बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

सुदूरपश्चिम विश्वविद्यालयमा विधि र थितिभन्दा राजनीतिक तजविज हाबी


पश्चिम प्रेस
शुक्रबार, भदौ ८ २०८०
  • 1.2K
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयमा विधि र थितिभन्दा राजनीतिक तजविज हाबी
    images
    images
    images
    images

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय ४० दिन देखी बन्द छ  । भने परीक्षा नियन्त्रण र सह नियन्त्रकको कार्यालयमा २४ दिनदेखी तालाबन्दी छ ।
     केन्द्रिय कार्यालयमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले पदाधीकारी र प्राध्यापक नियुक्तिमा राजनितिक भागबन्डा अन्त्य गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको छ । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले पनि समाजशास्त्रको छैठौं सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको र भागबन्डामा गरिएका नियुक्ति खारेजिको माग गर्दै तालाबन्दी गरेको हो । ४० दिन देखीको तालाबन्दीले विश्वविद्यालयका कामकाज प्रभावित भएका छन । 

     विश्वविद्यालयको कार्यकारी परिषदबाट विभिन्न आंगिक क्याम्पसमा तथा केन्द्रिय विभागहरुमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । एमाले निकट अनेरास्ववियूले सहमतिमा ताला खोले पनि अरु विद्यार्थी संगठनको ताला हालसम्म खुल्न नसकेको विश्वविद्यालयका सुचना अधिकारी सन्तोष विष्टले जानकारी दिए । 
     “विद्यार्थी संगठनले नियुक्ती खारेजीको माग राखेका छन ।” विष्टले भने–“विश्वविद्यालयले नियम संगत गरेको नियुक्त खारेज नहुने भएपछि पटक पटक बार्ता र सम्बाद हुँदा पनि निष्कर्षमा पुग्न सकिएको छैन ।”  विश्वविद्यालयमा भएको तालाबन्दी महिना भन्दा बढि हुँदासमेत विश्वविद्यालय सुचारु गर्न कसैले चासो लिएको पाइँदैन । विश्वविद्यालयले गरेका हरेक निर्णयमा जहिले पनि तालाबन्दी हुने गरेको छ । यसअघि पनि विश्वविद्यालयमा नौ महिनासम्म तालाबन्दी गरिएको थियो । 

     विद्यार्थीसंगठनहरुले भने आफुहरुका माग पुरा नभएसम्म तालाबन्दी खोल्न नसक्ने बताएका छन । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठन सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष प्रेम रावलले एक महिनासम्म तालाबन्दी हुँदा समेत विश्वविद्यालयका पदाधिकारीहरुले कुनै चासो नदिएको बताए । “विश्वविद्यालयमा राजनितिक भागबन्डा अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो ।” रावलले भने–“माग पुरा नभएसम्म ताल खुल्दैन आन्दोलनका थप कार्यक्रम तय गछौ ।”
     एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले समाजशास्त्र छैठौं सेमेस्टरको परीक्षामा गत वर्षकै प्रश्नपत्र ‘हुबहु’ दोहोरिएको भन्दै तालाबन्दी गरेको बताए ।“विश्वविद्यालयका पदाधिकारीहरुले आफ्नो कार्यकाल सकिने बेला आर्थिक लाभ हुने गरि आंगिक क्याम्पसको सम्बन्धन दिएका छन ।” उनले भने–“विश्वविद्यालयले गरेका अवैध नियुक्ति खोरज हुनुपर्ने पनि हाम्रो माग हो ।” 
     विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा राजनितिक भागबन्डाले विशवविद्यालय धरायशी हुदै गएको छ । विश्वविद्यालयसंग कुनै पनि  मागहरु भए बार्ता र संवादका माध्यमबाट सामाधान गर्नुको साटो लामो समयसम्म बन्दहडताल हुनु दुःखद भएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्व डीन डा.टेकराज पन्त बताउँछन । “राजनितिले हाम्रा संस्थाहरुलाई दुस्प्रभावित गर्दै आएको छ ।” उनले भने–“विश्वविद्यालयमा प्राध्यापक कर्मचारीहरुको राजनितिक संलग्नताले पनि विवाद हुने गरेको छ ।” 

    images

    उच्च शिक्षाको पहुँचबाट लामो समय वञ्चित रहेको सुदूरपश्चिममा  स्थानीय जनताको माग र सबैको साझा प्रयासले २०६७ सालमा सुदूरपश्चिमेलीको मागबमोजिम नेपाल सरकारले यस भेगमा विश्वविद्यालयको स्थापना ग¥यो । विश्वविद्यालय स्थापना हुनु खुसीको विषय भएपनि विश्वविद्यालयका पदाधिकारी,प्राध्यापक र अन्य कर्मचारी नियुक्तमा हुने राजनितिक भागबन्डाले विश्वविद्यालयको साख खस्किदै गएको छ । 


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस