महेन्द्रनगर । कञ्चनपुरमा लागू औषधसहित ३ जना पक्राउ परेका छन् ।
जिल्लाको भिमदत्त नगरपालिका-१८ सालघारीबाट सोही ठाउँ डेरा गरी बस्ने बेदकोट नगरपालिका-१ का २३ वर्षीय सुनिल डगौरा समेत ३ जनालाई अवैध लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई मङ्गलवार राति खैरो हेरोइन १ ग्राम ४९ मिलिग्रामसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
.gif)