कैलाली । कैलालीको धनगढीमा ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर— ५ मा पाँच वर्षीया शान्ति भट्टको ट्याक्टरको ठक्करबाट मृत्यु जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दका अनुसार भगवती टोलका देवकर भट्टकी पाँच वर्षीया छोरी शान्तिलाई बिहिवार ट्याक्टरले ठक्कर दिएको हो।
हसनपुर–स्याउले सडक खण्डमा से १ त ६२०४ नम्बरको ट्याक्टरले ठक्कर दिदा बालिकाको मृत्यु भएको छ। उपचारका क्रममा धनगढीको निर्सग अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।
ट्याक्टर र ट्याक्टर चालक भजनी नगरपालिका वडा नम्बर ६ का ३५ वर्षीय रामजनम चौधरी प्रहरीको नियन्त्रणमा छन्।
.gif)