महेन्द्रनगर । आगामी बैशाख ३० मा हुने स्थानीयतहको निर्वाचनबाट देशभरीमा ३५ हजार जनप्रतिनिधिहरु चयन हुने भएका छन ।
७५३ स्थानीय तहका प्रमुख उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यसहित झण्डै ३५ हजार जनप्रतिनिधि चयनका लागि १ करोड ८० लाख मतदाता सहभागी हुने निर्वाचन आयोगले जनाएको छ । शुक्रबार चुनावबारे दलका प्रतिनिधिलाई जानकारी गराउँदै आयोगले अहिलेसम्म १ करोड ७८ लाख ३४ हजार ७६५ मतदाताको नामावली संकलन गरिएको जनाएको छ । जसमा पुरुष ८७ लाख ८६ हजार ३६४ र महिला ९० लाख ४८ हजार २१३ छन् भने अन्यतर्फ १८८ जना मतदाता छन । जसमा दुई लाख युवाले पहिलो पटक मतदानमा सहभागी हुन पाउने आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।
.gif)