शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

जुत्तासिउदै ढल्कियोे उमेर ,साहारा सियोकै


बिहीबार , फागुन १९ २०७८
  • 944
    Shares

  • images
    images
    जुत्तासिउदै ढल्कियोे उमेर ,साहारा सियोकै

    महेन्द्रनगर । महेन्द्रनगरको व्यस्त बजार त्यसैमा बाक्लो आवतजावत हुने मदन चोकको छेउमै ग्राहक कुरेर लहरै बसेका वृद्ध जसको सियोको सहाराले जिवन धानेको छ । 
    भुईँमा बोरा बिछाएर खुला आकास मुनी जुत्ता सिउन थालेको ३० वर्ष बितिकेको बताउँछन कञ्चनपुरको बेदकोटका झुन्नरी सार्की । जुत्ता सिलेरै ९ जनाको परिवार धानिरहेका उनले घरमा स–साना बालबच्चाको दैनिकी खर्च धान्न मुस्किल पर्दे गएको दुखेको पोखे । झुन्नरी जस्तै सोही ठाउँका विश्व सार्कीले पनि २० वर्ष देखी जुत्ता सिउँदै आएको बताए । जुत्ता सिउँदै आएका उनीहरू सरकारबाट आएको अनुदानमा समेत नपर्ने गरेको गुनासो पोख्छन् । उनले भने,–‘१२ जनाको परिवार छ, २ छोरा भारतमा रोजगारी गर्छन्, अधिया गरेर शिसैयामा बस्दै आएका छौ, तर गुजारा चलाउन धाँैधाँै पर्ने गरेको छ ।’ 

    पुर्खाले सिकाएको पेसा र आम्दानीको श्रोत नहुँदा दैनिक खर्च धान्न जुत्ता सिउनेका काममा लागेका उनी जस्तै महेन्द्रनगरमा ३० बढी दलित जातीका व्यक्तिहरू सरकारबाट सहयोग नपाउँदा पेसा झन् धरापमा पर्दे गएको गुनासो गर्छन् । मदन चोकमा जुक्ता सिउँदै आएका ७० वर्षीय हिक्मत सार्कीको पिडा पनि उस्तै छ । भीमदत्त नगरपालिका १२ ऐरीमा अधिया गरेर जीविकोपार्जन गर्दे आएका उनी आर्थिक खर्च जुटाउन जुत्ता व्यवसाय अङ्गालेको बत्ताउँछन् । दैनिक २ सय देखी ४ सयको हाराहारीमा आम्दानी हुने गरेको उनले सुनाए । उनले भने,–‘बुबा बाजेले अङ्गालेको पेसा हो, ५०–६० वर्ष पहिले पहाडमा छदा सावर जुत्ता बनाउने गरेका थियौँ, बिस्तारै कच्चापदार्थ अभाव झेल्नुपरेसँगै पेसाबाट नै पलायन हुने अवस्था सृजना भयो ।’ २२ वर्षको उमेर देखी यस पेसामा लागेको उनले बताए । तर वृद्ध अवस्थामा पुगी सक्दा समेत न त कतैबाट  सहयोग नै पाएको न त दैनिकी नै फेरिएको उनले दुखेसो गरे ।

    आफै जुत्ता बनाएर बेच्ने गरेका सार्की परिवार समयले साथ नदिएपछि पेसाबाट पलायन हुनुपर्ने अवस्थामा पुगेको गुनासो गर्छन् । तर रोजगारीका अन्य साधन र गरिखाने माध्यम नभेट्टाएपछि जुक्ता सिउने, मर्मत गर्ने काम गरिरहेको उनीहरूको भनाइ छ । 
    सडकको धुलो, धुवा, घाम पानी नभनी यो पेसा अङ्गालेका आफूहरूको उत्थानका लागी कुनै निकायबाट पनि सहयोग प्राप्त नभएको जुत्ता व्यवसायी सङ्घका सदस्य समेत रहेका हरि सार्कीले गुनासो गरे । गत असारमा प्रदेश सरकारबाट प्राप्त २ लाख रुपैयाँले ११ जनालाई मेसिन खरिद गरी उपलब्ध गराइएपनी सबैलाई समेट्न नसकिएको उनले जनाए । सरकारले पेशागतरुपमा अगाडी बढेका आफूहरूको सहजताका लागी मेसिनरी सामाग्री उपलब्ध गराइदिए पनि दैनिकी सहजरुपमा चल्ने उनको भनाई छ ।




    प्रतिक्रिया दिनुहोस