महेन्द्रनगर । कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना समुदायले तीज पर्व आज हर्षोल्लासका साथ मनाउँदै छन् । राना समुदायका महिलाहरुले दाजुभाइ र भतिजाहरुको दीर्घायुको लागि व्रत बसेर मनाउने प्रचलन छ ।
तीज राना समुदायको महान पर्व हो । हिन्दू धर्मावलम्बीले भाद्र शुक्ल तृतीयाका दिन तीज मनाउने चलन छ भने राना समुदायले श्रावण शुक्ल तृतीयाका दिन तीज मनाउने गर्दछन् । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको राना समुदायमा तीज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने गर्छन् ।
तीजका दिन पुरी, पापड, सेमइ, पकौडा, गुलगलालगायतका विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई खुवाउने परम्परा रहेको छ । दिदीबहिनीले आफ्ना दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै परम्परागत पोसाकमा सजिएर तीज पर्व मनाउने गर्दछन् । यो समुदायले साउन महिनाभर मनाउने सावनकी डोला पर्वको क्रममा तीज मनाउँछन् । सावनकी डोला ९पिङ०मा दिदीबहिनी तथा साथी भाइसँग रमाइलो गर्दछन् ।
.gif)