बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा उद्योग व्यापार बन्द हुने क्रम बढ्दो


बुधबार, पुस ३ २०८१
  • 650
    Shares

  • images
    images
    कञ्चनपुरमा उद्योग व्यापार बन्द हुने क्रम बढ्दो

    महेन्द्रनगर ।  कञ्चनपुरमा उद्योग तथा वाणिज्य क्षेत्र बन्द हुने क्रम बढ्दो रहेको छ । पछिल्लो चार वर्ष यता जिल्लामा ७ सय चार उद्योग धन्दाहरू खारेज भएका छन् । यस्तै, वाणिज्य तर्फ ६ सय बढी व्यापार व्यवसाय बन्द गरिएका छन् । 

    घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका अनुसार, चार वर्षको अवधिमा ५ हजार बढी उद्योग व्यवसाय दर्ता गरिएका छन् । जसमा ४ हजार उद्योगहरू नवीकरण गरिएका छन् । 

    कार्यालयको तथ्याङ्क अनुसार, जिल्लामा प्रत्येक वर्ष सय उद्योगहरू बन्द हुँदै आएका छन् । उद्योगीहरूले उचित वातावरण सृजना हुन नसक्दा उद्योग व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताउँदै आएका छन् । 

    घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका अनुसार, आर्थिक वर्ष ०७७–०७८ मा २ हजार १२० उद्योग दर्ता भएकोमा १ हजार ६ नवीकरण र ९२ उद्योग खारेजी भएका छन् । आर्थिक वर्ष ०७८–७९ मा १ हजार ६ सय ६० दर्ता भएकोमा ९ सय ४१ नवीकरण र १ सय १५ उद्योग खारेजी गरिएका छन् । 

    यस्तै, आर्थिक वर्ष ०७९–८० मा ९ सय ५८ उद्योग दर्ता, १ हजार १०९ नवीकरण र १ सय ६० उद्योग खारेज भएका छन् । यस्तै आर्थिक वर्ष ८०–०८१ मा १ हजार ८४ नवीकरण भएकोमा २ सय ७१ उद्योग धन्दा खारेज गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म ७ सय १० नवीकरण भएकोमा ६६ उद्योगधन्दा बन्द गरिएका छन् । 

    केही वर्ष व्यवसाय गरेर उद्योगीहरूले व्यवसाय बन्द गर्ने क्रम बढ्दो रहेको घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका प्रमुख उद्योग अधिकृत हेमन्त बहादुर सिंहले बताए । अहिले नयाँ युवा वर्गलाई उद्योग, व्यापार तर्फ आकर्षण गर्न नसकिएको उनले बताए । 

     

    युवा वर्ग उद्योग, व्यापारमा भविष्य खोज्नु भन्दा विदेश जाने क्रम बढेकाले यसले उद्योग व्यवसाय तर्फ चासो घटेको पाइएको उनले बताए । सरकारका तर्फबाट उचित कार्यक्रम ल्याइए युवाहरूलाई स्वदेशमै केही गर्न अवसर मिल्ने अपेक्षा गरिएको कार्यालय प्रमुख सिंहको भनाई छ । 




    प्रतिक्रिया दिनुहोस