महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकालाई बाह्रसिंगाको नगरको रूपमा चिनाउनका लागि अभियान थालिएको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका बाह्रसिंगालाई चिनाउनका भीमदत्तनगरपालिकाले अभियान थालेको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बाह्रसिंगालाई ब्राण्ड बनाउने घोषणा गरेको बताए। उनले बाह्रसिंगाको प्रचार प्रसारका कार्यक्रम सञ्चालन गर्ने बताउँदै बाह्रसिंगाको लोगो तथा पोष्टर कार्यालय, चोक चौराहमा राखिने बताए । नगरपालिकामा राखिने सबै प्रकाशनमा बाह्रसिंगाको लोगो राखिने उनको भनाई छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वकै ठूलो बाह्रसिंगाको झुन्ड देख्न पाइन्छ ।
.gif)