सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरको भानु माविबाट चोरिएका सिसिटिभी क्यामेरा भेटिए


पश्चिम प्रेस
बुधबार, पुस ४ २०८०
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुरको भानु माविबाट चोरिएका सिसिटिभी क्यामेरा भेटिए

    महेन्द्रनगर । कञ्चनपुरको एक विद्यालयबाट चोरिएका सिसिटिभी क्यामेरा फेला परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिकास्थित भानु माध्यमिक विद्यालयबाट चोरिएका सिसिटिभी क्यामेरा सडक छेउमा फालेको अवस्थामा आज (बुधवार) भेटिएका हुन ।

    दोधारा चाँदनी नगरपालिका–९ हरिचोक नजिक सडक छेउमा फालेको अवस्थामा भेटिएको प्रहरी जनाएको छ ।

    गत शुक्रवार राती भानु माविको मूल गेट र विद्यालय परिसरमा जडित ९ ओटा सिसिटिभी क्यामेरा चोरी भएका थिए । चोरी भएका मध्ये ४ ओटा सिसिटिभी क्यामेरा सडक छेउमा भेटिएको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस