सोमबार, फागुन १४ गते २०८० || Feb 26, 2024
images
images

सुप विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिना देखी बन्द


पश्चिम प्रेस
सोमबार, असोज ८ २०८०
  • 1.6K
    Shares

  • images
    images
    सुप विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिना देखी बन्द
    images
    images
    images
    images
    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखी बन्द छ  । विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै केन्दीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दा समेत खुल्न सकेको छैन । दुई महिनादेखीको तालाबन्दीले विश्वविद्यालयको प्रशासनिक काम प्रभावित बनेको छ । विश्वविद्यालयको कार्यकारी परिषदबाट विभिन्न आंगिक क्याम्पस र केन्द्रिय विभागहरुमा रिक्त रहेको क्याम्पस प्रमुख र विभाग प्रमुखको विषयलाई लिएर विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ ।
    केन्द्रिय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो । यी दुई संगठनसंग सहमति भएर ताला खुले पनि नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको ताला खुल्न सकेको छैन । अनेरास्ववियू कञ्चनपुरका संयोजक रमेश पन्तले विश्वविद्यालयले ताला खुलाउन छलफल नै नगरेको बताए । “विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले हामीसंग छदफलका लागि कुनै चासो नै दिएका छैनन ।” उनले भने । विश्वविद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा राजनितिक भागबन्डाले विशवविद्यालय धरायशी हुदै गएको छ । विश्वविद्यालयका पदाधिकारी,प्राध्यापक र अन्य कर्मचारी नियुक्तमा हुने राजनितिक भागबन्डाले विश्वविद्यालयको साख खस्किदै गएको छ । 
     
     


  • सम्बन्धित विषय:

  • # सुप विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस