महेन्द्रनगर । स्थानिय तहको निर्वाचन हुन करिव २ महिना मात्रै बाँकी छ । नौवटा स्थानियतह रहेको कञ्चनपुरमा देश संघीयतामा गएपछि भएको पहिलो पटकको निर्वाचनमा विजयी दलहरुको अवस्था रोचक रह्यो । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने महाकाली नगरपालिकाको पहिलो पटकको निर्वाचनमा प्रमुख पद ‘मेयर’ मा ४ सय १८ मतले अग्रता लिदै नेपाली कांग्रेसका बीर बहादुर सुनार विजयी भए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका किशोर कुमार लिम्बु ४ हजार ४ सय १६ मतमा समेटिएका थिए ।
तर यसपटकको निर्वाचनमा भने तिनदल गठबन्धनको विन्दुमा निर्वाचन गराउने सुरसारमा छन् । जसले आगामी निर्वाचनमा कुन दलले महाकाली नगरपालिकाको बागडोर सम्हाल्ला भन्ने विषय रोचक बन्दै गएको छ । तर अहिलेको माहोल भने फेरिएको छ । त्यतिबेला निर्वाचन हुँदा एमाले विभाजन भएको थिएन । तर, अहिले एमाले विभाजन भएको छ । यसले अबको निर्वाचनमा असर पार्ने नै छ । २०७९ को स्थानीय तहको निर्वाचनमा पहिलाकै जस्तो होला भन्ने अवस्था छैन । किनकि यो पाँच वर्षको बीचमा स्थानीयले आफ्ना जनप्रतिनिधिले गरेका कामको मूल्यांकन गरेका छन । त्यसैले परिणाम बिगतको जस्तो नहुन सक्छ ।
महाकाली नगरपालिकाको उपमेयरमा भने नेकपा एमालेले स्थान सुनिश्चीत गरेको थियो । एमालेका चीनी ओझा (गिरी) ८ सय ४६ मतले अग्रता लिदै उपप्रमुखमा विजयी भएकी थिइन् ।
महाकाली नगरपालिकाका वडाहरुको विवरण केलाउदा ५ वडामा नेपाली कांग्रेसले विजयी स्थान हासिल गरेको थियो भने नेकपा एमालेले ४ वडा र नेकपा माओवादी केन्द्रले एक वडामा विजयी स्थान हासिल गरेको थियो । महाकाली नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका अर्जुन दत्त भट्ट ४ सय १३ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका सरोज चन्दले २ सय ७१ मत प्राप्त गरेका थिए । वडा नम्बर २ मा नेपाली कांग्रेसकी कमलापती भट्ट ३ सय ८० मतसहित वडा अध्यक्षमा विजयी भएका थिए । भने उनका निकटतम प्रतिद्धन्दी एमालेका खड्क सिह साँउदले ३ सय ४९ मत ल्याएका थिए ।
वडा नम्बर ३ मा ९ मतको अग्रता सहित नेपाली कांग्रेसका पुस्करदत्त जोशी वडा अध्यक्षमा विजयी भएका थिए ।
वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका भक्त बहादुर सुनारले ३ सय ४६ मत सहित वडा अध्यक्षमा बिजयी स्थान हासिल गरेका थिए । उनका निकतटम प्रतिद्धन्दी नेपाली कांग्रेसका महाविर चन्दले ३ सय २८ मत ल्याएका थिए भने एमालेका मीनबहादुर सुनारले २ सय ९ मत प्राप्त गरेका थिए । वडा नम्बर ५ को अध्यक्षमा नेपाली कांग्रेसका गम्भीर सिह भण्डारीले ३७३ मत ल्याउदै विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी राष्टिय प्रजातन्त्र पार्टी नेपालका नरेन्द्र प्रशाद भट्टले ३३४ मत सहित पराजित हुनुपरेको थियो । वडा नम्बर ६ मा पनी नेपाली कांग्रेसकैदिल बहादुर सिजाली ५ सय ६१ मत सहित वडा अध्यक्षमा निर्वाचीत भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका ओम बहादुर बस्नेतले ५ सय ४८ मत प्राप्त गरेका थिए ।
वडा नम्बर ७ भने नेकपा एमालेका ज्ञानेन्द्र बहादुर वहेकक्षेत्री ९ सय २१ मतसहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका खेमबहादुर थापाले ५ सय ३७ मत प्राप्त गरेका थिए । वडा नम्बर ८ मा पनि नेकपा एमालेका ओम प्रकाश रोकाया ४ सय ३२ मत सहित अध्यक्षमा विजयी भएका थिए । उनका निकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका टिकाराम उपाध्यायले ३ सय ६३ मत ल्याएका थिए भने माओवादी केन्द्रका करन बहादुर मगरले २ सय ६६ मत पाएका थिए । वडा नम्मबर ९ मा पनि नेकपा एमालेका गिरी बहादुर थापा ६ सय ११ मत सहित वडा अध्यक्ष विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका जितेन्द्र गिरीले ४ सय ३८ मत पाएका थिए । त्यस्तै वडा नम्बर १० मा पनि नेकपा एमालेका नर बहादुर सुनार ४ सय ९६ मत सहित वडा अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका सुरेस गिरीले ४ सय ७१ मत पाएका थिए ।
.gif)