मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कैलालीमा आलु उत्पादन ६ प्रतिशत बढ्यो


पश्चिम प्रेस
बुधबार, जेठ ९ २०८१
  • 465
    Shares

  • images
    images
    कैलालीमा आलु उत्पादन ६ प्रतिशत बढ्यो

    कैलाली । गत वर्षको तुलनामा यो वर्ष कैलालीमा आलु उत्पादन ६ प्रतिशतले बढेको छ । जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी श्यामराज जोशीका अनुसार गत वर्ष चार हजार पाँचसय १२ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकामा ६७ हजार सातसय ६० मेट्रिक टन आलु उत्पादन भएको थियो । 

    यस वर्ष चार हजार पाँचसय ८० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएकोमा ७२ हजार एकसय ३० मेट्रिक टन उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष चार हजार तीनसय ७० मेट्रिक टन बढी आलु उत्पादन भएको तथा ६८ हेक्टर क्षेत्रफल वृद्धि भएको उनले जानकारी दिए । 

    “यस वर्ष थोरै क्षेत्रफल पनि बढेको छ । आलु उत्पादनमा मौसमले पनि प्रभाव पार्छ । यस पटक हिउँदमा हुस्सु पनि लागेन” उनले भने, “हुस्सुले आलुमा क्षति हुन्छ । मौसम पनि अनुकूल भयो । त्यसले पनि उत्पादन वृद्धि भएको हो ।”

    “यसपटक धेरैजसो किसानले ‘चिप्स’ आलु लगाउनुभएको थियो” उनले भने, “त्यसको उत्पादकत्व पनि बढी हुन्छ । त्यसले पनि उत्पादनमा वृद्धि भएको देखिन्छ ।” किसानको उत्पादन बढाउन, किसानलाई व्यावसायिक आलुखेतीमा प्रेरित गर्न किसानको मागअनुसार ज्ञान केन्द्रले बीउ, विषादी तथा उत्पादन सामग्री ५० प्रतिशत अनुदानमा दिँदैआएको सूचना अधिकारी जोशीले बताए। रासस


  • सम्बन्धित विषय:

  • # आलु उत्पादन
  • प्रतिक्रिया दिनुहोस