सोमबार, मंसिर १८ गते २०८० || Dec 4, 2023
images
images

 हरिपरिवर्तिनी एकादशी एवम् यसको पौराणिक महिमा


पश्चिम प्रेस
मंगलबार, असोज ९ २०८०
  • 734
    Shares

  • images
    images
     हरिपरिवर्तिनी एकादशी एवम् यसको पौराणिक महिमा
    images
    images
    images
    images

    भाद्र महिनाको शुक्ल पक्षकाे एकादशी तिथि नै हरिपरिवर्तिनी एकादशी भनेर चिनिन्छ ।   हरेक महिनामा २ ओटा, एक वर्षमा २४ ओटा र मलमास या अधिकमास परेको वर्ष २ ओटा एकादशी थपिन गएर एक वर्षमा जम्माजम्मी २६ ओटा एकादशी हुन्छन् । पौराणिक कथा र गाथा केही फरक–फरक भएता पनि एकादशीहरु समग्रमा सबै समान र हरिप्रिय हुन्छन् । व्रतमा ठूलो एकादशी, तीर्थमा ठूलो काशी भनेर उखान हाल्ने हिन्दु परम्परामा जनबोली छ । यस एकादशीका दिन विष्णुु भगवानको वामन अवतारको पूजा–अर्चना गर्ने गरिन्छ । । यस तिथिलाई वामन एकादशी अथवा जयन्ती एकादशीका नामले पनि चिनिन्छ । सम्पूर्ण वैदिक धर्मावलम्बीहरूले व्रत धारण गरेर एक पर्वको रूपमा मनाउने  चलन रहेको छ। यस, पुण्य, स्वर्ग र मोक्ष दिने तथा सबै पापहरूको नाश गर्ने, उत्तम वामन एकादशीको माहात्म्यकाे ठूलो महत्त्व रहेको छ।
    उक्त  एकादशीलाई जयन्ती एकादशी पनि भनिन्छ । यसको व्रत गर्नाले वाजपेयी यज्ञको फल मिल्दछ । पापिहरूकाे पाप नाश गर्नको लागि यो भन्दा बढी कुनै उपाय छैन । जो मनुष्य यस एकादशीका दिन भगवान बिष्णुकाे पूजा आराधना  गर्दछ, उसलाई तीनै लोक पूज्य हुन्छन् । अत: मोक्षको इच्छा गर्ने मान्छेले यस व्रतलाई अवश्य पनि गर्नु पदर्छ ।
    जो कमलनयन भगवान विष्णुको कमलले पूजा गर्दछन्, उहाँहरू अवश्य पनि भगवानका समीप जान्छन् । जसले भाद्रपद शुक्ल एकादशीमा व्रत र पूजन गर्छ, उसले ब्रह्मा, विष्णु सहित तीनै लोकहरूको पूजन गरे समान हुन्छ  ।त्यसकारण हरिवासर अर्थात् एकादशीको व्रत अवश्य गर्नुपर्छ । यस दिनमा सुतिरहेका भगवान हरि अर्थात् विष्णुले कोल्टो फेर्छन्, त्यसैले यसलाई हरिपरिवर्तिनी एकादशी पनि भन्दछन् ।
    हरिपर्रिवर्तनी एकादशीकाे आफ्नै कथा समेत रहेको छ यसको वर्तले के फल दिन्छ सबै पापहरूलाई नष्ट गर्ने उक्त कथाको सार यस्तो छ । त्रेता युगमा बलि नामक एक दैत्य राजा थिए । उनी श्रीहरिका परम भक्त थिए । विविध प्रकारका वेद सूक्तहरूले श्रीहरिकाे पूजा गर्ने गर्दथे र नित्य ब्राह्मणहरूको पूजन तथा यज्ञका आयोजन गर्दथे, तर इन्द्रसँग द्वेषका कारण उनले इन्द्रलोक तथा सबै देवताहरूलाई जिते । इन्द्रले आफ्नो राज्य पुनः प्राप्त गर्न श्रीहरिकाे तपस्या गरे । इन्द्रको तपस्याबाट खुसी भएर श्रीहरिले  वामन अवतार धारण गरेर बलिराजासँग तिन पाउ भूमी दान मागे । बलिराजाले उनको सूक्ष्मरुप देखेर तिनपाउ भूमिदान दिने संकल्प गरे तर श्रीहरिले आफ्नो विराटरुप धारण गरेर एक पाउले पृथ्वी र अर्को पाउले स्वर्गलोक ढाके । यसरी इन्द्रको राज्य फिर्ता गराएर आफू बलिराजाको द्वारपाल रहने वाचा गरे ।


    प्रतिक्रिया दिनुहोस