मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

द्रौपदीका पाँच पति थिएनन्


मंगलबार, फागुन ३ २०७८
  • 1.3K
    Shares

  • images
    images
    द्रौपदीका पाँच पति थिएनन्

     जर्मनका संस्कृत जान्ने “मैक्समूलर” लाई विलियम हण्टरको कमेटीले भने पछि वैदिक धर्मका आर्यग्रन्थहरूलाई बिगार्ने जिम्मा दिइयो । त्यसमा “मनुस्मृति” रामायण र वेदको साथ–साथै महाभारतको चरित्रलाई पनि बिगार्ने काम भयो । कुनै प्रकारले पनि प्रेरणादायी पात्रको चरित्रमा विक्षेप उत्पन्न गरेर महानायकहरूलाई चरित्रहीन र अधर्मी सिद्ध गर्नु थियो । जसले गर्दा हिन्दूहरूमा आफ्ना ग्रन्थहरूप्रति घृणा र क्रोधको भाव जागृत होस् र प्राचीन आर्य संस्कृति र सभ्यतालाई निम्न दृष्टिले देखियोस् र फेरि वैदिक धर्मबाट मानिसहरूको आस्था र विश्वास समाप्त भईहालोस् । तर आर्य नागरिकहरूको अथक प्रयासको परिणाम हो जसले गर्दा मूल महाभारतको खोजी गरेर त्यसको अध्ययनबाट थाहा भयो कि “द्रोपदी” को विवाह केवल “युधिष्ठिर” सँग मात्र भएको थियो । “द्रोपदी” का पाँच पतिको स–प्रमाण खण्डन गरिएको छ । द्रौपदीको पनि पवित्र चरित्रलाई बिगार्ने दुष्प्रयास गरियो ।


    विवाहको विवाद किन उत्पन्न भयो ?


     अर्जुनले “द्रौपदी” लाई स्वयंवरमा जितेका अवश्य थिए तर “कुन्ती”ले द्रौपदीको विवाह चाहिँ अर्जुनसँग हुन दिएन । अर्जुन आफैँ पनि यो विवाह गर्न तैयार थिएनन् । जेठो भाइ हुँदा हुँदै कान्छो भाइको विवाह गर्नु पाप हो, अधर्म हो, भनेका थिए । म यस्तो अधर्म कदापि गर्न सक्तिन (भवाननिवेशय प्रथमं मा मा नरेन्द्र त्वम धर्म भाजंकृथा न धर्मोऽयमशिष्टः १९०–८) ।


     भीमको विवाह पहिले नै भईसकेको थियो । यदि अर्जुनको विवाह पनि भईदिएको भए देशभरिमा सिद्ध भईहाल्थ्यो कि पक्कै पनि युधिष्ठिरमा कुनै न कुनै खोट छ । जसले गर्दा युधिष्ठिरको विवाह हुन सक्दैन । यही कारणले गर्दा “कुन्ती” ले “द्रोपदी”को विवाह “युधिष्ठिर” सँग गराईदिएकी थिइन । “द्रौपदी” माथि “कीचक”ले कुदृष्टि हालेपछि उनी भीमको पासमा आइन्, उनलाई उदास भएको देखेपछि भीमले सोधे सब कुशल छ ? “द्रौपदी”ले भनिन जसको पति युधिष्ठिर होस् ऊ कुशल कसरी हुन सक्छ ।


     अशोच्यत्वं कुततस्य यस्य भर्ता युधिष्ठिरः
     जानन सर्वाणि दुखनिकि मांत्वं परिपृच्छसि  ११– (विराट १८.१)


     यहाँ पनि द्रौपदीले आफूलाई युधिष्ठिरकै पत्नी बताउँछिन् । उनी भीमलाई भन्छिन्, “जसका यति धेरै भाइ छन्, पुत्र छन्, तैपनि म यति दुःखी छु ।” तर उनले मेरो पाँच–पाँच पति छन तै पनि म यति दुःखी छु भनेकी छैनन् ।


     भ्रभृतिः श्र्वसुरै पुत्रैर्वहुभिः परिवारिता
     एवं सुमुदिता नारीका त्वन्या दुखिता भवेत् ११–(२०–१३)


     जब भीमले कीचकलाई उसको पापको सजाय दिने प्रतिज्ञा गरे र कीचकलाई पिटी–पिटीकन डल्लो बनाइ दिए अन्तिम श्वास लिने बेला कीचकलाई भीमले भने जो सैरन्ध्रीको लागि कष्टक थियो जसले मेरो भाइको पत्नीको अपहरण गर्ने चेष्टा ग¥यो, त्यो दुष्ट कीचकलाई मारेर आज म ऋणमुक्त भए । मलाई बडो शान्ति मिल्छ ।


     अद्याहमतृणे भूत्वा भ्रातुभार्याय हारिणाम ।
     शान्ति लब्धास्मि परमां हत्वा सैरन्ध्री कष्टकम् ।।


     यो श्लोकबाट स्पष्ट हुन्छ कि द्रौपदी भीमकी पत्नी थिइनन् ।द्रौपदीलाई दाउँमा लगाएर हारे पछि जब दुर्योधनले द्रौपदीलाई सभामा ल्याउनको लागि दूत पठाए तब द्रौपदीले आउनको लागि इन्कार गरिन् । उनले भनिन्, “जब युधिष्ठिरले पहिले नै आफूलाई हारिसकेका छन् भने हारेका व्यक्तिले अरू कसैलाई दाउमा लगाउने अधिकार छैन ।


    उपर्युक्त कुराबाट स्पष्ट हुन्छकि हाम्रो हिन्दू संस्कृति र हिन्दूनारीको चरित्र बिगार्ने काम भएकै रहेछ ।




    प्रतिक्रिया दिनुहोस