परशुरामधाम । परापूर्व कालमा विष्णुका अवतार मानिने परशुरामले तप गरेको क्षेत्रका रुपमा परिचित यो क्षेत्र डडेल्धुराको भित्री मधेसमा पर्छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरी मन्दिर सतीदेवीको पूर्ण अंग पतन पछि भगवान शिवले सशरिर आएर यही धाममा लामो कालखण्ड तपस्या गरेको यहाँका जानकारहरु बताउँछन ।
“सबै तीर्थ पटक–पटक परशुराम एक पटक स्कन्द पुराणको मानसखण्डमा उल्लेखित उक्त वचनले नै परशुरामधामको धार्मिक महत्व दर्शाउँछ ।” जानकार कैलाश पाण्डेयले भने–“भगवानका दस अवतारमध्ये परशुराम अवतार भएको यो क्षेत्रमा स्नाना गरे अन्य तीर्थस्थलको भन्दा दश गुण बढी फल पाइने विश्वास छ ।” उनका अनुसार स्कन्द पुराणमा उल्लेख भए अनुसार नजिकै रहेको पूर्णागिरी मन्दिर सतीदेवीको पूर्ण अंग पतन पछि भगवान् शिवले सशीरर आएर यही धाममा लामो कालखण्ड तपस्या गरेका थिए । पछि ईश्वरीय अवतारका लागि यही पुण्य भूमिमा परशुराम अवतार भएको उनको भनाई छ ।
“महाकाली नदीको किनारामा रहेको चुनढुंगामा बसेर भगवान शिव र विभिन्न ऋषिहरूले तपस्या गरेको उल्लेख पुराणमा गरिएको छ ।” पाण्डेयले भने–“धामसम्म पुग्ने सुविधा सम्पन्न सडक नहुँदा इच्छा हुँदा हुदै पनि तीर्थालुहरु यहाँ पुग्न सकिरहेका छैनन ।” उनले सरकारले महाकाली करिडोरको काम छिटो सम्मपन्न गर्नुपर्ने बताए । “महाकाली करिडोर निमार्ण भए सुदूरका अन्य चार जिल्लामा रहेका धार्मीक स्थलपनि यो धामसंग जोडिन्छन ।” उनले भने–“भारतका धार्मीक पर्यटकहरुका लागि पनि यो मार्ग छोटो हुने भएकाले करिडोरले यहाँ पर्यटक बढ्ने आशा छ ।” एकातिर चुरे पर्वत शृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेलधुरा सदरमुकामदेखि १ सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दूरीमा सडक मार्गबाट पुग्न सकिन्छ । धार्मिक पर्यटकीय दृष्टिकोणले पनि परशुराम धाम पर्यटक भित्र्याउन सकिने क्षेत्रहरूमध्येको रमणीय क्षेत्र मानिन्छ ।
महाकालीपारि परशुराम धामदेखि सात किलोमिटरको दूरीमा रहेको पूर्णागिरी मन्दिर छ । त्यहाँ हरेक वर्ष तीन महिना मेला लाग्नेगर्छ । त्यहा आएका तीर्थालुहरु परशुराम धामसम्म पुग्न सडक सञ्जाल छैन । परशुरामधाममा प्रत्येक वर्ष माघे संक्रान्ति अर्थात माघ १ गते भव्य मेला लाग्ने गर्दछ । पुस मसान्तको साँझ यहाँ आएर रातभर आगो तापेर भक्तजनहरु जागाराम बस्ने गर्दछन । त्यसो गर्नाले धर्म कमाइने आस्था छ । तत्पश्चात माघ १ गते बिहानै ४ बजेबाट महाकाली किनारमा नुहाउने भक्तजनहरुको भिड लाग्छ । माघे संक्रान्तिको दिन गंगा स्नान गरेमा सम्पूर्ण पाप कट्टी हुने तथा पुण्य कमाइने विश्वास गरिन्छ ।
.gif)