मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

अत्तरिया महोत्सब थप ४ दिन लम्बाइयो


पश्चिम प्रेस
मंगलबार, फागुन २४ २०७८
  • 495
    Shares

  • images
    images
    अत्तरिया महोत्सब थप ४ दिन लम्बाइयो

    महेन्द्रनगर । कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको म्याद ४ दिन थप गरिएको छ । फागुन १३ गते देखि सुरु भएको महोत्सवको म्याद ४ दिन थप गरिएको आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

    अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा संचालन भइरहेको महोत्सव यसअघि फागुन २५ गते सम्म संचालन हुने कार्यतालिका रहेको थियो । महोत्सवमा दर्शकको माग बमोजिम ४ दिन म्याद थपि गरिएको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले बताएका छन ।

    अत्तरियाको लामिताल परिसरमा संचालित महोत्सवमा अपेक्षा अनुसार कारोवार भइरहेको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन ।
    महोत्सव अब फागुन २९ गते संम्म संचालन हुनेछ । कोरोनाकै कारण अत्तरियामा विगत २ बर्ष देखि महोत्सव हुन सकेको छैन ।


    प्रतिक्रिया दिनुहोस