बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

मौलिकता गुमाउदै ‘गौरा’


पश्चिम प्रेस
शुक्रबार, भदौ ८ २०८०
  • 856
    Shares

  • images
    images
    मौलिकता गुमाउदै ‘गौरा’
    images
    images
    images
    images

    महेन्द्रनगर । गौरा पर्वको आफ्नै गरिमा र महिमा रहेको छ । यो पर्व डोटेली भाषिको पहिचान र इतिहाससँग जोडिएकाले पनि यसको महत्व बढी रहेको छ ।
     तर,पछिल्लो समय आधुनिकतामा परेर गौरा पर्वको मौलिकता हराउदै गएको छ । खास गरेर गौरा भन्ने बित्तिकै महिलाहरुले ब्रत बस्ने,दुबधागो लगाउने संग सम्बन्धित हुन्छ । अहिलेको पुस्ताले भने गौराको महत्वप्रति ख्यालै नगरि केवल रमाइलोका लागि मात्रै गौरा मनाउने गरेका छन । विभिन्न संघ संस्थाहरुले समेत संस्कृतिको जर्गेना गनुपर्ने ठाउँमा गौराको मुल मर्म माथी नै प्रहार हुने गरी गौरा महोत्सव भनेर देउडा आयोजना गर्न थालेका छन । यसले गौराको मुल मर्ममाथी नै प्रहार हुन थालेको संस्कृती विदहरु बताउँछन । 
     यहाँको संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले पछिल्लो समय गौरा पर्व वैदिक र पौराणिक पर्व भएको बताए । “गौरा पर्व मनाउनका लागि निश्चित विधि र पद्धति छ त्यो पद्धति अनुसार नै मनाउनु पर्छ ।” उनले भने–“गौराको सास्कृतिक पक्ष र यसको अत्ध्याम्कि परम्परागत रुपमा  रुपमा मनाउनु पर्दछ ।” उनले गौरा पर्व मानस नारीको महत्वपूर्ण पर्व भएको बताउदै यसको मौलिकता जोगाउनुपर्ने बताए ।
      गौरा पर्वसंग जोडिएको ढुस्का, धुमारी, राम लिला र श्रीकृष्ण लिला गायनको पनि छुट्टै विशेषता छ । तर धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौरा पर्वको सम्वद्र्धन र प्रर्वद्धन गर्नुपर्ने ठाउँमा विभिन्न संघसंस्थाहरुले नै गौरा महोत्सव भनेर देउडा कार्यक्रम गर्न नहुने जानकारहरु बताउँछन । “अहिले मानिसहरुले संस्कृति र परम्पराको बारेमा नबुझेर नयाँ नयाँ तरिकाले मनाउन खोज्छन यसले गौराको मौलिकतानै गुमने खतरा छ ।” यहाँका साहित्यकार कविराज भट्टले भने–“गौरा मनाउने निश्चित ठाउँ र परम्परा छ त्यहि परम्परा अनुसार मान्नु पर्ने हुन्छ ।” उहाँले संघसंस्थाहरुले आफ्नो प्रचारप्रसारका लागि तोडमोड गरेर गौरा मनाउने नहुने बताए । पछिल्लो सयम आनुधिकतासंगै गौरा पर्व मनाउने चलन पनि फेरिदै गएको छ । गौरालाई देउडा खेल्ने पर्वको रुपमा मात्रै बुझिदिँदा समस्या भएको पाकापुस्ताहरुको भनाई छ । प्रगतिशिल लेखक संघ सुदूरपश्चिमका अध्यक्ष रमेश पन्त मीतबन्धुले गौरा र देउडा नितान्त फरक बिधा र गायन भएको बताए । “अहिले गौरा भनेर देउडा खेल्ने गरिन्छ देउडा गौरा हुदै होईन यसको छुट्टै महत्व छ ।” उनले भने–“गौरा पर्वलाई देउडा पर्वमा बुझ्यौ भने यसको महत्व नै रहदैन ।” 
    गौरामा खेलिने, गाईने भाका र लय हराउदै गएका छन । डोटेली भाषिको पहिचान, संस्कार र संस्कृति समेत हराउदै गएको गुगुल्डी वाङ्मय प्रतिष्ठानका सचिव जदशीअ ओझा बताउँछन ।  “गौरा पर्व के हो? यसको महत्व के हो? के कस्ता गीत कस्तो लयमा गाइन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पिढीले वास्ता गरेको छैन ।” ओझाले भने–“अहिले स्थानीय पाठ्यक्रममा हाम्रो संस्कृतिका बारेमा समावेश गरेर नयाँ पुस्तालाई जानकारी दिनुपर्छ ।” पुरानो पुस्ताले गौरा पर्वको महत्व, महिमा र गरिमा यो हो भनेर नयाँ पुस्तालाई भन्न चुकेका कारण गौराको मौलिकता हराउन थालेको छ । तसर्थ संस्कृति जगेर्नातर्फ सबैले लाग्न जरुरी छ ।


  • सम्बन्धित विषय:

  • # गौरा पर्व
  • प्रतिक्रिया दिनुहोस