मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

भीमदत्तको शालिक तोडफोड गर्ने १८ जना विरुद्ध मुद्दा दर्ता गर्ने तयारी


पश्चिम प्रेस
आइतबार, मंसिर १० २०८०
  • 1.2K
    Shares

  • images
    images
    भीमदत्तको शालिक तोडफोड गर्ने १८ जना विरुद्ध मुद्दा दर्ता गर्ने तयारी

    महेन्द्रनगर ।  कञ्चनपुरको महेन्द्रनगरस्थित पार्कमा राखिएको भीमदत्त पन्तको शालिक तोडफोड गर्ने १८ जना विरुद्ध मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । शुक्रवार राजावादीहरूले महेन्द्रनगर गणतन्त्रविरुद्ध नारा लगाउँदै भीमदत्तको शालिक तोडफोड गरेका थिए । 

    शालिक तोडफोड गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका १८ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका १८ जनालाई रिहा गर्न माग गर्दै राप्रपाले हिजो (शनिवार) कञ्चनपुर बन्दको घोषणा गरेको थियो । बन्द आह्वान गरे पनि कञ्चनपुर बन्द गर्न विफल भएको थियो । हिजो राप्रपाका सुदूरपश्चिम अध्यक्ष धर्मराज जोशी,  राप्रपा जिल्ला अध्यक्ष गजेन्द्र चन्द र राप्रपा नेता पूर्णबहादुर चन्द सडकमा उत्रिए पनि कञ्चनपुर बन्द गर्नमा विफल भएका हुन् । 

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार पक्राउ परेका १८ जनालाई कानुन अनुसार कारबाही अगाडी बढाइएको छ ।

    397976471_1284728305551255_3378659579028993993_n.jpg
    पक्राउ परेका १८ जना


  • सम्बन्धित विषय:

  • # भीमदत्तको शालिक तोडफोड
  • प्रतिक्रिया दिनुहोस