महेन्द्रनगर । भारतले महाकाली सन्धी विपरीत नेपालतर्फ पानी पठाउदा नेपाली किसानले १८ हजार ७ सय बिगाहा जमिन बाँझै राख्न बाध्य भएका छन ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ११, १२ र १३ स्थानीय किसानका अनुसार महाकाली सिंँचाइ आयोजना अन्तर्गतका नहरमा भारतले सन्धिविपरीत हिउँदमा १ सय ५० क्युसेकभन्दा कम र वर्षामा एक हजार क्युसेकभन्दा बढी पानी पठाइदिँंदा ती किसानले खेती गर्न पाएका छैनन । भारतले १७ वर्षदेखि नेपालतर्फ सन्धिविपरीत पानी पठाइरहेकोले किसानले बाध्य भएर खेत बाँझै छोड्नुपरेको छ ।
भारतले नेपालतर्फ सन्धिविपरीत पानी पठाउँदा भीमदत्त नगरपालिकाको वडा नं ११, १२ र १३ का गाउँमा हरेक वर्ष नहरले डुबान, पटान र कटान हुँदै आएको छ भने डुबान, पटान र कटानले गर्दा २ सय ४५ घरधुरी किसानको तीन हजार ३ सय ४० बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । यहाँका किसानले हिउँदमा सिँचाइका लागि पानी नपाउने र वर्खायाममा बाढीले नहरसमेत बगाउदा खेती गर्न नसक्ने अवस्था सिर्जना भएको छ ।
.gif)