bf5-b981-061e79fc8fd2.jpg


    प्रतिक्रिया दिनुहोस