सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

खेलकुद विकास समिति कञ्चनपुरद्धारा व्यवसायिको लाखौ रकम अपचलन (भिडियो सहित)


पश्चिम प्रेस
बिहीबार , फागुन २४ २०८०
  • 772
    Shares

  • images
    images
    खेलकुद विकास समिति कञ्चनपुरद्धारा व्यवसायिको लाखौ रकम अपचलन (भिडियो सहित)
    महेन्द्रनगर । जिल्ला खेलकुद विकास समिति कञ्चनपुरले व्यवसायिहरुको ८० लाख रकम अपचलन गरेको छ ।
     
    समितिले खेलकुदको जग्गामा व्यवसायिक सटर निमार्ण गर्नका लागि व्यवसायिहरुबाट लिएको रकम चार वर्षदेखी अपचलन गरेको हो । २०७६ सालमा कर्बडहल परिसको खेलकुदको जग्गामा व्यापारिक सटर निमार्णका लागि टेन्डर आह्वान गरेर सटर निमार्ण प्रक्रिया अगाडि बढाएको थियो । त्यो बेला खेलकुदको जग्गामा ९४ वटा सटर निमार्ण गर्न व्यवसायिहरुले ठाउँ अनुसार प्रति सटर रु ९० हजारदेखी एक लाख सम्म धरौटी बुझाएका थिए । 
     
     व्यवसायिहरुले सटर निमार्ण सुरु गरेपछि त्यो बेला मापदण्ड विपरित सटर निमार्ण गरेको भन्दै भीमदत्त नगरपालिकाले रोकेको थियो । सटर निमार्णका लागि सम्झौता गरेको चार वर्ष बित्दा समेत खेलकुद विकास समितिले व्यवसायिहरुलाई न सटर निमार्ण गर्न दिएको छ न पैसा फिर्ता गरेको छ । व्यवसायिले ब्याजमा ऋण निकालेर धरौटी जम्मा गरेको रकम चार वर्षदेखी अपचलन गर्दा व्यवसायिहरु मार्कामा परेका छन ।
     
    खेलकुद विकास समितिले विभिन्न बाहाना देखाउनै व्यवसायिहरुलाई टार्र्दै गएको गुनासो गरेका छन । एकातर्फ समितिले गुरुयोजना विपरित खेलकुदको जग्गामा अन्य प्रयोजनका लागि प्रयोग गरेको छ भने अर्कोतर्फ व्यवसायिहरुको लाखौ रकम अपचलन गरेको छ । अहिले समितिको खातामा व्यवसायिहरुको ८० लाख रुपया जम्मा छ । ब्याजमा ऋणमा निकालेर समितिको खातामा धरौटी रकम जम्मा गरेका व्यवसायिहरु मारमा परेका छन । खेलकुद विकास समितिले भने व्यवसायिहरुका कारण पनि सटर निमार्ण गर्न ढिलाइ भएको जनाएको छ । 
     
    पन्ध बिघा एक कठ्ठा छ धुर जग्गा रहेको खेलकूदको पुर्जामा हालसाविक भिडाउँदा चार कठ्ठा जग्गा बढी देखिएपछि उक्त जग्गा भीमदत्त नगरपालिकाले उपयोग गर्न खोजेको थियो पछि खेलकुद विकास समितिले उक्त जग्गा नदिएपछि समितिले टेन्डर आह्वार गरेर निमार्ण सुरु भएका सटर निमार्णको काम रोएिको हो  ।
     
    खेलकुद विकास समितिले गुरुयोजना लत्याउँदै २०७२ सालमा पनि प्रक्रिया नपु¥याई क्रिेकट मैदानको सात बिघा जग्गा माछापोखरी बनाउन लिजमा दिएको थियो ।  क्रिकेट एकेडेमी लागि हालसम्म आएको करौडौ रकम  माछापोखरीको खाडलपूर्नमै सकिएको छ । 

     


  • सम्बन्धित विषय:

  • # खेलकुद विकास समिति
  • प्रतिक्रिया दिनुहोस