शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :
साना व्यवसायिमाथी भीनपाको बलमिच्याई

मिनी मार्केटमा व्यापार गरिहेकी विष्ट भन्छिन्–‘भीनपाले शौचालय समेत दिएन’

वर्षेनी १२ लाख ६० हजार बढी उठाउँदै नगरपालिका


आइतबार, फागुन २२ २०७८
  • 1.7K
    Shares

  • images
    images
    मिनी मार्केटमा व्यापार गरिहेकी विष्ट भन्छिन्–‘भीनपाले शौचालय समेत दिएन’

    महेन्द्रनगर । महेन्द्रनगरमा स्वरोजगार श्रमिक सङ्घमा आबद्ध अवस्थित ठेला व्यवसायीले मिनी मार्केट सञ्चालनमा ल्याएका छन् । भीमदत्त नगरपालिका–४  मदन चोक क्षेउमा गत साता देखी व्यवसायीहरूले सञ्चालनमा ल्याएको मिनी मार्केटमा शौचालयकै अभाव झेल्नु परेको गुनासो गरिएको हो । वर्षेनी लाखौँ कर नगरपालिकालाई बुझाइरहेका ठेलाव्यवशायीहरु उचित ढङ्गले व्यापार गर्न नदिइँदा मारमा परेको गुनासो गर्छन् ।  

    एकातिर लामो समय देखी निश्चित स्थान नपाएका ठेला व्यवशायीले यस पटक आफ्नै लगानीमा मदन चोक छेउमा मिनी मार्केट सञ्चालनमा ल्याउँदै व्यापार गरिरहेका छन् ।  तर यस पटक पनि नगरपालिकाले यहाँबाट अन्तै पठाउने चिन्ता बढेको बत्ताउँछिन् ठेला व्यवसायी जानकी विष्ट । मिनी मार्केट व्यवसाय थालेको केही दिनपछि नगरपालिकाका कर्मचारी आएर छिट्टै अर्को स्थानमा सार्नुपर्ने अवस्था आउन सक्ने भन्दै चेतावनी दिएर गएका उनी बत्ताउँछिन् । गरिखाने माध्यम केही नभएपछि ठेलामा कपडा बेच्ने व्यापार तर्फ लागेकी उनी कहिल्यै वर्ष पार्क त कहिल्यै पुरानो वर्ष पार्कमा व्यवसाय गर्दे आएकी थिइन् । 

    ठेला व्यवसायी विष्टले मिनी मार्केट सञ्चालनमा ल्याएपनी नगरपालिकाले उचित व्यवस्थापन गर्न भने तदारुकता नदेखाएको गुनासो गरिन् । उनले भनिन्–‘बिहान ७ बजेदेखि व्यापार गर्ने आउँछौँ, नगरपालिकाले शौचालयको समेत व्यवस्थापन गर्न सकेको छैन ।’ शौचालय, खानेपानीको उचित व्यवस्थापनका लागी नगरपालिकालाई पटक–पटक आग्रह गरिएको बताउँछीन अर्का ठेला व्यवसायी मञ्जु कार्की । ८ जनाको परिवार पाल्न ठेला व्यवसाय गरिरहेकी उनी निश्चित स्थानमा व्यापार गर्न नदिइँदा गुजारा गर्न मुस्किल भएको बत्ताउँछिन् । नगरपालिकालाई वार्षीकरुपमा १८ हजार ठेला कर मात्रै बुझाउने गरेकी छु–उनले भनिन्–‘निश्चित स्थानमा व्यापारै गर्न मिल्दैन ।’ यस पटक श्रमिकहरू एकजुट भएर एक लाख ७५ हजारको लगानीमा मिनी मार्केट सञ्चालनमा ल्याएका हुन् । ४५ बढी ठेला व्यापारीहरूले मिनी मार्केटमा लयमै ठेला राखेर व्यापार गरिरहेका छन् । 

    बजारमा पर्न जाने कपडाको मूल्य भन्दा केही सस्तोमा आफूहरूले कपडा विक्री गरिरहेको स्वरोजगार व्यापार श्रमिक सङ्घ इकाई कमिटीका अध्यक्ष दुर्गादत्त भट्टले बताए । यसअघि पुरानो वर्ष पार्कबाट भूमाफियाहरुको कारणले गर्दा व्यापार नै ठप्प गर्नुपर्ने अवस्था आएको उनले बताए । पुरानो वर्ष पार्कमा व्यापार गर्न नपाइएपछि एक महिना व्यापार बन्द गरी मदन चोक छेउमा आफूहरूले रकम सङ्कलन गरेर मिनी मार्केट सञ्चालनमा ल्याएका उनले जनाए ।  तर मिनी मार्केटमा अर्धखाँची, गुल्मी, डडेल्धुरा, बैतडी, बझाङबाट आएर व्यापारीहरूले व्यापार गरिरहेका छन् । 

    वार्षिक १८ हजार ठेला कर र विभिन्न शीर्षकमा गरी २८ हजार बुझाउने गरेको सङ्घकी कोषाध्यक्ष भागरथी भट्टले बताइन् । तर नगरपालिकाले न त उचित न त निश्चित स्थानमा व्यापार गर्न दिएको गुनासो पोखिन् । नगरपालिकाले आफूहरूबाट  वार्षिक १२ लाख ६० हजार बढी राजश्व उठाउने गरेको सङ्घका सचिव लक्ष्मण आर्चायले बताए । नगरपालिकाले निश्चित स्थानमा व्यवसाय गर्न नदिँदा उपभोक्ता समेत मारमा पर्ने गरेका उनी बताउँछन् । 

    यता भीमदत्त नगरपालिकाले भने ठेला व्यवशायीहरुको समस्यालाई मध्यनजर गर्दे होटेल ओपेरा पछाडि नयाँ भवन निर्माण कार्य अगाडी बढाइएको जनाएको छ । नगर प्रवक्ता हिमाल बहादुर चन्दले हिन्दा हिन्दै व्यापार गर्ने प्रवृत्तिको व्यवसाय भएकाले उनीहरूको दिगो व्यवस्थापनका लागी सोचिएको जनाए । होटेल ओपेरा छेउमा उनीहरूलाई सटर उपलब्ध गराइने उनले बताए । मिनी मार्केटमा अस्थायी शौचालय निर्माणका लागी पनि नगरपालिकाले छिट्टै काम अगाडी बढाउने उनले जनाए ।


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • # मिनी मार्केट
  • # ठेला व्यवसायी


  • प्रतिक्रिया दिनुहोस